Monday, July 27
Shadow

झापामा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु

सच तक नेपाल डेस्क । झापामा ट्रकले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ।

बुधवार झापाको कनकाई नगरपालिका ३ स्थित पुर्वपश्चिम राजमार्गमा पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना. ६ ख. ५७१३ नम्बरको ट्रकले ठक्कर दिँदा कन्काई नगरपालिका वडा नम्बर ८ बस्ने वर्ष ३८ की राधिका सेडाईको मृत्यु भएको हो।

ठक्कर दिएर घाइते भएकी राधिकालाई बिर्तासिटी अस्पताल बिर्तामोड उपचारको लागि लगिएको थियो। त्यसपछि बी एण्ड सी अस्पताल बिर्तामोड रेफर गरिएको थियो। प्रहरीले ट्रक र ट्रक चालक सर्लाही बागमती नगरपालिका बस्ने २९ वर्षीय उत्तम वाईबा नियन्त्रणमा लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *