Thursday, April 16
Shadow

घर बाटोको सिफारिस लिन पुन पुगे उप्रेती वडा न ३ को कार्यालयमा

बारा : बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ३ को कार्यालयमा पुनः घर बाटोको सिफारिस लिन राजन उप्रेती पुगेका छन।केही समय पहिला घर बाटोको सिफारिस लिन पुगेका राजन उप्रेतीले वडा न ३ को वडा अध्यक्ष तारा बहादुर कार्किलाई घुस दिएको थियो भने त्यही क्रममा अख्तियारको टोलिले वडाध्यक्ष कार्किलाई ५ लाख घुस रकम सहित नियन्त्रणमा लिएको थियो।

 

 

वडाध्यक्ष घुस लिएको आरोपमा अख्तियारको नियन्त्रणमा रहे पनि पुनः राजन उप्रेतीका समूह बिवादित जग्गाको घर बाटो सिफारिस लिन आज वडा न ३ को कार्यालयमा पुगेको थियो तर कार्यवाहक वडाध्यक्ष माया बिकले सबै संग सल्लाह गरेर पुरै बुझेर मात्र सिफारिस दिने भने पछि उनिहरु वडा कार्यालय बाट फर्केका थिए।

 

 

यता त्यही जग्गामा मोटो रकम दिएर वडा अध्यक्ष संग सिफारिस लिनु ले उक्त जग्गामा केही त्रुटि भएको कारण नै वडा अध्यक्षलाई घुस दिएर बाटोको सिफारिस गराउन लागेको बुझिएको छ।अहिले उक्त जग्गा प्रकरणमा वडा अध्यक्ष मुछिएर अख्तियारको नियन्त्रणमा रहेकोले त्यो जग्गाको सिफारिस गर्न न मिल्ने केही स्थानियहरुले बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *