Friday, September 11
Shadow

Author: Jeetpur Khabar

जीतपुर स्वास्थ्य चौकी लथालिङ्ग बन्दै,सुगर चेक गर्ने केमिकलको अभाव

जीतपुर स्वास्थ्य चौकी लथालिङ्ग बन्दै,सुगर चेक गर्ने केमिकलको अभाव

मुख्य समाचार
बारा : बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ७ जीतपुरमा रहेको जीतपुर स्वास्थ्य चौकी एवं बर्थिङ्ग सेन्टर लथालिङ्ग बन्दै गएको छ ।जीतपुर स्वास्थ्य चौकी लथालिङ्ग बन्दै गए पछि सेवाग्राहीहरु मार्कामा परेका छन् ।उक्त स्वास्थ्य चौकीमा लामो समय देखि चिनो रोग चेक गर्नको लागि आवश्यक पर्ने केमिकलको अभाव रहेको छ । दैनिक चिनी रोग चेक गराउन आउने सेवाग्राहीले स्वास्थ्य चौकीमा केमिकलको अभाव भए पछि बिना चेक गराई घर फर्किने गरेको छ ।जीतपुर स्वास्थ्य चौकी एवं बर्थिङ्ग सेन्टर लथालिङ्ग बन्दै गएको समाचार बिभिन्न मिडियामा प्रकाशन भए पनि जीतपुरसिमरा उपमहानगरपालिकाको ध्यान केन्द्रित हुन् सकको छैन ।जनताको अमुल्य मत पाएर जनप्रतिनिधि बनेकाहरु अहिले आफुले चुनावको समयमा गरेको प्रतिबद्धता बाट पछि हट्दै गएको कारण नागरिकहरु समस्यामा पर्ने गरेको छ । केहि समय पहिला जीतपुर स्वास्थ्य चौकी एवं बर्थिङ्ग सेन्टरको...
घर बाटोको सिफारिस लिन पुन पुगे उप्रेती वडा न ३ को कार्यालयमा

घर बाटोको सिफारिस लिन पुन पुगे उप्रेती वडा न ३ को कार्यालयमा

मुख्य समाचार
बारा : बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ३ को कार्यालयमा पुनः घर बाटोको सिफारिस लिन राजन उप्रेती पुगेका छन।केही समय पहिला घर बाटोको सिफारिस लिन पुगेका राजन उप्रेतीले वडा न ३ को वडा अध्यक्ष तारा बहादुर कार्किलाई घुस दिएको थियो भने त्यही क्रममा अख्तियारको टोलिले वडाध्यक्ष कार्किलाई ५ लाख घुस रकम सहित नियन्त्रणमा लिएको थियो।     वडाध्यक्ष घुस लिएको आरोपमा अख्तियारको नियन्त्रणमा रहे पनि पुनः राजन उप्रेतीका समूह बिवादित जग्गाको घर बाटो सिफारिस लिन आज वडा न ३ को कार्यालयमा पुगेको थियो तर कार्यवाहक वडाध्यक्ष माया बिकले सबै संग सल्लाह गरेर पुरै बुझेर मात्र सिफारिस दिने भने पछि उनिहरु वडा कार्यालय बाट फर्केका थिए।     यता त्यही जग्गामा मोटो रकम दिएर वडा अध्यक्ष संग सिफारिस लिनु ले उक्त जग्गामा केही त्रुटि भएको कारण नै वडा अध्यक्षलाई घुस दिएर बाटो...
प्राधिकरणले लाइन काटेसँगै खोसियो जगदम्बा स्टील र अशोक स्टीलकामजदुरको रोजगारी

प्राधिकरणले लाइन काटेसँगै खोसियो जगदम्बा स्टील र अशोक स्टीलकामजदुरको रोजगारी

Uncategorized
बारा । नेपाल विद्युत प्राधिकरण र उद्योगीहरुबीचको विवाद उत्कर्षमा पुग्दा हजारौं कामदारहरुले रोजगारी गुमाएका छन् । उद्योगीहरुले प्राधिकरणको बक्यौता रकम भुक्तानी नगरेको भन्दै धमाधम लाइन काट्न थालेपछि मजदुरहरु बिचल्लीमा पर्न थालेका हुन् ।बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा रहेका जगदम्बा स्टील र अशोक स्टीलको लाइन काटिए पछि उक्त उधोगमा कार्यरत मजदूरहरुले सिमरामा बिओध प्रदर्शन गरेका छन् । प्राधिकरणले सिमरा वितरण केन्द्र अन्तरगत पर्ने अशोक स्टील र जगदम्बा स्टीलको लाईन काटे पछि ति दुई उद्योगले कामदार कटौती गर्न थाले पछि त्यहाँ कार्यरत कामदारहरु बिचलित बनेका छन् । उद्योगहरु बन्द भएसँगै उद्योगमा कार्यरत मजदुरहरु आन्दोलनमा उत्रिएका छन् । नेपाल विद्युत प्राधिकरणले उद्योगहरुको लाइन काटेकाले आफूहरुको रोजगारी संकटमा परेको भन्दै उनीहरुले कालो ब्यानर र प्लेकार्डसहित बुधबार प्रदर्शन गरेका हुन्। मजदुरहर...
पक्राउ परेका केही घण्टामै रिहा भए खशीको मासु भनेर बाख्राको मासु बेच्ने देवान

पक्राउ परेका केही घण्टामै रिहा भए खशीको मासु भनेर बाख्राको मासु बेच्ने देवान

मधेस प्रदेश
बारा : बाराको जीतपुरमा खशीको मासु भनेर बाख्राको मासु बेचेको आरोपमा पक्राउ परेका मिश्री देवान प्रहरीको हिरासत बाट रिहा भएको छ ।शुक्रवार बेलुका जीतपुर स्थित मुस्कान सप्लयार्स एन्ड फ्रेस हाउसमा प्रहरीले चेक जांच गर्दा खशीको मासु भनेर बाख्रा मासु बेचिरहेको भेटिएको थियो।   बाख्राको मासु बेचेर ग्राहकलाई ठगिरहेको भन्दै ईलाका प्रहरी कार्यालय जीतपुरले मुस्कान सप्लयार्सका संचालक मिश्री देवानलाई नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय सिमरामा बुझाएको थियो ।डिएसपिलाई मोटो रकम दिएर देवान बाहिर आएको उनले आफै बाटोमा हुहल्ला गरेर भन्दै गरेको भेटिएको छ।   बिना अनुसन्धान गरिनै यसरी प्रहरीले दोषिलाई कार्वाही गर्नुको सट्टा पैसा लिएर दोषिको संरक्षण गर्नुले प्रहरी माथी आमनागरिक जुन बिश्वास छ त्यो घट्दै गईरहेको छ।देवान प्रहरी हिरासत बाट बाहिरिए संगै जीतपुर आएर सडकमा आफुले भोलि देखि पुनः खशीको मासु भ...
खसीको मासु भनेर बाख्राको मासु बेच्ने देवान जीतपुर बाट पक्राउ

