Thursday, April 16
Shadow

सुदूरपश्‍चिम प्रदेश

कैलालीमा चार किलो चरेससहित एक जना पक्राउ

कैलालीमा चार किलो चरेससहित एक जना पक्राउ

सुदूरपश्‍चिम प्रदेश
०४ असोज, धनगढी– कैलालीमा चार किलो चरेससहित एक जना पक्राउ परेका छन्। जिल्लाको गौरीगंगा नगरपालिकाको राजिपुर क्षेत्रबाट लागूऔषध चरेससहित एक जनालाई पक्राउ गरेको हो। बझाङको सुर्मा गाउँपालिका घर भइ राजिपुर बस्दै आएका ४४ वर्षीय सालिमान पुजारालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।   उनको साथबाट ४ किलो ८ सय ग्राम चरेश र ५०० दरका ३७ नोट गरेर १८ हजार पाँच सय भारतीय रुपैयाँ समेत बरामद गरिएको छ।उनलाई लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र प्रहरी प्रदेश कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो। पुजारालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।...