Saturday, August 1
Shadow

मुख्य समाचार

झापामा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु

झापामा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु

banner-news-1, खबर बिषेश, मुख्य समाचार
सच तक नेपाल डेस्क । झापामा ट्रकले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ। बुधवार झापाको कनकाई नगरपालिका ३ स्थित पुर्वपश्चिम राजमार्गमा पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना. ६ ख. ५७१३ नम्बरको ट्रकले ठक्कर दिँदा कन्काई नगरपालिका वडा नम्बर ८ बस्ने वर्ष ३८ की राधिका सेडाईको मृत्यु भएको हो। ठक्कर दिएर घाइते भएकी राधिकालाई बिर्तासिटी अस्पताल बिर्तामोड उपचारको लागि लगिएको थियो। त्यसपछि बी एण्ड सी अस्पताल बिर्तामोड रेफर गरिएको थियो। प्रहरीले ट्रक र ट्रक चालक सर्लाही बागमती नगरपालिका बस्ने २९ वर्षीय उत्तम वाईबा नियन्त्रणमा लिएको छ।...
नेपाल पुगे जोनसन एण्ड जोनसनका खोप

नेपाल पुगे जोनसन एण्ड जोनसनका खोप

खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क । जोनसन एन्ड जोनसन खोपको थप २१ लाख ७६ हजार ६५० डोज नेपाल आइपुगेको छ। कोभ्याक्स सुविधाअन्तर्गत जर्मनीले उपलब्ध गराएको जोनसनको २१ लाख ७६ हजार ६५० डोज खोप आज बिहान नेपाल आइपुगेको हो । एकचोटि मात्र लगाए पुग्ने जोनसन खोप कसलाई लगाउने भन्नेबारेमा भने अझै स्पष्ट हुन सकेको छैन ।
विद्यालय सुधार संर्घष समितिले बुझाए ज्ञापन पत्र

विद्यालय सुधार संर्घष समितिले बुझाए ज्ञापन पत्र

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
२९ मंसिर, रौतहट । जनता माध्यमिक विद्यालय सुधार संर्घष समितिले राजदेवी नगरपालिकाका प्रशासकिय अधिकृत सुबोध साहलाई ज्ञापन–पत्र बुझाएका छन् । रौतहटको राजदेवी नगरपालिका–४ मा अवस्थित जनता उच्च माध्यमिकका विद्यार्थीहरुले आइतवारदेखिनै विद्यालयलाई तालाबन्दी, प्रदर्शन लगायतका कार्यहरु गरिरहेका छन् । विद्यालयले गैर ढगंले पैसा उठाएको भन्दै विद्यार्थीहरुले वार्ड कार्यालय र विद्यालयमा नारावाजी समेत गरेका थिए । अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी नियमावली २०७७ मा समेत सार्वजनिक विद्यालयले माध्यमिक तहसम्मको शिक्षामा कुनै पनि बहनामा शुल्क लिन मनाही गरेको छ । तर रौतहटको राजदेवीमा रहेको जनता उच्च माध्यमीक विद्यालयले विद्यार्थीहरुबाट गैरकानूनी तरिकाले शुल्क उठाउने गर्दछ । विद्यार्थीहरुले ११ बुंदे माग पुरा गर्न सोमबार  विरोध प्रदर्शन गरेका थिए । विद्यालयले विद्यार्थीहरुबाट विभिन्न बहानामा शुल्क उठाउन...
माघ १ देखि भन्सार कार्यालयमा अनलाइन सेवा सुरु हुने