खसीको मासु भनेर बाख्राको मासु बेच्ने देवान जीतपुर बाट पक्राउ

मुख्य समाचार
बारा : खसीको मासु भन्दै उपभोक्तालाई झुक्याएर बाख्राको मासु बेच्ने एक व्यापारीलाईबारा प्रहरीले पक्राउ गरेको छ।जीतपुरसिमरा उपमहानगरपालिका -७ जेतापुर स्थित मुस्कान सप्लायार्स एण्ड फ्रेस हाउसका सञ्चालक मिश्री देवान पक्राउ परेका हुन्। उनको पसलबाट प्रहरीले करिब ४ किलो बाख्राको मासु समेत बरामद गरेको छ।     बाख्राको मासु बेचिरहेको गुनासोपछि इलाका प्रहरी कार्यालय जीतपुरको टोलीले उनको पसल अनुगमन गरेको थियो। सो क्रममा बाख्राको मासु भेटिएपछि प्रहरीले देवानलाई पक्राउ गरी आवश्यक कारबाही अगाडी बढाएको छ। पसलमा  खसीको मासुको सानो टुक्रासंगै छाला बिनाको बाख्रालाई खसीको अण्डकोष र पिसाब गर्ने लिंग जस्तो बनाई खसीको मासुसँगै बिक्री गर्नको लागि राखेको अवस्थामा मासु भेटिएको प्रहरीले जनाएको छ।...
ईलाका प्रहरी कार्यालय छतवा माथि गलत आरोप लगाइयो : स्थानीयबासी

ईलाका प्रहरी कार्यालय छतवा माथि गलत आरोप लगाइयो : स्थानीयबासी

मुख्य समाचार
बारा । ईलाका प्रहरी कार्यालय छतवालाई बदनाम गर्ने उदेश्यले छतवा प्रहरी चौकीको बारेमा गलत समचार सम्प्रेषण भइरहेको स्थानियहरुले बताएको छ । ईलाका प्रहरी कार्यालय छतवामा नभएको घटनालाई समाचारमा देखाएर प्रहरी चौकीमा कार्यरत प्रहरी र छतवा प्रहरी चौकीलाई बदनाम गर्नमा लागि परेको भेटिएको छ ।प्रहरी चौकी तस्करको कब्जामा, इन्चार्ज सई फरार भन्ने शिर्षकको समचार भ्रामक र कपोकल्पित रहेको स्थानीयबासीले बताएको छ ।     जिल्ला प्रहरी कार्यालय बाराको टोलीले धान तस्करी भईरहेको सूचना पाए पछि छतवामा तस्करी भएर नेपाल आईरहेको धान नियन्त्रणमा लिनको लागि त्यहाँ पुगेको थियो तर त्यहाँ जिल्ला बाट गएको प्रहरी माथि कुनै किसिमको आक्रमण न भएको छतवाका वडा अध्यक्ष सन्तोष पटेलले बताउनु भयो ।उहाँले भन्नु भयो जिल्ला बाट प्रहरीको टोलि आएको खबर आफुले पाए पछि आफु पनि ईलाका प्रहरी कार्यालय छतवामा पुगेको तर त्यहाँ स्...
प्रहरीसहित राजस्व टाेलीले छापा मारेपछि व्यावसायी आतङ्कित

प्रहरीसहित राजस्व टाेलीले छापा मारेपछि व्यावसायी आतङ्कित

banner-news-2, मधेस प्रदेश
सिरहा । सिरहाको मिर्चैयामा राजस्व अनुसन्धान कार्यालय इटहरीको टोलीले एक कपडा पसलसहितको घरमा छापा मारेको छ ।विशेष सुचनाको आधारमा आएको राजस्व अनुसन्धान कार्यालय इटहरीको टोलीले पसलसहितको घरमा छापा मार्ने क्रममा घरको चारैतिरबाट सशस्त्र प्रहरीले घेरेर बसेपछि स्थानीय व्यवसायी आतङ्कित बनेको छन ।   बुधवार करिव ३ बजेको समयमा राजस्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख कार्यालय प्रमुख सुरेश अाचार्ययको नेतृत्वमा आएको हतियार सहितको सशस्त्र प्रहरीले २० घण्टाभन्दा लामो समयदेखि मिर्चैया नगरपालिका ५ संस्था चौकमा रहेको कल्याण ट्रडेर्सको पसलसहतिको घरमा चारैतिरवाट घेरा हाले पछि स्थानीय व्यावसायी आतङ्कीत बनेका हुन ।   टोलिले पसल, गोदाम र घर खानलासी गरिसकेर पनि हतियारसहितका प्रहरीले घर घेरेर बस्दा आफूहरु रातभरी सुत्न नसकेको व्यासायी बताउँछन्। उनीहरुले अनुसन्धान टोलिले पसल, गोदाम, घरका प्रत्ये...
दुई समुदायबीच झडप भएपछि मंगलवामा अनिश्चितकालीन निषेधाज्ञा जारी

दुई समुदायबीच झडप भएपछि मंगलवामा अनिश्चितकालीन निषेधाज्ञा जारी

banner-news-1, ताजा-अपडेट, मधेस प्रदेश
सर्लाही- सर्लाही जिल्ला सदरमुकाम मंगलवामा अनिश्चितकालीन निषेधाज्ञा आजपनि जारी रहेको छ। दुई समुदायबीच झडप भएपछि सर्लाही सदरमुकाम मंगलवामा अनिश्चितकालीन निषेधाज्ञा (कफ्र्यु) जारी गरिएको हो। जिल्ला प्रशासन कार्यालय मलङ्गवाले गए राति १०ः०० बजेदेखि अर्को आदेश नहुन्जेलसम्मका लागि कफ्र्यु आदेश जारी गरेको हो। मूर्ति विर्सजन (सेलाउन) जाने क्रममा मलङ्गवा- ३ मा विवाद भएपछि स्थिति नियन्त्रणमा लिन गए राति १०ः०० बजेदेखि अर्को आदेश नहुन्जेलसम्मका लागि कफ्र्यु आदेश गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए। पुरानो मलङ्गवा नगरक्षेत्र (पूर्वमा झिम नदी, पश्चिम मुसैली नहर, दक्षिणमा नेपाल-भारत सीमा क्षेत्र र उत्तरमा प्रहरी पोष्ट/बाबा पेट्रोलपम्म) सीमा क्षेत्रभित्र कसैले आजवतजावत, भेला हुन, बाहिर हिँडडुल गर्न एवं अरु कुनै प्रकारको गतिविधि गर्न नपाइने कफ्र्यु आदेशमा भनिएको छ।कफ्र्यु आदेशपछि अह...
बारा बाट १८ लाखको डिस्पोजेबल इलेक्ट्रोनिक सिगरेट बरामद

बारा बाट १८ लाखको डिस्पोजेबल इलेक्ट्रोनिक सिगरेट बरामद

मुख्य समाचार
बारा – काठमाडाैँबाट मलंगवातर्फ आउँदै गरेको बसबाट १८ लाखको डिस्पोजेबल इलेक्ट्रोनिक सिगरेट बरामद भएको छ। प्रहरीले चेकजाँचको क्रममा जि.बारा निजगढ नगरपालिका ९८ तामागढी गेटबाट उक्त परिमाणको डिस्पोजेबल इलेक्ट्रोनिक सिगरेट बरामद गरेको हो।   काठमाडाैबाट मलंगवातर्फ जाँदै गरेको प.३९०१९००६ ख १२८९ नम्बरको बसमा डिस्पोजेबल इलेक्ट्रोनिक सिगरेट १० कार्टुन बरामद गरिएको बाराका प्रहरी प्रबक्ता एवम् डिसपी दधिराम न्यौपानेले जानकारी दिए।...
मोटरसाइकलको ठक्करबाट रौतहटको कटहरियामा एक महिलाको मृत्यु

मोटरसाइकलको ठक्करबाट रौतहटको कटहरियामा एक महिलाको मृत्यु

ताजा-अपडेट
रौतहट– मोटरसाइकलको ठक्करबाट रौतहटको कटहरियामा एक महिलाको मृत्यु भएकोछ। मृत्यु हुनेमा कटहरिया नगरपालिका ५ बहादुरपुरकी २५ वर्षीय रिता देवी सरभङ रहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ। देवाहि गोनाही ५ का २३ वर्षीय राजाबाबु यादवले चलाएको ना ५५ प ९५७८ को १५० सिसी पल्सर मोटरसाइकलको ठक्करले सरभङको ज्यान गएको प्रहरीको भनाइ छ। घटनाबारे थप अनुन्सन्धान भइरहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।...