
२९ मंसिर, रौतहट । जनता माध्यमिक विद्यालय सुधार संर्घष समितिले राजदेवी नगरपालिकाका प्रशासकिय अधिकृत सुबोध साहलाई ज्ञापन–पत्र बुझाएका छन् ।
रौतहटको राजदेवी नगरपालिका–४ मा अवस्थित जनता उच्च माध्यमिकका विद्यार्थीहरुले आइतवारदेखिनै विद्यालयलाई तालाबन्दी, प्रदर्शन लगायतका कार्यहरु गरिरहेका छन् । विद्यालयले गैर ढगंले पैसा उठाएको भन्दै विद्यार्थीहरुले वार्ड कार्यालय र विद्यालयमा नारावाजी समेत गरेका थिए ।
अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी नियमावली २०७७ मा समेत सार्वजनिक विद्यालयले माध्यमिक तहसम्मको शिक्षामा कुनै पनि बहनामा शुल्क लिन मनाही गरेको छ । तर रौतहटको राजदेवीमा रहेको जनता उच्च माध्यमीक विद्यालयले विद्यार्थीहरुबाट गैरकानूनी तरिकाले शुल्क उठाउने गर्दछ । विद्यार्थीहरुले ११ बुंदे माग पुरा गर्न सोमबार विरोध प्रदर्शन गरेका थिए ।
विद्यालयले विद्यार्थीहरुबाट विभिन्न बहानामा शुल्क उठाउने गरेको अभिवावकहरुको गुनासो छ । जनता उच्च माध्यमिक विद्यायलका प्रधानध्यापक प्रभाष ठाकुर रहेका छन् ।
अभिवावक अथवा विद्यार्थीले तालाबन्दी पुर्व केहि सुचना गरेका थिएनन् । प्रधानाध्यापक प्रभाष ठाकुरले भने “केही असन्तुष्ट व्यक्तिले विद्यायलको विषयलाई राजनिति चलखेल बनाएका छन् । ” विद्यालयको बिजुली बिल लगायत केही सहायक कर्मचारीलाई भत्ता उपलब्ध गराउन विद्यार्थीहरुबाट मात्र रु.१०० लिएको उनले बताए ।
आइतवार विद्यार्थी अभिवावक मिलि विद्यालयलाई तालाबन्दी गरेका थिए । शिक्षक आउँछन् बाहिरबाट नै सादा कागजमा आफ्नो हाजरी बनाई फर्कन्छ विद्यार्थीहरुले बताए । बिद्यालय अझै तालाबन्दीमै छ । विद्यायलमा कहिले बाट कक्षा सञ्चालन हुने र तालाबन्दी कहिले खुल्ने भने अझै कुनै टुंगो छैन् ।
विद्यालय सुधार संर्घष समितिले १३ बुंदे विभिन्न माँग सहित राजदेवी नगरपालिकालाई ज्ञापन पत्र बुझाएको सोही समितिका संयोजक ज्वाला रणवीरले जानकारी दिए ।
मंगलवार विद्यार्थी र अभिवावकको स्वीकृतीले विधालय सुधार संर्घष समितिको स्थापन गरिएको उनले बताए । विद्यार्थीको हकको लागि यो समितिले हरेक प्रयास गर्ने उनले बताए ।
ज्ञापन पत्र :