माघ १ देखि भन्सार कार्यालयमा अनलाइन सेवा सुरु हुने

ताजा-अपडेट, मुख्य समाचार, सूचना / प्रविधि
वीरगञ्ज । माघ १ गते देखि बिरगंज नाकाको दुई वटा भन्सार कार्यालयमा अनलाइन प्रणाली सेवा शुरू हुने भएको छ । भन्सार कार्यालयको पुरानो भन्सार र एकिकृत सुरक्षा जाँच चौकी (आइसिपी) मा पुस १ गते देखि यो सेवा शुरू गर्ने वीरगंज भन्सारको तयारी छ । त्यस पछि माघ १ गते सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालयमा यो सेवा शुरू हुने भएको हो । वीरगंज भन्सार र सुख्खा बन्दरगाह भन्सारको सम्पूर्ण काम नगद तथा चेक रहित बनाउन यस्तो प्रविधि लागू हुन गइरहेको वीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले बताए । भन्सार विभागको योजना अनुसार बिरगंज भन्सार र बन्दरगाह भन्सारमा अनलाईन सेवाको लागि सबै पूर्वाधार तथा तयारी पूरा गरिएको प्रमुख भन्सार अधिकृत पौडेलले बताए । नेपाल विश्वमा नैं सबै भन्दा बढी कागजको प्रयोग गर्ने मुलुकमा पर्ने गरेको उनले स्पष्ट पारे । ब हरेक क्षेत्रमा कागजको प्रयोग कम गर्ने र नयाँ ...
जनकपुरमा बसको ठक्करले एक जनाको मृत्यु

जनकपुरमा बसको ठक्करले एक जनाको मृत्यु

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
जनकपुरधामस्थित नयाँ बसपार्कमा बुधबार बिहान बसले ठक्कर दिँदा एक वृद्धाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका अनुसार महोत्तरीको जलेश्वरबाट जनकपुरधाम आइरहेको ना ३ ख २६१० नम्बरको बसले ठक्कर दिँदा ६० वर्षीया वृद्धाको मृत्यु भएको हो । जलेश्वरबाट आएको सो बस जनकपुरधामस्थित बसपार्कमा छिर्न लागेका बेला सोही बसबाट ओर्लिएकी वृद्धा अचानक बसको अगाडिमा आएकोले चालकले नियन्त्रणमा राख्न नसक्दा दुर्घटना भएको ट्राफिक प्रहरी प्रमुख नवराज न्यौपानेले जानकारी दिए । मृतक वृद्धाको नाम र ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ । बस चालक जनकपुरधाम उपमहानगरपालिका–२३ बिन्धी बस्ने ३३ वर्षीय मो। फिरोज नदाफलाई नियन्त्रणमा लिइएको छ ।...
प्रदेश २ को प्रदेश सभा बैठक बस्दै

प्रदेश २ को प्रदेश सभा बैठक बस्दै

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
प्रदेश २ को प्रदेश सभा बैठक आज बस्दै छ । प्रदेशसभाको आठौं अधिवेशनको पहिलो बैठक आज बिहान ११ बजे बस्न लागेको हो । बैठकमा प्रदेशको नामकरण र राजधानीको प्रस्ताव टेबल हुने सम्भावित कार्यसूची छ । प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवका अनुसार बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्र पढेर सुनाइने, प्रदेशको नामकरण र राजधानीसम्बन्धी प्रस्ताव पेस हुने र केही अध्यादेशमाथि पनि छलफल हुने सम्भावित कार्यसूची रहेको जानकारी दिएका हुन् । नेपाली कांग्रेसको १४औं महाधिवेशन लम्बिएका कारण कांग्रेसका प्रदेशसभा सदस्य महाधिवेशनका क्रममा काठमाडौंमै रहेकाले बैठक औपचारिकतामा मात्र सीमित हुने सम्भावना पनि छ ।...
देउवालाई माधवकुमार नेपालको बधाई

देउवालाई माधवकुमार नेपालको बधाई

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवालाई नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बधाई दिनुभएको छ । प्रधानमन्त्रीसमेत रहेका देउवा कांग्रेसको १४‍‍औँ महाधिवेशनबाट दोस्रो पटक सभापतिमा निर्वाचित हुनुभएको हो । नेपालले फेसबुक मार्फत दोस्रो कार्यकालका लागि नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएकोमा प्रधानमन्त्री देउवालाई बधाई तथा शुभकामना दिनुभएको हो ।...
शुल्क उठाएको फिर्ता गर्न विद्यार्थीहरुको प्रदर्शन

