Saturday, August 1
Shadow

मुख्य समाचार

मेयर गुप्ताले भव्यका साथ मनाए वैवाहिक उत्सव

मेयर गुप्ताले भव्यका साथ मनाए वैवाहिक उत्सव

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
गाैर । राैतहटकाे सदरमुकाम गाैर नगरपालिकाका नगर-प्रमुख अजय कुमार गुप्ताले आफ्नाे वैवाहिक उत्सव भव्यताका साथ मनाएका छन् । गए राति नगरप्रमुख गुप्ताले विवाह गरेकाे २५ वर्ष पुरा भयाे । २५ वर्ष पुरा भएकाे खुशी उनले सबैसँग बाटेका छन् । उनले गाैर ५ मा अवस्थित सिया प्यालेसमा वैवाहिक उत्सव मनाएका थिए । बधाई दिनेहरुकाे घुइँचाे लाग्याे । आफ्नाे खुशीकाे दिनलाई सबै सँग बाट्न पाउँदा र बधाई दिनेहरु भिड देखेर विवाहकै अनुभुति भएकाे नगरप्रमुख अजय कुमार गुप्ताले बताए । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक बिनाेद घिमिरे, सशस्त्र प्रहरी बलका प्रहरी उपरिक्षक सुर्य सेन ओली, प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर साही, जिल्ला निर्वाचन कार्यालयका अधिकृत छाेटेलाल दास, पुर्व मन्त्री अनिल झा लगायत अन्य जनप्रतिनिधिहरुकाे सहभागिता रहेकाे थियाे । विवाह पञ्चमीमा राम सिता झै नगरप्रमुख र उनकी पत्नीकाे जाेडी...
युवाहरुले गरे बानेश्वर मंदिरकाे सर-सफाइ

युवाहरुले गरे बानेश्वर मंदिरकाे सर-सफाइ

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
राैतहट जिल्लाकाे सदरमुकाम गाैरमा अवस्थित बानेश्वर बाबा मंदिरलाई आज युवा र बालबालिका मिली सरसफाइ गरेका छन् । गौर नगरपालिका-२ महादेवपट्टीमा रहेको एतिहासिक धर्मिक स्थल बानेश्वर मंदिरलाई जनप्रतिनिधिले ध्यान नदिदाँ फाेहाेर भएकाे थियाे । मन्दिर भित्र र साेही मन्दिरकाे छेउमा रहेकाे पोखरीलाई समेत युवाहरुले सर सफाई गरेका छन्। युवाहरुले प्रत्येक शनिवार नगरपालिकामा रहेकाे विभिन्न धार्मिक स्थललाई सर-सफाई गर्ने गरेकाे युवा अरुण पटेलले जानकारी दिएका छन् । " हामी युवाहरु नगरलाई सफा राख्ने अभियानमा छाैं ,जस अन्तर्गत आज बानेश्वर बाबा मंदिरलाई सफा गरेका छाैं " उनले बताए । यो अभियान गौर नगरपालिकामा जारी नै रहने र हरेक शनिवार नगरपलिकामा रहेको धार्मिक स्थल एवम सार्वजनिक ठाउँ मा रहेको फोहोर सफा गर्ने युवाहरुकाे प्रतिबद्धता रहेकाे युवा पटेलले बताए । विभिन्न प्रेरणा मुलक संदेशका साथ युवाहरु सर...
प्रहरी कै मिलोमतोमा पेट्रोलिम पदार्थ तस्करी

प्रहरी कै मिलोमतोमा पेट्रोलिम पदार्थ तस्करी

banner-news-1, मुख्य समाचार
श्रीकान्त यादव।पेट्रोल पम्प र प्रहरीकै मिलेमतोमा पर्साको ग्रामीण क्षेत्रबाट भारततर्फ पेट्रोलियम पदार्थको तस्करी बढेको छ । पर्साको झौवा, इटियाही, अमरपट्टि, धोरे, पकहा, खेस्राहा, सबैठ्वा, भिस्वा, बुढ्गाई, टिहुकी, चरगांहा, भेडिअर्वा, आस्वारी जानकिटोला, दसौता, पाँडेपुर,  महादेवपट्टी, सुवर्णपुर, विजयबस्तीलगायतका स्थानबाट पेट्रोलियम पदार्थको तस्करी भइरहेको स्थानीयले बताएका छन् । यी ठाउँबाट भारतीय बजार भेलाही, सिकटा, पुर्सीतमपुर, मैनाटार, इनर्वा, घुमाटार, भङ्गाहा,  पेट्रोल र डिजेल तस्करी हुने गरेको स्थानीयवासीको भनाइ छ ।  धोबिनी गाउँपालिका–५ लंगडीस्थित समानी आयल स्टोर, धोबिनी गाउँपालिका ४ धोबीनीस्थित इस्लाम आयल स्टोर, सरस्वती आयल पकहा, जगरनाथपुर गाउँपालिका–२ स्थित बिसमिल्लाह आयल स्टोर, बीरगंज महानगर–१९ बर्वास्थित तिवारी आयल स्टोरको मिलोमतोमा तस्करीमा भइरहेको छ। नेपालमा भन्दा भारतमा डिजल...
नेकपा एमालेको केन्द्रीय कमिटीको बठैक बस्दै

