एसपी के.सी.को कार्यकालमा बारा जिल्लामा सुरक्षा र व्यवस्थापनमा गुणात्मक सुधार
माघ ०७ कलैया : सशस्त्र प्रहरी बल नेपाल नं. १२ गण हेडक्वाटर बारा का गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक खुमबहादुर के.सी.ले एक वर्षे कार्यकालमा बारा जिल्लाको सीमा सुरक्षा, तस्करी नियन्त्रण र विपद् व्यवस्थापनमा उल्लेखनीय सफलता हासिल गरेका छन्।उनको नेतृत्वमा सीमा क्षेत्रमा हुने अवैध ओसारपसार, अन्तरसीमा अपराध तथा लागुऔषध कारोबार नियन्त्रणमा प्रभावकारी कारबाही भएको छ।
करिब पाँच करोड रुपैयाँ बराबरका अवैध सामग्री बरामद गरी भन्सार दाखिला गरिएको छ भने गाँजा, अफिम र लागुऔषधजन्य ट्याबलेटहरू समेत नियन्त्रणमा लिइएको छ। कार्यसम्पादनको उच्च मूल्याङ्कन गर्दै सशस्त्र प्रहरी बलले ४४ गणमध्ये बारा गणलाई उत्कृष्ट नतिजासहित पहिलो स्थान दिएको छ। सोही आधारमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको नीतिअनुसार एसपी के.सी.लाई अर्को गणको कमाण्डमा सरुवा गरिएको छ।
विपद् व्यवस्थापनमा समेत उनको कार्यकाल उदाहरणीय रहे...