शुल्क उठाएको फिर्ता गर्न विद्यार्थीहरुको प्रदर्शन

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
रौतहट । शुल्क उठाएको फिर्ता गर्न विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।  विद्यार्थीहरुले ११ बुंदे माग पुरा गर्न आज विरोध प्रदर्शन गरेका छन् । रौतहटको राजदेबी नगरपालिका–४ मा अवस्थित जनता उच्च माध्यमिकका विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् । विद्यालयले गैर ढगंले पैसा उठाएको भन्दै विद्यार्थीहरु नारावाजी गरेका छन् । विद्यालयले विद्यार्थीहरुबाट विभिन्न बहानामा शुल्क उठाउने गरेको अभिवावकहरुको गुनासो छ । अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी नियमावली २०७७ मा समेत सार्वजनिक विद्यालयले माध्यमिक तहसम्मको शिक्षामा कुनै पनि बहनामा शुल्क लिन मनाही गरेको छ । तर रौतहटको राजदेवीमा रहेको जनता उच्च माध्यमीक विद्यालयले विद्यार्थीहरुबाट गैरकानूनी तरिकाले शुल्क उठाउने गर्दछ । जनता उच्च माध्यमिक विद्यायलका प्रधानध्यापक प्रभाष ठाकुर रहेका छन् । शिक्षा नामावलीको घोर उल्लंघन गर्ने प्रधानध्यापक ठाकुरमाथि ...
अमेरिका: आधीँ कारण ७० जनाको मृत्यु थप पुग्ने अनुमान

अमेरिका: आधीँ कारण ७० जनाको मृत्यु थप पुग्ने अनुमान

अन्तर्राष्ट्रिय, मुख्य समाचार
संयुक्त राज्य अमेरिकाको कन्टकी राज्यमा शुक्रवार राति आएका घातक आँधीका कारण त्यहाँका ७० जनाभन्दा बढीको ज्यान गएको अधिकारीहरूले बताएका छन् । तर मृतकको सङ्ख्या १०० भन्दा बढी पुग्न सक्ने कन्टकीका गभर्नर एन्डी बिशिअरले बताएका छन्। उनले टोर्नेडो भनिने उक्त आँधीबेहरीलाई राज्यको इतिहासकै सबैभन्दा नराम्रो भनेका छन् । राष्ट्रपति बाइडनले शुक्रवारको आँधी अमेरिकामा आएका ठूलामध्ये एक भएको टिप्पणी गरेका छन् । मेफील्ड सहरस्थित एउटा मैनबत्ती कारखानाभित्र दर्जनौँ मानिसको मृत्यु भएको छ । त्यहाँ कार्यरत ११० जनामध्ये ४० जनाभन्दा बढीलाई जीवितै उद्धार गरिएको थियो। उक्त आँधीबेहरीका कारण अन्य राज्यमा पनि कम्तीमा १२ जनाको ज्यान गइसकेको छ। कन्टकीमा गभर्नरले आपत्कालीन अवस्थाको घोषणा गरेका छन् । राष्ट्रपति जो बाइडनले एउटा सङ्घीय आकस्मिक विपद् घोषणापत्रमा हस्ताक्षर गर्दै उक्त राज्यका लागि रकम निकासा गरेका छ...
मकवानपुरबाट ३५ किलो गाँजासहित २ पक्राउ

मकवानपुरबाट ३५ किलो गाँजासहित २ पक्राउ

खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
मकवानपुरबाट ३५ किलो गाँजासहित दुईजना पक्राउ परेका छन् । प्रहरीले उनीहरुलाई मनहरी गाउँपालिका–९ जयसिंङस्थित राजमार्गबाट ३५ किलो ४०० ग्राम अवैध लागूऔषध गाँजासहित पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा सर्लाही लालबन्दी नगरपालिका–५ बस्ने २२ वर्षीय किरण घिमिरे र सोही ठाउँ बस्ने सिन्धुली हरिहरपुरगढी गाउँपालिका–७ घर भएका २५ वर्षीय आकाश तामाङ थिङ छन् । मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको ना.४५ च २३६१ नम्बरको गाडीलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त गाँजासहित फेला पारी गाडी चालक घिमिरे र गाडीमा सवार थिङलाई पक्राउ गरी थप अनुन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।  ...