Tuesday, July 28
Shadow

जनकपुरमा बसको ठक्करले एक जनाको मृत्यु

जनकपुरधामस्थित नयाँ बसपार्कमा बुधबार बिहान बसले ठक्कर दिँदा एक वृद्धाको मृत्यु भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका अनुसार महोत्तरीको जलेश्वरबाट जनकपुरधाम आइरहेको ना ३ ख २६१० नम्बरको बसले ठक्कर दिँदा ६० वर्षीया वृद्धाको मृत्यु भएको हो ।

जलेश्वरबाट आएको सो बस जनकपुरधामस्थित बसपार्कमा छिर्न लागेका बेला सोही बसबाट ओर्लिएकी वृद्धा अचानक बसको अगाडिमा आएकोले चालकले नियन्त्रणमा राख्न नसक्दा दुर्घटना भएको ट्राफिक प्रहरी प्रमुख नवराज न्यौपानेले जानकारी दिए ।

मृतक वृद्धाको नाम र ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ । बस चालक जनकपुरधाम उपमहानगरपालिका–२३ बिन्धी बस्ने ३३ वर्षीय मो। फिरोज नदाफलाई नियन्त्रणमा लिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *