Thursday, April 16
Shadow

खसीको मासु भनेर बाख्राको मासु बेच्ने देवान जीतपुर बाट पक्राउ

बारा : खसीको मासु भन्दै उपभोक्तालाई झुक्याएर बाख्राको मासु बेच्ने एक व्यापारीलाईबारा प्रहरीले पक्राउ गरेको छ।जीतपुरसिमरा उपमहानगरपालिका -७ जेतापुर स्थित मुस्कान सप्लायार्स एण्ड फ्रेस हाउसका सञ्चालक मिश्री देवान पक्राउ परेका हुन्। उनको पसलबाट प्रहरीले करिब ४ किलो बाख्राको मासु समेत बरामद गरेको छ।

 

 

बाख्राको मासु बेचिरहेको गुनासोपछि इलाका प्रहरी कार्यालय जीतपुरको टोलीले उनको पसल अनुगमन गरेको थियो। सो क्रममा बाख्राको मासु भेटिएपछि प्रहरीले देवानलाई पक्राउ गरी आवश्यक कारबाही अगाडी बढाएको छ। पसलमा  खसीको मासुको सानो टुक्रासंगै छाला बिनाको बाख्रालाई खसीको अण्डकोष र पिसाब गर्ने लिंग जस्तो बनाई खसीको मासुसँगै बिक्री गर्नको लागि राखेको अवस्थामा मासु भेटिएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *