
रौतहट । शुल्क उठाएको फिर्ता गर्न विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । विद्यार्थीहरुले ११ बुंदे माग पुरा गर्न आज विरोध प्रदर्शन गरेका छन् । रौतहटको राजदेबी नगरपालिका–४ मा अवस्थित जनता उच्च माध्यमिकका विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् ।
विद्यालयले गैर ढगंले पैसा उठाएको भन्दै विद्यार्थीहरु नारावाजी गरेका छन् । विद्यालयले विद्यार्थीहरुबाट विभिन्न बहानामा शुल्क उठाउने गरेको अभिवावकहरुको गुनासो छ ।

अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी नियमावली २०७७ मा समेत सार्वजनिक विद्यालयले माध्यमिक तहसम्मको शिक्षामा कुनै पनि बहनामा शुल्क लिन मनाही गरेको छ । तर रौतहटको राजदेवीमा रहेको जनता उच्च माध्यमीक विद्यालयले विद्यार्थीहरुबाट गैरकानूनी तरिकाले शुल्क उठाउने गर्दछ ।
जनता उच्च माध्यमिक विद्यायलका प्रधानध्यापक प्रभाष ठाकुर रहेका छन् । शिक्षा नामावलीको घोर उल्लंघन गर्ने प्रधानध्यापक ठाकुरमाथि कार्वाही हुनु पर्ने अभिवावकहरुको माँग रहेको छ ।
आइतवार विद्यार्थी अभिवावक मिलि विद्यालयलाई तालाबन्दी गरेका थिए । शिक्षक आउँछन् बाहिरबाट नै सादा कागजमा आफ्नो हाजरी बनाई फर्कन्छ विद्यार्थीहरुले बताए । बिद्यालय अझै तालाबन्दीमै छ । विद्यायलमा कहिले बाट कक्षा सञ्चालन हुने र तालाबन्दी कहिले खुल्ने भने अझै कुनै टुंगो छैन् ।
विद्यार्थीहरुले ११ बुंदे विभिन्न माँग सहित विद्यायल देखि वार्ड कार्यालयसम्म नारावाजी गर्दै पक्रिमा गरेका छन् ।
विद्यार्थीहरुको ११ बुंदे माँग :
१) गैर ढंगले उठाएको शुल्क फिर्ता हुनु पर्ने ।
२) कक्षा पुर्णरुपले दैनिक सञ्चालन हुनु पर्ने ।
३) प्रयोगशाला लगायत कक्षा कोठाको समेत उचित व्यवस्था हुनु पर्ने ।
४) विद्यालयमा स्वच्छ पिउने पानीको व्यवस्था हुनु पर्ने ।
५) छात्र÷छात्रा को छुटै शौचालय सञ्चालन हुनु पर्ने ।
६) विषयगत शिक्षकद्धारा पठनपाठन गराउनु पर्ने ।
७) प्रधानाध्यपक, शिक्षक, शिक्षिकाको गौर जिम्मेवारी रवैया परिवर्तन गर्नु पर्ने ।
८) समयमा कक्षा सञ्चालन हुनु पर्ने ।
९) विद्यार्थीहरुलाई शारिरिक तथा मानिसक रुपले मनोबल उच्च गर्न खेलकुद मैदान तथा समाग्रीको व्यवस्था हुनु पर्ने ।
१०) विद्यार्थीलाई पौष्टिकयुक्त खाना÷खाजाको व्यवस्था हुनु पर्ने ।
११) हप्ताको एकदिन बादविवाद प्रतियोगित लगायत कलायुक्त कार्यक्रम गराउनु पर्ने ।

तस्विरः स्रोत