नेकपा एमालेको केन्द्रीय कमिटीको बठैक बस्दै

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दै छ । स्थायी कमिटी र पोलिटब्युरो गठनका लागि एमालेले केन्द्रीय कमिटीको बैठक बोलाएको हो । आज बिहान ११ बजेपछि जर्मन हाउस हस्पिटालिटी गट्ठाघर भक्तपुरमा बैठक सुरु हुने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । उनका अनुसार महाधिवेशनको समीक्षा गर्नुका साथै पोलिटब्युरो गठन, स्थायी कमिटीको गठन, केन्द्रीय सल्लाहकार परिषद् गठन, कार्य विभाजन तथा प्रदेशमा रिक्त पदाधिकारीको मनोनयन गर्ने बैठकको कार्यसूची छ । एमालेको विधान अनुसार पोलिटब्युरो ९९ सदस्यीय र स्थायी कमिटी ४५ सदस्यीय हुनेछ । साभार : एजेन्सी...
कांग्रेस सभापतिका लागि ३० हजार शुल्क

कांग्रेस सभापतिका लागि ३० हजार शुल्क

खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
कांग्रेस सभापतिको उम्मेदवारका लागि ३० हजार शुल्क तोकिएको छ । त्यस्तै उपसभापति र महामन्त्रीका लागि २५र२५ हजार, सहमहामन्त्रीका लागि २० हजार तोकिएको छ भने केन्द्रीय सदस्यका लागि १० हजार शुल्क तोकिएको छ । नेपाली कांग्रेसको नेतृत्व चयनका लागि आजदेखि निर्वाचन प्रकृया सुरु हुँदैछ । निर्वाचन समितिका अनसार आज १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुनेछ ।...
बर्दिया निकुञ्जमा हतियार सहित चार जना पक्राउ

बर्दिया निकुञ्जमा हतियार सहित चार जना पक्राउ

banner-news-1, मुख्य समाचार
सुर्खेत । बर्दिया राष्ट्रिय निकुञ्जमा हतियारसहित चार शिकारी पक्राउ परेका छन् । बर्दिया राष्ट्रिय निकुञ्जमा सुरक्षार्थ तैनाथ नेपाली सेना र निकुञ्जका कर्मचारी सहितको संयुक्त पट्रोल टोलीले मंगलबार शिकार गर्न आएका चार जना शिकारीलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भेरीगंगा नगरपालिका ५, हात्तिखाल सुर्खेतका ३७ वर्षीय लक्ष्मण गिरी, ६२ वर्षीय भद्र बहादुर वली, ५६ वर्षीय ठग बहादुर थापा र २२ वर्षीय ललित घर्ती रहेका छन् । उनीहरुलाई निकुञ्जको हात्तिखालको बबई पाखाबाट भरुवा बन्दुक नाल तीन थान, बन्दुकको गोली ४१ थान, मसिनो छर्रा १०० ग्राम, बन्दुकको केपा १५ थान, बारुद तीनसय, रेती एक थान, हँसिया तीन थान, सलाई पाँच थान, साईकल छर्रा ३७ थानसहित पक्राउ गरेको नेपाली सेनाले जनाएको छ । पक्राउ परेका शिकारीहरुलाई बरामद हतियारसहित आवश्यक कारवाहीको लागि बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालय, बर्दियामा बुझाइएको छ ...
गौर अस्पतालमा करोडौँको उपकरण प्रयोगविहिन

गौर अस्पतालमा करोडौँको उपकरण प्रयोगविहिन

ताजा-अपडेट, मुख्य समाचार
रौतहट । गौर अस्पतालमा रहेको आइसियु तथा भेन्टिलेटर दक्ष जनशक्तिको अभाव कारण प्रयोगमा आउन सकेका छैनन् । रौतहटमा पनि कोरोनाको दोस्रो लहरमा भेन्टिलेटरको अभावमा स्थानियले ज्यान गुमाइरहदा पनि संचालनमा आएन् । कोरोना संक्रमणको कारण गाह्रो भएका बिरामीको लागि जिल्लामा उपचारको व्यवस्था नहुदा बिरगंजका विभिन्न अस्पतालहरुमा रेफर गर्नुपर्ने वाध्यता रहेको छ । करिब ८ महिना अगाडि नेपाल सरकार स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको २ करोड रकममध्ये १ करोड ८१ लाख खर्चिएर तयार गरिएको भेन्टिलर र आइसियु जिल्लामा एकपछि अर्को संक्रमितहरुले मृत्यु वरण गरिरहँदा समेत सञ्चालनमा आउन सकेन । गौर अस्पतालको माथिल्लो तल्लामा १० बेडको आइसीयू सँगै ४ वटा भेन्टीलेटर मेसिन छन । हेर्दा सबै सामान नयाँ छन तर दूर्भाग्य, कोरोनाको संक्रमण बढेर बिरामी मृत्युको मुखमा पुग्दा समेत यी मेशिनहरु कसैको ज्यान बचाउन प्रयोगमा आउन सकेन । अस्प...
२० दिनसम्म बलात्कृत भइन १८ वर्षीय एक किशाेरी

२० दिनसम्म बलात्कृत भइन १८ वर्षीय एक किशाेरी

ताजा-अपडेट, मुख्य समाचार
विरगञ्ज । प्रदेश २ का १८ वर्षीया एक किशोरीलाई दुई जना युवकले २० दिनसम्म बन्धक बनाएर बलात्कार गरेको आरोप पीडित किशोरी र उनका अभिभावकले लगाएका छन्। किशोरीलाई गाउँकै २३ वर्षीय रामधेनी यादव र १९ वर्षीय अवध बिहारी यादवले २० दिनसम्म बन्धक बनाएर बला त्कार गरेको आरोप पीडित किशोरीका अभिभावकले लगाएका हुन्। पीडित किशोरीका बुबाका अनुसार कात्तिक २३ गते बिहान ६ बजे ट्युसन पढ्न जाने क्रममा किशारीलाई बाटोबाटै रामधेनी र अवध बिहारीले अपहरण शैलीमा नियन्त्रणमा लिई मोटरसाइकलमा राखेर वीरगन्जको घडिअर्वामा रहेको रामधेनीको डेरामा ल्याएर राखेका थिए। सुरुमा डेरामा तीन दिन राखेको र त्यसपछि दुवै युवकले १७ दिनसम्म रातिको समयमा डेराबाट बाहिर विभिन्न स्थानमा लगेर पटक-पटक बला त्कार गरेको पीडित किशोरीले बताएकी छन्। उनले भनिन्, ‘सुरुको ३ दिन डेरामै राखेर मसँग कुर्कम गरे। त्यसपछि १७ दिनसम्म राति डेराबाट निकालेर ब...
राम–सिताको विवाह पञ्चमी मनाइँदै

राम–सिताको विवाह पञ्चमी मनाइँदै

खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
प्रत्येक वर्ष झै मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रूपमा विवाह गरिदिएर देशभर मनाइँदैछ । त्रेतायुगमा आज अर्थात् मार्गशीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर रामसीताको पूजाआराधना गरी यो पर्व मनाउन लागिएको हो । मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह महोत्सव आज विधिपूर्वक हुँदैछ । गोस्वामी तुलसीदासले रामायणमा वर्णन गर्नुभएअनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् । त्रेतायुगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयंवरका लागि राखिएको शिवधनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले तीन टुक्रा पार्नुभयो । शिवधनुषलाई भाँचेपछि मार्गशीर्ष शुक्ल पञ्चमीका दिन राम र सीताको भव्य समारोहबीच विवाह स...
राष्ट्रिय सभा चुनावको उम्मेदवारी पुस २० गते दर्ता हुने

राष्ट्रिय सभा चुनावको उम्मेदवारी पुस २० गते दर्ता हुने

ताजा-अपडेट, मुख्य समाचार
काठमाडौं । निर्वाचन आयोगले आगामी माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन तालिका र कार्यक्रम स्वीकृत गरेको छ । आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार पुस २० गते उम्मेदवारी दर्ताको कार्यक्रम छ । २१ गते उम्मेदवारीमा दाबी विरोधको उजुरी दिने, २२ र २३ गते उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने, २४ गते उम्मेदवारले नाम फिर्ता लिने र २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका बनाइएको छ । सोही दिन उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने र तोकिएका मतदान केन्द्रमा माघ १२ गते बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदान हुने आयोगले जनाएको छ । त्यसअघि निर्वाचनमा भाग लिन चाहने दललाई पुस १ गतेदेखि १० गतेसम्म दल दर्ता गर्ने समय दिइएको छ । साभार : अनलाइन खबर...