Thursday, April 16
Shadow

माघ १ देखि भन्सार कार्यालयमा अनलाइन सेवा सुरु हुने

वीरगञ्ज । माघ १ गते देखि बिरगंज नाकाको दुई वटा भन्सार कार्यालयमा अनलाइन प्रणाली सेवा शुरू हुने भएको छ । भन्सार कार्यालयको पुरानो भन्सार र एकिकृत सुरक्षा जाँच चौकी (आइसिपी) मा पुस १ गते देखि यो सेवा शुरू गर्ने वीरगंज भन्सारको तयारी छ ।

त्यस पछि माघ १ गते सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालयमा यो सेवा शुरू हुने भएको हो । वीरगंज भन्सार र सुख्खा बन्दरगाह भन्सारको सम्पूर्ण काम नगद तथा चेक रहित बनाउन यस्तो प्रविधि लागू हुन गइरहेको वीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले बताए ।

भन्सार विभागको योजना अनुसार बिरगंज भन्सार र बन्दरगाह भन्सारमा अनलाईन सेवाको लागि सबै पूर्वाधार तथा तयारी पूरा गरिएको प्रमुख भन्सार अधिकृत पौडेलले बताए । नेपाल विश्वमा नैं सबै भन्दा बढी कागजको प्रयोग गर्ने मुलुकमा पर्ने गरेको उनले स्पष्ट पारे ।

ब हरेक क्षेत्रमा कागजको प्रयोग कम गर्ने र नयाँ प्रविधिहरूको प्रयोग बढाउँदै जानेमा भन्सार विभागको जोड् छ । यो प्रणाली लागू भए पछि व्यवसायीको समय र खर्च पनि कम हुँने उनले विश्लेषण गरे ।

प्रमुख भन्सार अधिकृत पौडेलले आइसिपी मार्ग भएर व्यवसायीले विदेशबाट आयात गरेको सामानको चेक जाँच एक द्वार प्रणालीमा लागू भएकोले अब आयातित समान भन्सार बिन्दुमा छोटो प्रक्रिया पूरा गरी बजार सम्म पुग्ने र लागत कम हुने बताए ।

उता सुख्खा बन्दरगाहमा पूर्वाधारको कमी तथा दक्ष प्राविधिक जनशक्तिको अभावका कारण काम गर्न समस्या भइरहेको भन्सार प्रमुख पौडेलले बताएका छन् ।

ट्रकरकन्टेनर स्क्यानका लागि ल्याईएको मेशिन प्राविधिक नहुँदा १० वर्ष देखि त्यति कै थन्किएर बसेको उनले बताए । चीन सरकारले अनुदानमा दिएको स्क्यान मेशिन भन्सार कर्मचारीले चलाउन नजान्दा प्रयोग विहीन अवस्थामा छ ।

भारतबाट आएका कन्टेनर स्क्यान गर्ने समस्या रहेको भन्दै मेशिन चलाउँने प्राविधिकको अभावको कारण भौत्तिक रूप मैं कन्टेनरहरूको सामान अनुमानित गर्नु पर्ने, भन्सारमा कन्टेनरहरू थुपार्नु पर्ने, जामको समस्या भोग्नु पर्ने जस्ता समस्या रहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *