Sunday, July 26
Shadow

त्रिशूली नदीमा हराएका दुई वटा बस र यात्रु खोज्न आएको भारतीय टोली स्वदेश फर्किए

१३ श्रावन ,काठमाण्डाै – मुग्लिन–नारायणगढ सडकअन्तर्गत सिमलतालमा पहिरोमा परेर त्रिशूली नदीमा हराएका दुई वटा बस र यात्रु खोज्न आएको भारतीय टोली आज स्वदेश फर्किएको छ ।खोजीका लागि यही साउन ४ गते नेपाल आएको १२ जनाको भारतीय टोलीले कुनै वस्तु पनि पत्ता लगाउन नसकेपछि आज फर्किएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) भेषराज रिजालले उज्यालोलाई जानकारी दिनुभयो । भारतीय टोली फर्किए पनि नेपाली टोलीले खोजी जारी नै राखेको उहाँले बताउनुभयो ।

 

असार २८ गते बिहान भएको घटनामा दुई वटा बससँगै ६२ जना यात्रु त्रिशूलीमा हराएका थिए । असार २८ गतेदेखि नै खोजी भएकोमा अहिलेसम्म बसमा रहेका यात्रुमध्ये १९ जनाको मात्रै शव भेटिएको छ । खोजी गर्ने क्रममा २५ वटा शव भेटिएकोमा एक जना अर्कै घटनाका भएको पुष्टि भएको र पाँच जनाको शव पहिचान भइनसकेको प्रहरीले जनाएको छ । खोजीमा सोनार क्यामेरा, चुम्बक र अन्य उपकरण प्रयोग गरिएको थियो । हिजो ४० किलोको चुम्बक पानीमा खसालेर खोजी भइरहेकोमा १९ किलोको चुम्बक नै हराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *