Thursday, April 16
Shadow

ताजा-अपडेट

त्रिशूली नदीमा हराएका दुई वटा बस र यात्रु खोज्न आएको भारतीय टोली स्वदेश फर्किए

त्रिशूली नदीमा हराएका दुई वटा बस र यात्रु खोज्न आएको भारतीय टोली स्वदेश फर्किए

banner-news-1, ताजा-अपडेट
१३ श्रावन ,काठमाण्डाै – मुग्लिन–नारायणगढ सडकअन्तर्गत सिमलतालमा पहिरोमा परेर त्रिशूली नदीमा हराएका दुई वटा बस र यात्रु खोज्न आएको भारतीय टोली आज स्वदेश फर्किएको छ ।खोजीका लागि यही साउन ४ गते नेपाल आएको १२ जनाको भारतीय टोलीले कुनै वस्तु पनि पत्ता लगाउन नसकेपछि आज फर्किएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) भेषराज रिजालले उज्यालोलाई जानकारी दिनुभयो । भारतीय टोली फर्किए पनि नेपाली टोलीले खोजी जारी नै राखेको उहाँले बताउनुभयो ।   असार २८ गते बिहान भएको घटनामा दुई वटा बससँगै ६२ जना यात्रु त्रिशूलीमा हराएका थिए । असार २८ गतेदेखि नै खोजी भएकोमा अहिलेसम्म बसमा रहेका यात्रुमध्ये १९ जनाको मात्रै शव भेटिएको छ । खोजी गर्ने क्रममा २५ वटा शव भेटिएकोमा एक जना अर्कै घटनाका भएको पुष्टि भएको र पाँच जनाको शव पहिचान भइनसकेको प्रहरीले जनाएको छ । खोजीमा सोना...
सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेका १९ जनामध्ये १८ जनाको निधन

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेका १९ जनामध्ये १८ जनाको निधन

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
०९ श्रावन ।काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेका १९ जनामध्ये १८ जनाको निधन भएको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार १८ जनाको शव निकालिएको हो ।जहाजमा पाइलट सहित १९ जना सवार थिए । पाइलट मनिषरत्न शाक्यलाई भने जिवित उद्दार गरिएको छ । उनलाई तत्कालै केएमसी अस्पताल पुर्याइएको थियो ।   जहाज दुर्घटना भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थाल बन्द भएको छ । आज ११ बजेर ११ मिनेटमा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनापछि उडान र अवतरण बन्द भएको हो ।उद्धार कार्य चलिरहेकाले अहिले उडान र अवतरण बन्द भएको विमानस्थल स्रोतले बतायो ।  ...
नक्कली नेपाली नोटसहित बारा बाट एक जना पक्राउ

नक्कली नेपाली नोटसहित बारा बाट एक जना पक्राउ

banner-news-1, ताजा-अपडेट, मधेस प्रदेश, मुख्य समाचार
०५  श्रावन बारा  । बारा प्रहरीले नक्कली नेपाली नोटसहित  १ जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको अधारमा ईलाका प्रहरी कार्यालय सिमरौनगढ बाट खटिएको प्रहरीको टोलिले सिम्रौनगढ नगरपालिका वडा नं. २ महुवाही बस्ने वर्ष ३५ का छठु गिरीलाई पक्राउ गरेको हो ।   बिहीबार प्रहरी निरीक्षक नविन राईको कमाण्डमा खटिएको टोलीले महुवाहीस्थित सडक खण्डमा महुवाहीबाट नयकाटोल तर्फ जाँदै गरेको 'अन टेस्ट' बाइकमा नक्कली नोट ओसार पसार भइरहेको फेला पारेको थियो ।  गिरीको साथबाट नेपाली रु. १ हजार दरको  पचासी हजार बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । गिरीविरुद्ध खोटा मुद्रासम्बन्धी कसूरमा मुद्दा दर्ता गरी जिल्ला अदालतबाट दिन ८ म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले शुक्रबार जानकारी गराएको छ ।...
वडाध्यक्षको छोरा द्वारा पत्रकार यादव माथि हातपात,न्यायको मांग गर्दै प्रहरीमा उजुरी

वडाध्यक्षको छोरा द्वारा पत्रकार यादव माथि हातपात,न्यायको मांग गर्दै प्रहरीमा उजुरी

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
२९ असाढ बारा : संचार संकलन गरेर फर्किने क्रममा बारामा एक जना पत्रकार माथि हातपात भएको घटना बाहिरिएको छ ।जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका-११ अमाडारमा समाचार संकलन गरेर फर्किरहेको पत्रकार ओमप्रवेश यादव माथि हातपात भएको छ ।समाचार संकलन गरेर अमाडारमा साथि संग कुरा गरिरहेको बेला उनलाई जीतपुरसिमरा उपमहानगरपालिका-११ का वडाध्यक्ष बिन्दालाल साहका छोरा अजय साहले एकासी गालि गलौज गर्दै हातपात गरेर उनको मोबाईल समेत खोशेको पत्रकार यादवले बताएको छ ।   वडाध्यक्ष बिन्दालाल साहको छोरा अजय साहले आफुलाई एकासी गालि गर्न थाले पछि आफुले भिडियो लिइरहेको बेला वडाध्यक्षको छोराले आफु माथि हातपात गरेर मोबाईल समेत खोशेको पत्रकार यादवले बताएको छ ।केहि दिन पहिला अमाडारमा एक जनाको घर आगलागी बाट पूर्ण रुपमा जलेर नष्ट भएको समाचार संकलन गरेको निहुँमा नै वडाध्यक्षको निर्देशनमा उहाँको छोराले म माथि हातपात गरेको ...
एसईईमा अनुत्तीर्ण सबै विद्यार्थीले ग्रेडवृद्धि अर्थात् मौका परीक्षा दिन पाउने

एसईईमा अनुत्तीर्ण सबै विद्यार्थीले ग्रेडवृद्धि अर्थात् मौका परीक्षा दिन पाउने

ताजा-अपडेट
१५ असाढ, काठमाण्डौ – माध्यमिक शिक्षा परीक्षा एसईईमा अनुत्तीर्ण भएका अर्थात् ननग्रेडिङ (एनजी) ल्याएका सबै विद्यार्थीले मौका परीक्षा दिन पाउने भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एसईईमा 'एनजी' ल्याएका सबै दुई लाख ४२ हजार तीन सय १३ जना विद्यार्थीले ग्रेडवृद्धि अर्थात् मौका परीक्षामा सहभागी हुन पाउने निर्णय गरेको हो ।यसअघि दुई विषयसम्म ननग्रेडिङ भएका विद्यार्थीले मात्र ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउने भनिएको थियो । यसअनुसार एक लाख १५ हजार आठ सय ३४ जना मात्रै ग्रेडवृद्धि परीक्षाका लागि योग्य भएका थिए । तर शिक्षामन्त्री सुमना श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै सबै ननग्रेडिङ विद्यार्थीलाई ग्रेडवृद्धि परीक्षामा सहभागी गराउने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।   मन्त्रालयका अनुसार राष्ट्रिय परीक्षा बोर्ड र पाठ्यक्रम विकास केन्द्रलाई यसअनुसार व्यवस्था गर्न भनिएक...
दुई समुदायबीच झडप भएपछि मंगलवामा अनिश्चितकालीन निषेधाज्ञा जारी

दुई समुदायबीच झडप भएपछि मंगलवामा अनिश्चितकालीन निषेधाज्ञा जारी

banner-news-1, ताजा-अपडेट, मधेस प्रदेश
सर्लाही- सर्लाही जिल्ला सदरमुकाम मंगलवामा अनिश्चितकालीन निषेधाज्ञा आजपनि जारी रहेको छ। दुई समुदायबीच झडप भएपछि सर्लाही सदरमुकाम मंगलवामा अनिश्चितकालीन निषेधाज्ञा (कफ्र्यु) जारी गरिएको हो। जिल्ला प्रशासन कार्यालय मलङ्गवाले गए राति १०ः०० बजेदेखि अर्को आदेश नहुन्जेलसम्मका लागि कफ्र्यु आदेश जारी गरेको हो। मूर्ति विर्सजन (सेलाउन) जाने क्रममा मलङ्गवा- ३ मा विवाद भएपछि स्थिति नियन्त्रणमा लिन गए राति १०ः०० बजेदेखि अर्को आदेश नहुन्जेलसम्मका लागि कफ्र्यु आदेश गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए। पुरानो मलङ्गवा नगरक्षेत्र (पूर्वमा झिम नदी, पश्चिम मुसैली नहर, दक्षिणमा नेपाल-भारत सीमा क्षेत्र र उत्तरमा प्रहरी पोष्ट/बाबा पेट्रोलपम्म) सीमा क्षेत्रभित्र कसैले आजवतजावत, भेला हुन, बाहिर हिँडडुल गर्न एवं अरु कुनै प्रकारको गतिविधि गर्न नपाइने कफ्र्यु आदेशमा भनिएको छ।कफ्र्यु आदेशपछि अह...
मोटरसाइकलको ठक्करबाट रौतहटको कटहरियामा एक महिलाको मृत्यु

मोटरसाइकलको ठक्करबाट रौतहटको कटहरियामा एक महिलाको मृत्यु

ताजा-अपडेट
रौतहट– मोटरसाइकलको ठक्करबाट रौतहटको कटहरियामा एक महिलाको मृत्यु भएकोछ। मृत्यु हुनेमा कटहरिया नगरपालिका ५ बहादुरपुरकी २५ वर्षीय रिता देवी सरभङ रहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ। देवाहि गोनाही ५ का २३ वर्षीय राजाबाबु यादवले चलाएको ना ५५ प ९५७८ को १५० सिसी पल्सर मोटरसाइकलको ठक्करले सरभङको ज्यान गएको प्रहरीको भनाइ छ। घटनाबारे थप अनुन्सन्धान भइरहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।...
निगमले पेट्रोल र डिजेलको मूल्य बढायाे

निगमले पेट्रोल र डिजेलको मूल्य बढायाे

ताजा-अपडेट, मुख्य समाचार
काठमाडौं— नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ ।निगम व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले पेट्रोल प्रतिलिटर ५ र डिजेल/मट्टितेलमा १४ रुपैयाँ मूल्य वृद्धि गर्ने निर्णय गरेको हो ।नयाँ मूल्य मंगलबार राति १ बजेदेखि लागू हुने निगमका प्रवक्ता मनोज ठाकुरले विज्ञप्तिमार्फत जनाएका छन् । विज्ञप्ति :
कक्षा १२ काे नतिजा आज प्रकाशित हुने तयारी, यसरी हेर्न सकिने

कक्षा १२ काे नतिजा आज प्रकाशित हुने तयारी, यसरी हेर्न सकिने

ताजा-अपडेट, शिक्षा
काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा आज साँझसम्म सार्वजनिक गर्न तयारी गरेको छ । गत वैशाख २६ गतेदेखि सुरू भई जेठ ५ गते सम्पन्न भएको उक्त परीक्षाको नतिजा आज सार्वजनिक गर्ने गरी अन्तिम तयारी गरिरहेको बोर्ड परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।उक्त कार्यालयका अनुसार आज साँझसम्म नतिजा सार्वजनिक गर्ने गरी काम भइरहेको छ । प्राविधिक समस्या आए मात्रै भोलिका लागि सर्नेछ । अन्यथा आजै नतिजा सार्वजनिक गरिनेछ ।बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले बोर्डले तयार पारेको तालिकाअनुसार साउन महिनाभित्रै नतिजा सार्वजनिक गर्ने गरी तयारी गरिएको र नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा पुगिएको जानकारी दिए । उनले भने, ‘बोर्डले साउन भित्रै नतिजा सार्वजनिक गर्ने गरी तालिका तयार पारेको थियो, त्यसैबमोजिम नतिजा सार्वजनिक गर्ने गरी अन्तिम तयारीमा पुगेका छौँ, नतिजा सार्वजनिक गरेपछि विद्यार्थीको म...
४६ नवबढुवा प्रहरी नायव उपरिक्षक (डिएसपी)हरुकाे पदस्थापन (नामावली सहित)

४६ नवबढुवा प्रहरी नायव उपरिक्षक (डिएसपी)हरुकाे पदस्थापन (नामावली सहित)

ताजा-अपडेट, मुख्य समाचार
काठमाडौं - नेपाल प्रहरीका ४६ जना नवबढुवा प्रहरी नायव उपरीक्षक(डिएसपी)हरूको पदस्थापन गरेको छ।प्रहरी महानिरीक्षक बसन्त कुँवरको निर्णयबाट प्रहरी नायव उपरीक्षकहरूको पदस्थापन भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। नेपाल सरकार, गृह मन्त्रालय (सचिवस्तर) काे ज्येष्ठ २९ गतेकाे निर्णयानुसार आज पदस्थापन गरिएकाे नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ। नामावली:...