Thursday, September 10
Shadow

Author: Jeetpur Khabar

वानगञ्ज घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कानुनी कारबाही गर्न सरकारसँग माग

banner-news-1, मधेस प्रदेश
काठमाडौं, साउन १५ — सुनसरीको देवानगञ्ज क्षेत्रमा भएको घटनापछि मधेश प्रदेशका विभिन्न जिल्लामा देखिएको तनावका बीच हिन्दू र मुस्लिम समुदायका धार्मिक अगुवाले शान्ति, धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न संयुक्त अपिल जारी गरेका छन्। संयुक्त अपिलमा नेपाल बहुधार्मिक, बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक राष्ट्र भएकाले धार्मिक सहिष्णुता, आपसी सम्मान, सामाजिक सद्भाव र राष्ट्रिय एकता देशको पहिचान तथा शक्ति भएको उल्लेख गरिएको छ। कुनै पनि घटनाका कारण सामाजिक सद्भाव र राष्ट्रिय एकतामा आँच पुग्न नदिन सबै पक्षलाई संयम अपनाउन आग्रह गरिएको छ। धार्मिक अगुवाले देवानगञ्ज घटनाको निष्पक्ष छानबिन गरी कानुनविपरीतका गतिविधिमा संलग्न व्यक्तिमाथि कानुनी कारबाही गर्न, पीडित परिवारलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन र घाइतेको निःशुल्क उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। साथै, धर्मको नाममा हिं...
बारा–३ मा एमालेको घरदैलो अभियान सक्रिय, विकासको भरोसा बोकेर ज्वाला साह मैदानमा

बारा–३ मा एमालेको घरदैलो अभियान सक्रिय, विकासको भरोसा बोकेर ज्वाला साह मैदानमा

banner-news-1, मधेस प्रदेश, मुख्य समाचार
माघ २१ कलैया : आगामी निर्वाचनलाई केन्द्रमा राख्दै नेकपा (एमाले) ले बारा निर्वाचन क्षेत्र नं. ३ मा चुनावी गतिविधि तीव्र बनाएको छ। कलैया उपमहानगरपालिका–१६ का पकडिया, मझौलिया, रामटोल, मुस्लिमटोल, कुशवाहा टोल र घाट श्रीपुर क्षेत्रमा एमालेका नेता तथा कार्यकर्ताहरूले घरदैलो र भेटघाट अभियान सञ्चालन गरेका छन्। टोल–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद, सुझाव संकलन र स्थानीय मुद्दामाथि छलफल गरिएको थियो। अभियानका क्रममा एमाले केन्द्रीय सदस्य तथा उम्मेदवार ज्वालाकुमारी शाहले बारा–३ को विकास अब नारामा सीमित नहुने स्पष्ट पारिन्। सुशासन, पूर्वाधार विस्तार र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाउँदै उनले जनताको विश्वास नै आफ्नो सबैभन्दा ठूलो शक्ति भएको बताइन्। कार्यक्रममा बोल्दै सिता सुवेदीले महिलाको हक–अधिकार र सहभागिता विस्तारमा एमालेको भूमिका निर्णायक रहेको उल्लेख गरिन्। अ...
एसपी के.सी.को कार्यकालमा बारा जिल्लामा सुरक्षा र व्यवस्थापनमा गुणात्मक सुधार

एसपी के.सी.को कार्यकालमा बारा जिल्लामा सुरक्षा र व्यवस्थापनमा गुणात्मक सुधार

banner-news-2, मधेस प्रदेश, मुख्य समाचार
माघ ०७ कलैया : सशस्त्र प्रहरी बल नेपाल नं. १२ गण हेडक्वाटर बारा का गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक खुमबहादुर के.सी.ले एक वर्षे कार्यकालमा बारा जिल्लाको सीमा सुरक्षा, तस्करी नियन्त्रण र विपद् व्यवस्थापनमा उल्लेखनीय सफलता हासिल गरेका छन्।उनको नेतृत्वमा सीमा क्षेत्रमा हुने अवैध ओसारपसार, अन्तरसीमा अपराध तथा लागुऔषध कारोबार नियन्त्रणमा प्रभावकारी कारबाही भएको छ। करिब पाँच करोड रुपैयाँ बराबरका अवैध सामग्री बरामद गरी भन्सार दाखिला गरिएको छ भने गाँजा, अफिम र लागुऔषधजन्य ट्याबलेटहरू समेत नियन्त्रणमा लिइएको छ। कार्यसम्पादनको उच्च मूल्याङ्कन गर्दै सशस्त्र प्रहरी बलले ४४ गणमध्ये बारा गणलाई उत्कृष्ट नतिजासहित पहिलो स्थान दिएको छ। सोही आधारमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको नीतिअनुसार एसपी के.सी.लाई अर्को गणको कमाण्डमा सरुवा गरिएको छ। विपद् व्यवस्थापनमा समेत उनको कार्यकाल उदाहरणीय रहे...
निजगढमा १३ बर्षिय बालिका माथि बलात्कार 

निजगढमा १३ बर्षिय बालिका माथि बलात्कार 

banner-news-1
३० श्रावन, बारा । बारामा एक जना बालिकाको बलात्कार गरिएको घटना बाहिरिएको छ ।जिल्लाको निजगढ नगरपालिका-५ को एक जना १३ बर्षिय बालिका माथि बलात्कार गरिएको घटना बाहिरिएको छ ।विद्यालयबाट मंगलबार दिउसो बालिका घर फर्कँदै गर्दा मोटरसाइकलमा आएका दुई अपरिचित व्यक्तिले बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ । बालिकाको बयानका आधारमा इलाका प्रहरी कार्यालय, निजगढले घटनाको अनुसन्धान सुरु गरेको छ। शंका लागेका व्यक्तिहरू मध्ये प्रहरीले एक जनालालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । बालिकाको निजगढ सामुदायिक अस्पतालमा गरिएको शारीरिक परीक्षणले बलात्कार भएको पुष्टि गरेको प्रहरी निरीक्षक सुमित कुशवाहाले जानकारी दिएका छन्। उनले घटनामा संलग्न व्यक्तिहरूको पहिचान खुल्न बाँकी रहेको र अनुसन्धान भइरहेको बताए।   ।...
रौतहटमा हत्या गरिएको अवस्थामा एक जना बृद्धको शव भेटियो

रौतहटमा हत्या गरिएको अवस्थामा एक जना बृद्धको शव भेटियो

banner-news-1
३० श्रावन , रौतहट : रौतहटमा बुधवार हत्या गरिएको अवस्थामा एक जना पुरुषको शव भेटिएको छ । रौतहटको गौर नगरपालिका वडा नम्बर ५ कोइरी टोलस्थित खेतमा एक वृद्धको हत्या गरी शव फालिएको अवस्थामा फेला परेको छ ।शवको प्रवृति हेर्दा चक्कु प्रहर गरेर कसैले हत्या गरेर शव फालेको आशंका गरिएको प्रहरीले जनाएको छ ।   गौर नगरपालिका वडा न ५ का ७० बर्षिय अनिरुद्ध महतोको शव भेटिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।उनको पेटमा चक्कु प्रहार गरिएको प्रहरीले जनाएको छ ।घटना बारे प्रहरीले ठप्प अनुसन्धान गरिरहेको रौतहट प्रहरीले जनाएको छ ।स्थानीयहरूका अनुसार महतो बारीमा तरकारी खेती गर्दै आफ्नो जीवन निर्वाह गर्दै आइरहेका थिए । घटनाबारे जानकारी दिंदै वडाध्यक्ष शिवशङ्कर यादवले धारिलो हतियार प्रहार गरी हत्या गरिएको पुष्टि गरेका छन् । घटना सार्वजनिक भए लगत्तै रौतहट प्रहरीले गहिरो अनुसन्धान थालेको छ ।...
सिमरा पब्लिक स्कुल द्वारा कक्षा १२ को उत्कृष्ट विद्यार्थीलाई सम्मान

सिमरा पब्लिक स्कुल द्वारा कक्षा १२ को उत्कृष्ट विद्यार्थीलाई सम्मान

banner-news-1, मुख्य समाचार
२४ श्रावन बारा : कक्षा १२ को हालै सार्वजनिक नतिजामा ३.९१ जीपीए हासिल गरी मधेश प्रदेश प्रथम हुन सफल छात्रा काजल कुमारी मण्डल लगाएत उत्कृष्ट नतिजा ल्याउने १४ जना विद्यार्थीहरुहरुलाई सिमरा पब्लिक स्कूल सिमराले सम्मान गरेको छ । सिमरा पब्लिक स्कूलले बिहिवार बिधयालय परिसर भित्र पुरस्कार वितरण कार्यक्रमको आयोजना गरेर कक्षा १२ मा ए प्लस नतिजा ल्याएका बिद्यार्थीलाई पुरस्कृत गरेको छ । सिमरा पब्लिक स्कूलले ए प्लस जीपीए ल्याएर कक्षा १२ उतिर्ण भएका १४ जना बिद्यार्थीलाई १ बर्षको शुल्क ३० हजार बिद्यार्थीलाई सम्मान स्वरुप फिर्ता गरेको छ । विद्यालयले बिहिवार आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा बोल्दै मधेश प्रदेश टपर काजल कुमारी मण्डलले सानैदेखि मनमा दृढ इच्छा र लगनशीलताले उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको बताइन्। विद्यालयको सुविधा सम्पन्न शैक्षिक वातावरण, शिक्षकहरुको उत्प्रेरणा , परिवारको साथ र साथीह...
बाघ दिवसको अवसरमा ‘मानव बाघ सह–अस्तित्व र समृद्धि’ बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

बाघ दिवसको अवसरमा ‘मानव बाघ सह–अस्तित्व र समृद्धि’ बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

banner-news-1
१४ श्रावन बारा : हरेक वर्ष जुलाई २९ तारिख अर्थात् आजका दिन विश्व बाघ दिवस मनाइन्छ । यस वर्ष ‘मानव बाघ सह–अस्तित्व र समृद्धि’ भन्ने मूल नाराका साथ विश्व बाघ दिवस–२०२४ मनाइएको हो। पर्सा राष्ट्रिय निकुञ्जले पनि एक कार्यक्रमको आयोजना गरेर बाघ दिवस मनाएको छ ।निकुञ्जले सोमबार कार्यालय परिसर भित्र विश्व बाघ दिवस मनाएको हो ।पर्सा राष्ट्रिय निकुञ्जले आयोजना गरेको कार्यक्रममा बाघ संरक्षणको क्षेत्रमा काम गर्दै आएका सरकारी तथा गैह् सरकारी संघ संस्थाहरुले बाघको संख्या बढ्नु आफैमा सुखद पक्ष रहेपनि मानवसंग बढ्दै गएको द्धन्द्धप्रति भने चिन्ता व्यक्त गरेका छन् । संख्या बढ्दै जांदा उपयुक्त वासस्थानको खोजीमा बाघ मध्यवर्ती क्षेत्रमा प्रवेश हुंदा त्यसले मानविय क्षति पुर्याउने गरेको भन्दै उनीहरुले उपयुक्त व्यवस्थापनमा कार्ययोजना केन्द्रीत गर्न सुझाव दिएका हुन् ।   पर्सा राष्ट्रिय निकुञ्जले बाघ दिवसको...
हुलास स्टील्स द्वारा सिमरा पथलैया सडकखण्डमा वृक्षारोपण

