Friday, September 11
Shadow

Author: Jeetpur Khabar

फेरि घट्यो पेट्रोलियम पदार्थको मुल्य

फेरि घट्यो पेट्रोलियम पदार्थको मुल्य

banner-news-1
१८ जेठ । काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । शुक्रबार राति १२ बजेदेखि लागू हुने गरि निगमले पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाएको छ । भने डिजेलको मूल्य प्रतिलिटर एक रुपैयाँका दर घटाएको छ । इन्डियन आयल कर्पोरेसनबाट पेट्रोलको मूल्य प्रतिलिटर ४.४२ र डिजेलको मूल्य प्रतिलिटर २.४५ ले घटेर आएपछि निगमले पनि मूल्य घटाएको हो ।हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ ।  ...
बारा बाट नक्कली नेपाली नोट सहित ४ जना पक्राउ

बारा बाट नक्कली नेपाली नोट सहित ४ जना पक्राउ

banner-news-1
अखिलेश कुमार यादव। १६ जेठ । बारा प्रहरीले ठूलो परिमाणमा नक्कली  नेपाली नोट सहित चार जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराले बुधबार पत्रकार सम्मेलनको आयोजना गरेर नक्कली नोट सहित पक्राउ परेका ४ जनालाई सार्वजनिक गरेको हो । पक्राउ  पर्नेमा  बाराको कोल्हवी नगरपालिका -६ का २५ वर्षीय राजन चौधरी, वडा-५ का १९ वर्षीय आकाश चौधरी,  रौतहटको राजपुर नगरपालिका-१ का १९ वर्षीय मोहन कुमार साह र भारत बिहार राज्य, मोतिहारी, थाना झरौखर, पञ्चायत कबैया ग्राम खरसलवा-७ का ४० वर्षीय मोहमद आलम रहेको जिल्ला प्रहरी कार्यालय बाराले पत्रकार सम्मेलनमा जानकारी गराएको छ । बाराको सिम्रौनगढ नगरपालिका-९ कचोर्वा, सानो बसबरियाबाट प्रहरीले विशेष सूचनाको आधारमा सोमबार  पक्राउ गरेको उनीहरूलाई  सार्वजनिक गरेको बाराका प्रहरी प्रवक्ता डीएसपी दधिराम न्यौपानेले जानकारी दिए ।पक्राउ परेकाहरुको साथबाट प्र...
घण्टीमाई बचत तथा ऋण सहकारी संस्थाको ११ औं स्थापना दिवस सम्पन्न

घण्टीमाई बचत तथा ऋण सहकारी संस्थाको ११ औं स्थापना दिवस सम्पन्न

banner-news-1
अखिलेश कुमार यादव। १५ जेठ ।जीतपुरसिमरा उपमहानगरपालिका –४ औराहा स्थित घण्टीमाई बचत तथा ऋण सहकारी संस्था लि. को ११ औं स्थापना दिवस मंगलबार एक कार्यक्रमका बीच सम्पन्न भएको छ । कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोला प्रसाद अधिकारीले नेपालले सहकारी संस्थाहरुले उत्पानशील क्षेत्रमा लगानी गरी शेयर सदस्यहरुलाई स्वरोजगार र उद्यमी बनाउनुपर्ने बताए । ‘आजको सानो बचतले भोलिका दिनमा महत्वपूर्ण काम गर्न सकिन्छ, त्यसैले आजैदेखि आफ्नो आम्दानीबाट थौरै भएपनि बचत गर्ने बानिको विकास गर्नुपर्छ ।’ उनले भने । अभिभावकहरुले पनि आफ्ना बालबच्चाहरुलाई सानैदेखि बचत गर्न प्रोत्साहन गर्नुपर्ने बताउँदै सहकारी संस्थाले शेयर सदस्यहरुलाई उद्यमी बनाउने गरी विभिन्न कार्यक्रम, तालिमहरु आयोजना गर्नुपर्नेमा जोड दिए । त्यस्तै सहकारी संस्थाका कर्मचारीहरुले मुस्कानसहितको सेवा दिनुपर्ने बताए । बैंकमा भन्दा सहकारी स...
सशस्त्र प्रहरी बल नेपाल ४० न. गण पिलुवा बाराको२३ औं स्थापना दिवस सम्पन्न

सशस्त्र प्रहरी बल नेपाल ४० न. गण पिलुवा बाराको२३ औं स्थापना दिवस सम्पन्न

banner-news-2, मधेस प्रदेश
अखिलेश कुमार यादव ।जेठ १४ गते। सशस्त्र प्रहरी बल नेपाल ४० न. गण पिलुवा बाराको आयोजनामा २३ औं स्थापना दिवस विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ। सशस्त्र प्रहरी बल नम्बर ४० गण हेड क्वाटर पिलुवा बाराले सोमबार एक कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका २ नम्बर बाहिनी मुख्यालयका गणपति सशस्त्र प्रहरी नायब महानिरिक्षक दिपेन्द्र साहले कठिन परिस्थितिमा पनि सशस्त्र प्रहरीले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक बहन गर्न सफल भएको बताए ।सशस्त्र प्रहरी बलले विपद्, सीमा सुरक्षा, शान्ति सुरक्षामा अहम् भूमिका निर्वाह गर्नुका साथै सरोकारवाला निकायहरू सँगको समन्वय सहकार्यमा सामाजिक कार्यमा पनि अहम् भूमिका निर्वाह गर्दै आइरहेको बताए ।   सशस्त्र प्रहरी बल नेपाल ४० नम्बर गणको २३ औं स्थापना दिवसको अवसरमा बोल्दै सहायक प्रमुख जिल्ला अधि...
जीतपुरसिमरा उपमहानगरमा तीन दिन विद्यालय बन्द

