Thursday, April 16
Shadow

अन्तर्राष्ट्रिय

भारतको दार्जिलिङमा यात्रुवाहक रेल र मालवाहक रेल ठोक्किँदा आठ जनाकाे मृत्यु

भारतको दार्जिलिङमा यात्रुवाहक रेल र मालवाहक रेल ठोक्किँदा आठ जनाकाे मृत्यु

अन्तर्राष्ट्रिय
०३ असार, एजेन्सी : भारतको दार्जिलिङमा यात्रुवाहक रेल र मालवाहक रेल ठोक्किँदा कम्तीमा आठ जनाकाे ज्यान गएको छ । दुर्घटनामा अरू ५० जनाभन्दा धेरै घाइते भएका छन् ।कोलकाताको सियालदहतर्फ गुडिरहेको कञ्चनजङ्घा एक्सप्रेस र न्यु जलपाईगुडीतिर गुड्दै गरेको मालवाहक रेल आज बिहान साढे ९ बजे पश्चिम बङ्गाल राज्यमा पर्ने न्यु जलपाईगुडी छेउमा ठाेक्किएका दार्जिलिङ जिल्लाका निमित्त प्रहरी प्रमुख अभिशेख रायले जानकारी दिनुभयो ।   रेलका तीन वटा डब्बा लिगबाट बाहिरिएका समाचार संस्था एएफपीले जनाएको छ । रेल मन्त्री अश्वनी वैष्णवले दुर्घटनामा ज्यान गुमाएका मृतकका परिवारलाई १०/१० लाख, गम्भीर घाइतेहरूलाई जनही साढे २ लाख र घाइतेहरूलाई जनही ५० हजार भारतीय रुपैयाँ दिने घाेषणा गर्नुभएकाे छ । पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बनर्जीले सामाजिक सञ्जाल एक्समा दार्जिलिङ जिल्लाको फान्सिडेवा क्षेत्रमा भएको रेल दुर्घटनाबा...
डिभीकाे नतिजा प्रकाशित हुँदै, कसरी हेर्ने?

डिभीकाे नतिजा प्रकाशित हुँदै, कसरी हेर्ने?

अन्तर्राष्ट्रिय, ताजा-अपडेट, सूचना / प्रविधि
राैतहट । डाइभर्सिटी भिसा (डिभी) को नतिजा आज प्रकाशित हुँदैछ । अमेरिकाले सन २०२३ का लागि आवेदन दिइएका आवेदकहरुको डिभीको नतिजा आज प्रकाशन गर्न लागेको हो। नतिजा मे महिनाको ६ तारिखमा प्रकाशन हुने गरेको छ । त्यही प्रावधान अनुसार अमेरिकाले आज डिभीको नतिजा सार्वजनिक गर्न लागेको हो । डिभीको नतिजा नेपाली समय अनुसार राति ९ः ४५ बजे नतिजा सार्वनिक हुनेछ । https://dvprogram.state.gov/...
मणिपुरमा देख्नासाथ गोली हान्न आदेश, राज्यभर कर्फ्यु

मणिपुरमा देख्नासाथ गोली हान्न आदेश, राज्यभर कर्फ्यु

banner-news-1, अन्तर्राष्ट्रिय, ताजा-अपडेट, मुख्य समाचार
नयाँ दिल्ली। मणिपुरमा अल ट्राइबल स्टुडेन्ट्स युनियनद्वारा आयोजित एक र्‍याली हिंसात्मक बनेपछि प्रशासनले देख्नासाथ गोली चलाउने आदेश सुरक्षाकर्मीलाई दिएको छ।राज्यका अधिकांश जिल्लामा कर्फ्यु लगाइएको छ। स्थिति नियन्त्रणमा लिन सेना र असम राइफल्सका जवानहरूलाई तैनाथ गरिएको छ।यसअघि सेनाले राज्य प्रहरीसँग मिलेर धेरै ठाउँमा हिंसा नियन्त्रण गरेको र गस्ती पनि गरेको बताएको थियो।बुधवारदेखि तत्काल लागू हुने गरी पाँच दिनका लागि राज्यभर मोबाइल तथा इन्टरनेट सेवा निलम्बन गरिएको छ।तर, यो व्यापक हिंसाका सम्बन्धमा सामाजिक सञ्जालमा शेअर भएका तस्बिर र भिडियोमा धेरै ठाउँमा घर जलेको देख्न सकिन्छ । भिडियोमा केही व्यक्तिहरू चुराचांदपुरमा एउटा हतियार पसलमा घुसेर बन्दुक लुट्दै गरेको देख्न सकिन्छ।मिडियामा आइरहेका समाचार अनुसार यो हिंसामा अहिलेसम्म कम्तीमा तीन जनाको मृत्यु भइसकेको छ।केन्द्रीय गृहमन्त्री अमित शाहले बिहीवार...
किन अहिले सुडानमा चर्कियो लड़ाई ?

किन अहिले सुडानमा चर्कियो लड़ाई ?

अन्तर्राष्ट्रिय, ताजा-अपडेट
सुडानको राजधानी खार्टूम र अन्य स्थानमा दुई सैन्य समूहबीच सङ्घर्ष हुँदा सयौँ मानिसको मृत्यु भएको छ।संयुक्त राष्ट्रसङ्घले त्यहाँ अस्थिर बनिरहेको युद्धविरामलाई कायम राख्न, त्यहाँ लडिरहेका दुवै पक्षका जेनरलहरूसँग सम्पर्कमा रहेको जनाएको छ। राष्ट्रसङ्घीय अधिकारीहरूले त्यहाँ विधिको शासन अझ कमजोर हुनेमा आफूहरू चिन्तित रहेको बताएका छन्।हजारौँ सुडानीहरू भागेर चाड, इजिप्ट, र दक्षिणी सुडानसहितका छिमेकी देशहरूतर्फ गएका छन्।त्यहाँ भएका विदेशी नागरिकहरूलाई सम्बन्धित देशले स्वदेश फिर्ता गर्ने वा सुरक्षित स्थानमा लैजाने प्रयास गर्न थालेका छन्। केही नेपालीहरू पनि अलपत्र परेको विवरण प्राप्त भएको छ।बीबीसी अरेबिककी स्याली नबिलले सुडानको सैन्य नेतृत्वमा देखा परेको प्रतिद्वन्द्विताका कारण उत्पन्न सत्तासङ्घर्षलाई यो सामग्रीमा व्याख्या गरेकी छन्। बीबीसी...
ट्र्याक्टर ट्रली खस्दा कम्तीमा १४ जनाको मृत्यु

ट्र्याक्टर ट्रली खस्दा कम्तीमा १४ जनाको मृत्यु

अन्तर्राष्ट्रिय, ताजा-अपडेट
पाकिस्तान - पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको डेरा गाजी खान जिल्लाको डीजी नहरमा शुक्रबार ट्र्याक्टर ट्रली खस्दा कम्तीमा १४ जनाको मृत्यु भएको स्थानीय उद्धार सेवाले जनाएको छ ।करिब ४५ जना तीर्थयात्री बोकेको ट्रली उक्त जिल्लाको चौकी विमानस्थल सडक नजिकै तीव्र गतिका कारण दुर्घटना भएको उद्धार सेवाले जनाएको छ ।उद्धारकर्ता घटनास्थल पुगेर स्थानीयवासीको सहयोगमा उद्दार कार्य शुरु गरेको उद्धार सेवाले जनाएको छ । साथै बेपत्ताहरुको खोजी कार्य जारी रहेकाले हालसम्म केही शवसहित २८ जना यात्रुमात्र फेला परेको जनाइएको छ ।केही यात्रुयहरू दुर्घटनापछि चिप्लिएर बगेको हुनसक्ने उद्धार सेवाले जनाएको छ ।...
अन्तिम संस्कारकाे लागि शव पुग्याे बैंकमा, कर्मचारीकाे साताे गयाे

अन्तिम संस्कारकाे लागि शव पुग्याे बैंकमा, कर्मचारीकाे साताे गयाे

अन्तर्राष्ट्रिय, ताजा-अपडेट
पटना - भारतको बिहार राज्यको पटनामा एक बैंकमा एउटा शव आफ्नो पैसा लिन पुग्यो । बैंकमा उसलाई देखेर कर्मचारीहरुको सातो गयो । पटनाछेउको शाहजहाँपुर थाना क्षेत्रको सिगरियावांमा केनरा बैंकको शाखामा शव पैसा लिन पुगेको हो ।त्यहीका स्थानीय महेश यादवको मंगलबार बिहान मृत्यु भएको थियो । मृत्युपछि गाउँलेहरुले अन्तिम संस्कारको लागि बैंकमा गएर उनको खातामा भएको पैसा बैंकका कर्मचारीसँग मागे तर बैंक म्यानेजरले पैसा दिन मानेनन् ।यो कुराले रिसाएका गाउँलेले यादवको लाश लिएर बैंकमा पुगे र लाशलाई बैंकभित्र राखिदिए । लगभग ३ घण्टासम्म बैंकमा महेशको लाश त्यत्तिकै रह्यो ।गाउँलेहरु पैसा नलिइ मान्न तयार थिएनन् ।अन्तिममा म्यानेजरले आफ्नै १० हजार रुपैयाँ गाउँलेलाई दिएर विवाद सुल्झाए । पैसा पाएपछि गाउँलेहरुले महेशको लाश लिएर अन्तिम संस्कारको लागि गए । खासमा महेशको बिहे भएको थिएन र उनको परिवारमा पनि कोही थिएनन् ।बैंक खातामा ...
बिरामी सवार विमान दुर्घटनाग्रस्त, ५ जनाको मृत्यु

बिरामी सवार विमान दुर्घटनाग्रस्त, ५ जनाको मृत्यु

अन्तर्राष्ट्रिय, ताजा-अपडेट
वासिङ्टन । अमेरिकाको पश्चिमी राज्य नेभाडामा चिकित्सक र बिरामी बोकेको एउटा विमान दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । गत शुक्रबार क्यालिफोर्निया र नेभाडाको सिमानामा अवस्थित स्टेजकोच सहर पुगेपछि राडारबाट हराएको विमान दुर्घटना भएको मध्य लियोन काउन्टीको अग्नि नियन्त्रण कार्यालयलाई उद्धृत गर्दै क्षेत्रीय आपत्कालीन चिकित्सा सेवा प्राधिकरण (आरइएमएसए)ले आज जनाएको छ । दुर्घटनाग्रस्त विमानमा चालक बाहेक एक जना परिचारिका, एक जना चिकित्सा सहायक, एक जना बिरामी र निजको परिवारका एक जना सदस्य थिए । प्रतिकूल मौसमका कारण विमान दुर्घटना भएको अनुमान गरिएको छ । यद्यपि दुर्घटनाको कारण स्पष्ट भएको छैन । निरन्तर हिमपात र आँधीका कारण अमेरिकाका धेरै राज्यको जनजीवन कष्टकर बनेको छ । क्यालिफोर्निया पनि हिमपात र आँधीबाट प्रभावित भएको छ । शनिबार साझसम्म क्यालिफोर्निया राज्यका करिब एक लाख सर्वसाधारण बिजुलीवि...
टर्कीमा पुनः शक्तिशाली भूकम्प

टर्कीमा पुनः शक्तिशाली भूकम्प

अन्तर्राष्ट्रिय, ताजा-अपडेट
टर्कीमा फेरि अर्को शक्तिशाली भूकम्प गएको छ । उक्त भूकम्पमा परी तीनजनाको मृत्यु र ६८० भन्दा बढी व्यक्ति घाइते भएका बीबीसीले जनाएको छ ।टर्कीको प्रकोप तथा आपत्कालीन एजेन्सीले स्थानीय समयानुसार सोमबार राति ८ बजेर ४ मिनेटमा ६.४ म्याग्निच्युड र त्यसको तीन मिनेटपछि ५.८ म्याग्निच्युडको भूकम्प मापन गरिएको जनाएको छ ।टर्कीमा ती दुई नयाँ भूकम्पमा परी कम्तीमा तीनजनाको मृत्यु भएपछि उद्धारकर्ताले फेरि एकपटक भग्नावशेषमा फसेका मानिसको खोजी गरिरहेका छन् ।टर्कीको छिमेकी मुलुक सिरियासँगको सीमानजिकै केन्द्रविन्दु भएर ती भूकम्प गएका हुन् । सोही ठाउँ केन्द्रविन्दु भएर यही फेब्रुअरी ६ तारिखमा विनाशकारी भूकम्प गएको थियो । उक्त भूकम्पमा परी टर्की र सिरियामा ४४ हजार मानिसको मृत्यु भएको थियो । हजारौँ मानिस घरबारविहीन भएका थिए । सोमबारको नयाँ भूकम्पपछि दर्जनौँपटक परकम्प महसुस गरिएको बीबीसीले उल्लेख गरेको छ ।...
भारतीय सेनाका ५ पुर्व प्रमुख नेपाल आउने तयारीमा

भारतीय सेनाका ५ पुर्व प्रमुख नेपाल आउने तयारीमा

अन्तर्राष्ट्रिय, ताजा-अपडेट, मुख्य समाचार
काठमाडौं- नेपाली सेना दिवसको अवसरमा काठमाडौंमा हुन लागेको बिशेष कार्यक्रममा सहभागी हुन भारतीय सेनाका ५ पुर्व प्रमुख नेपाल आउने भएका छन ।काठमाडौं, टुडिखेलमा सेना दिवसको अवसरमा भोली हुने बिशेष कार्यक्रममा सहभागी हुनका लागि भारतीय सेना प्रमुखहरु नेपाल आउन लागेको सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।शिवरात्रीका बेला हुने नेपाली सेनाको स्थापना दिवसमा सहभागी हुन लागि भारतीय सेनाका पूर्व प्रमुखहरुलाई आमान्त्रण गरिएको छ । जसअनुसार मनोजमुकुन्द नरभणे, दलबीर सिंह सुहाग, दीपक कपुर, जोगिन्दर सिंह र वीश्वनाथ शर्मा नेपाल भ्रमणमा आउने सुनिश्चित भएको उनको भनाई छ ।नेपाली सेना दिवस हरेक शिवरात्रिको दिनमा मनाउने गरिन्छ । यो पटक नेपाली सेना स्थापनाको २६० वर्ष पुगेको उपलक्ष्यमा विशेष कार्यक्रमहरु गर्न लागिएको जनाइएको छ।...
टर्की भुकम्प अपडेट: मृतक संख्या ४३ सय नाघ्यो

टर्की भुकम्प अपडेट: मृतक संख्या ४३ सय नाघ्यो

अन्तर्राष्ट्रिय, ताजा-अपडेट
टर्कीमा सोमबार बिहान गएको ७ दशमलब ८ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ठूलो संख्यामा जनधनको क्षति भएको छ।भूकम्पका कारण टर्की र सिरियामा गरी मृत्यु हुनेको संख्या ४३ सय नाघेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।राज्य-सञ्चालित अनादोलु समाचार एजेन्सीका अनुसार टर्कीमा हालसम्म कम्तिमा २ हजार ९२१ जनाको मृत्यु हुनुका साथै १३ हजार २९३ घाइते भएका छन्। यहाँ ५६०० भन्दा बढी भवनहरू ध्वस्त भएका छन्।राष्ट्रपति रेसेप तैयप एर्दोगानका अनुसार मृतकको संख्या अझै बढ्न सक्ने भन्दै उनले उद्धार र राहतलाई तिब्रता दिइरहेको बताए।उक्त भूकम्पका कारण छिमेकी मुलुक सिरियामा पनि ठूलो संख्यामा मानवीय क्षति भएको छ।सिरियामा उद्धारकर्ताहरूले रातभर काम गर्न हेडलाइट र फ्लड लाइटहरू प्रयोग गरेका थिए। राज्यको स्वास्थ्य मन्त्रालय र ह्वाइट हेल्मेट राहत समूहका अनुसार यहाँ १,४५० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ। देशभरि ह...