हुलास स्टील्स द्वारा सिमरा पथलैया सडकखण्डमा वृक्षारोपण

banner-news-1, मुख्य समाचार
१४ श्रावन बारा : हुलास स्टिल दिवसको अवसरमा हुलास स्टील ईण्डष्ट्रिज लिमिटेडले सोमबार विभिन्न कार्यक्रम गरी मनाएको छ । हुलास स्टील्सले सिमरा पथलैया सडक खण्डमा वृक्षारोपण गरेको छ ।हुलास दिवसको अवसर पारेर हुलास स्टील्सले सोमबार वृक्षारोपण गरेको छ । हुलास स्टील्सले आफ्नो सामाजिक उतारादायित्व अनुसार सोमबार करिब १२ सय बिरुवा पथलैया चौक सम्म रोपेको छ । हुलास स्टील्स बाट फलाम उत्पादन गर्ने क्रममा उधोग बाट निस्किने प्रदुषणलाई कम गर्नको लागि करिब १२ सय बिभिन्न किसिमको बोत बिरुवा रोपेको हुलास स्टील्स सिमराले जनाएको छ ।हुलास स्टील्सले प्रत्येक बर्ष हुलास सिवासको अवसर पारेर बिभिन्न किसिमको कार्यक्रमहरुको आयोजना गर्दै आईरहेको छ ।   हुलास स्टील्स को मुख्य गेट अगाडी बाट बृक्षारोपन सुरु गरेको र पथलैया चौक सम्म बृक्षा रोपन गरिएको उधोगले जनाएको छ ।जीतपुरसिमरा उपमहानगरपालिकालाई हरियाली प्रवर्धन नीति...
त्रिशूली नदीमा हराएका दुई वटा बस र यात्रु खोज्न आएको भारतीय टोली स्वदेश फर्किए

त्रिशूली नदीमा हराएका दुई वटा बस र यात्रु खोज्न आएको भारतीय टोली स्वदेश फर्किए

banner-news-1, ताजा-अपडेट
१३ श्रावन ,काठमाण्डाै – मुग्लिन–नारायणगढ सडकअन्तर्गत सिमलतालमा पहिरोमा परेर त्रिशूली नदीमा हराएका दुई वटा बस र यात्रु खोज्न आएको भारतीय टोली आज स्वदेश फर्किएको छ ।खोजीका लागि यही साउन ४ गते नेपाल आएको १२ जनाको भारतीय टोलीले कुनै वस्तु पनि पत्ता लगाउन नसकेपछि आज फर्किएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) भेषराज रिजालले उज्यालोलाई जानकारी दिनुभयो । भारतीय टोली फर्किए पनि नेपाली टोलीले खोजी जारी नै राखेको उहाँले बताउनुभयो ।   असार २८ गते बिहान भएको घटनामा दुई वटा बससँगै ६२ जना यात्रु त्रिशूलीमा हराएका थिए । असार २८ गतेदेखि नै खोजी भएकोमा अहिलेसम्म बसमा रहेका यात्रुमध्ये १९ जनाको मात्रै शव भेटिएको छ । खोजी गर्ने क्रममा २५ वटा शव भेटिएकोमा एक जना अर्कै घटनाका भएको पुष्टि भएको र पाँच जनाको शव पहिचान भइनसकेको प्रहरीले जनाएको छ । खोजीमा सोना...
महिला एशिया कप टी–२० क्रिकेटकाे उपाधि श्रीलङ्कालाई

महिला एशिया कप टी–२० क्रिकेटकाे उपाधि श्रीलङ्कालाई

banner-news-1, खेलकुद
१३ श्रावन , काठमाण्डाै – भारतलाई हराउँदै आयाेजक श्रीलङ्काले महिला एशिया कप टी–२० क्रिकेटकाे उपाधि जितेकाे छ । आज भएकाे फाइनलमा श्रीलङ्काले भारतलाई ८ विकेटले हरायाे ।भारतले दिएकाे १ सय ६६ रनकाे लक्ष्य श्रीलङ्काले ८ बलअघि नै मात्र २ विकेट गुमाएर भेटायाे । श्रीलङ्काकी हर्षिथा समराविक्रमाले नट आउट ६९, कप्तान चमारी अथपथ्थुले ६१ रन बनाइन् । भारतकी दिप्ती शर्माले १ विकेट लिइन् ।   यसअघि दम्बुलामा टस जितेर ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६५ रन बनायो । भारतकी स्मृति मन्धानाले ६०, रिचा घोषले ३०, जेमिमा रोड्रिगेजले २९ रन बनाइन् । श्रीलङ्काकी कविशा दिल्हारीले २ विकेट लिइन् । श्रीलङ्काले पहिलाे पटक उपाधि जितेकाे हाे । यसअघि सन् २००४, २००५–०६, २००६, २००८ र २०२२ मा फाइनलमा पुगेकाे श्रीलङ्का उपविजेतामै सीमित भएकाे थियाे । भारतले भने सात पटक उपाधि जित्दा दुई पटक उपविजेता बनेकाे...