प्राधिकरणले लाइन काटेसँगै खोसियो जगदम्बा स्टील र अशोक स्टीलकामजदुरको रोजगारी
बारा । नेपाल विद्युत प्राधिकरण र उद्योगीहरुबीचको विवाद उत्कर्षमा पुग्दा हजारौं कामदारहरुले रोजगारी गुमाएका छन् । उद्योगीहरुले प्राधिकरणको बक्यौता रकम भुक्तानी नगरेको भन्दै धमाधम लाइन काट्न थालेपछि मजदुरहरु बिचल्लीमा पर्न थालेका हुन् ।बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा रहेका जगदम्बा स्टील र अशोक स्टीलको लाइन काटिए पछि उक्त उधोगमा कार्यरत मजदूरहरुले सिमरामा बिओध प्रदर्शन गरेका छन् ।
प्राधिकरणले सिमरा वितरण केन्द्र अन्तरगत पर्ने अशोक स्टील र जगदम्बा स्टीलको लाईन काटे पछि ति दुई उद्योगले कामदार कटौती गर्न थाले पछि त्यहाँ कार्यरत कामदारहरु बिचलित बनेका छन् । उद्योगहरु बन्द भएसँगै उद्योगमा कार्यरत मजदुरहरु आन्दोलनमा उत्रिएका छन् ।
नेपाल विद्युत प्राधिकरणले उद्योगहरुको लाइन काटेकाले आफूहरुको रोजगारी संकटमा परेको भन्दै उनीहरुले कालो ब्यानर र प्लेकार्डसहित बुधबार प्रदर्शन गरेका हुन्। मजदुरहर...







