बारा–३ मा एमालेको घरदैलो अभियान सक्रिय, विकासको भरोसा बोकेर ज्वाला साह मैदानमा
माघ २१ कलैया : आगामी निर्वाचनलाई केन्द्रमा राख्दै नेकपा (एमाले) ले बारा निर्वाचन क्षेत्र नं. ३ मा चुनावी गतिविधि तीव्र बनाएको छ। कलैया उपमहानगरपालिका–१६ का पकडिया, मझौलिया, रामटोल, मुस्लिमटोल, कुशवाहा टोल र घाट श्रीपुर क्षेत्रमा एमालेका नेता तथा कार्यकर्ताहरूले घरदैलो र भेटघाट अभियान सञ्चालन गरेका छन्। टोल–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद, सुझाव संकलन र स्थानीय मुद्दामाथि छलफल गरिएको थियो।
अभियानका क्रममा एमाले केन्द्रीय सदस्य तथा उम्मेदवार ज्वालाकुमारी शाहले बारा–३ को विकास अब नारामा सीमित नहुने स्पष्ट पारिन्। सुशासन, पूर्वाधार विस्तार र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाउँदै उनले जनताको विश्वास नै आफ्नो सबैभन्दा ठूलो शक्ति भएको बताइन्। कार्यक्रममा बोल्दै सिता सुवेदीले महिलाको हक–अधिकार र सहभागिता विस्तारमा एमालेको भूमिका निर्णायक रहेको उल्लेख गरिन्। अ...









