
कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवालाई नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बधाई दिनुभएको छ ।
प्रधानमन्त्रीसमेत रहेका देउवा कांग्रेसको १४औँ महाधिवेशनबाट दोस्रो पटक सभापतिमा निर्वाचित हुनुभएको हो ।
नेपालले फेसबुक मार्फत दोस्रो कार्यकालका लागि नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएकोमा प्रधानमन्त्री देउवालाई बधाई तथा शुभकामना दिनुभएको हो ।