जीतपुरसिमरा उपमहानगरमा तीन दिन विद्यालय बन्द

banner-news-1
अखिलेश कुमार यादव ।१४ जेठ बारा । गर्मि अत्यधिक बढेपछि जीतपुरसिमरा उपमहानगरपालिकाले विद्यालयहरुमा गर्मी बिदा दिएको छ । अत्यधिक गर्मी र ‘लू’ का कारण पठनपाठनमा समस्या भएपछि तीन दिनका लागि जीतपुरसिमरा उपमहानगर अन्तर्गतका सम्पूर्ण विद्यालयमा बिदा दिइएको शिक्षा, युवा तथा खेलकुद महाशाखाका उपसचिव शिवजी प्रसादले बताए । ‘बिहानैदेखि चर्को घाम र तातो हावा चल्ने गरेको छ, त्यसले विद्यालयका बन्द कोठामा विद्यार्थी बिरामी पर्न सक्छन्,’उनले भने, ‘अहिले गरिएको गर्मी बिदा बर्षे बिदामा कटौती गर्ने गरी व्यवस्थापन गर्न पनि विद्यालयहरूलाई निर्देशन गरिएको शिक्षा शाखा प्रमुख शिवजी प्रसादले बताए ।   उनका अनुसार यही जेठ १६ देखि १८ गतेसम्म सम्पूर्ण विद्यालयमा बिदा दिइएको छ । जेठ १४ गतेको नगर प्रमुख स्तरीय निर्णयअनुसार बिदा दिइएको हो । १५ गते गणतन्त्र दिवसको सार्वजनिक बिदा छ भने १९ गते शनिबार परेको छ । जीतपु...
वडाध्यक्ष गुप्ताको सराहनीय कार्य: कार्यकाल सम्म नि: शुल्क कम्प्युटर कक्षा संचालन गरिने

वडाध्यक्ष गुप्ताको सराहनीय कार्य: कार्यकाल सम्म नि: शुल्क कम्प्युटर कक्षा संचालन गरिने

banner-news-1, मुख्य समाचार
बारा : बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका-७ जीतपुरमा नि:शुल्क कम्प्युटर कक्षा संचालनमा आएको छ । एक कार्यक्रमको बिच मधेश प्रदेश सभा सदस्य देवनारायण चौधरीले फकिरा गिरि राजेश्वर गिरि माध्यमिक विद्यालयमा नि:शुल्क कम्प्युटर कक्षा संचालनको उद्घाटन गरे संगै नि:शुल्क कम्प्युटर कक्षा संचालनमा आएको छ । जेठ २ गते बाट सुरु भएको नि:शुल्क कम्प्युटर कक्षा संचालन वडाध्यक्ष सुनिल कुमार गुप्ताको कार्यकाल सम्म चल्ने छ।   जीतपुरसिमरा उपमहानगरपालिका-७ का वडाध्यक्ष एवं विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सुनिल कुमार गुप्ताको सभाध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुख अतिथिमा मधेश प्रदेश सभा सदस्य देवनारायण चौधरी रहनु भएको थियो ।नि:शुल्क कम्प्युटर कक्षा संचालनको उद्घाटन कार्यक्रममा बोल्दै मधेश प्रदेश सभा सदस्य चौधरीले आजको एक्काईसौं शताब्दीमा विश्व श्रमबजारमा खरो प्रतिस्पर्धा गर्ने सचेत र सशक्त ...
फत्तेपुर बजारको अबैध संरचना माथि चल्यो डोजर

फत्तेपुर बजारको अबैध संरचना माथि चल्यो डोजर

मधेस प्रदेश, मुख्य समाचार
बारा ।बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका-१२ फत्तेपुरमा सार्वजनिक जग्गामा बनाईएको संरचना माथि उपमहानगरले डोजर चलाएको छ । कृषि बजार (हाटबजार) लाई व्यवस्थित गर्ने र वडा कार्यालय भवन निमार्ण गर्नु पर्ने भएकोले सार्वाजिक जग्गामा बनाईएको टहरा हटाउन उपमहानगरले पटक पटक सुचना निकालेको थियो तर स्थानीयहरुले अटेरी गर्दै आए पछि शनिवार जीतपुरसिमरा उपमहानगरपालिकाले डोजर चलाएको छ ।साबिक फत्तेपुर गाविस वडा नं ३ हाल जीतपुर सिमरा वडा नं १२ अन्तर्गत पर्ने कित्ता नं १७ को १८ कट्टा सार्वजनिक जग्गा २०२२ सालको नापीमा फिल्डबुकमा हाटबजार भनी उल्लेख छ । सो १८ कठा सार्वजनिक जग्गा मध्ये ६ कठा बजारमा प्रयोग भएको र बाँकी रहेको १२ कठा जग्गा व्यक्तिले घर टहरा बनाएर लामो समयदेखि भोग चलन गर्दै आइरहेको छ ।सो क्षेत्रलाई स्थानीय कृषि बजार सञ्चालन गर्ने गत आर्थिक वर्षमा उपमहानगरले ३५ लाख बजेट विनियोजन गरेको थियो तर सार्वज...
अपराध र तस्करी नियन्त्रणमा कठोर बन्दै रौतहट प्रहरी प्रमुख घिमिरे 

अपराध र तस्करी नियन्त्रणमा कठोर बन्दै रौतहट प्रहरी प्रमुख घिमिरे 

मधेस प्रदेश
अमित ठाकुर।रौतहट बैशाख ३०। जिल्ला प्रहरी कार्यालय रौतहटमा नयाँ प्रहरी प्रमुखमा एसपी दिलिप घिमिरे हाजिर भएपछि अपराध तथा तस्करी नियन्त्रण गरी राजस्व वृद्धिमा प्रहरीले अहम् भूमिका खेलिरहेको प्रहरी नायव उपरीक्षक एलिजा गिरीले बताएकी छिन्। गत चैतको अन्तिम सातामा रौतहट प्रहरी प्रमुखमा हाजिर भएपछि प्रहरी उपरीक्षक घिमिरेले दर्जनौँ तस्करलाई तस्करीको सामानसहित पक्राउ गरी भन्सारमा बुझाएका प्रहरी नायव उपरीक्षक गिरीले बताईन् ।   रौतहट संग साटिएका भारत बिहारका खुला सिमानामा तस्करहरुले पछिल्लो समयमा खुल्याम तस्करी गरिरहदा अहिले करिब १ महिना देखि तस्करी नियन्त्रणमा आएको प्रहरी नायव उपरीक्षक गिरीले बताईन्। आफू हाजिर भएकै दिनदेखि बिगतमा अपराध नियन्त्रण नहुँदा हाम्रो पालामा नियन्त्रणमा बिस्तारै आईरहेको प्रहरी उपरीक्षक घिमिरेले जानकारी दिएका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटको कमाण्ड लिएका प्रहरी उप...
स्वर्गीय रामा यादवको ३३ औं जन्मजयन्तीको अवसरमा ३० जना बालकहरुलाई  भोजन

स्वर्गीय रामा यादवको ३३ औं जन्मजयन्तीको अवसरमा ३० जना बालकहरुलाई भोजन

मुख्य समाचार
रौतहट : स्वर्गीय श्रीमती रामा यादवको ३३ औं जन्मजयन्तीको अवसरमा ३० जना बालकलाई भोजन गराईएको छ । रौतहट जिल्लाको गरुडामा अवस्थित रहेको बंशीराम अनाथालयमा रहेको ३० जना बालकहरुलाई भोजन गराइएको हो । स्वर्गीय श्रीमती रामा यादवको २९ बर्षको सानो उमेरमा कोरोनाको कालमा मृत्यु भएको थियो ।   स्वर्गीय श्रीमती रामा यादवको श्रीमान जयप्रकाश यादवले श्रीमति रामा यादवको ३३ औं जन्मजयन्तीको अवसरमा भोजन खुआएर जन्मदिन मनाएको छ । जीवित रहेको बेलानै आफ्नो जन्मदिन अनाथ बालबालिका संग मनाउने रहर राखेकी हुनाले उनको मनोकामना पुरा गर्नको लागि ३३ औं जन्मजयन्तीको अवसरमा अनाथ बालकहरुलाई भोजन खुआएर जन्मदिन मनाएको श्रीमान् जयप्रकाश यादवले बताए । विश्वमा कोरोना महामारीले आतंक मचाएका बेला अल्पआयुमै सञ्चार क्षेत्रमा क्रियाशिल यादवको कोरोनाका कारण मृत्यु भएको थियो । स्वर्गीय श्रीमती रामा यादवको २०७८ बैशाख २८ गते गौर अस्...
वडा नं ७ द्वारा फुटबल खेलकुद सामाग्री बितरण

वडा नं ७ द्वारा फुटबल खेलकुद सामाग्री बितरण

खेलकुद
जी सी उमनपा वडा नं ७ ले आफ्नो आ व ०८०/०८१ को खेलकुद बजेट मध्ये यहांको फुटबल खेल तथा खेलाडिहरुलाई प्रोत्साहन गर्न खेलकुद सामाग्री बितरण गरेको छ। सो खेलका लागी आवश्यक बुट,जुराफ,प्याड २५/२५ सेट ,फुटबल, कोन,मार्कर, बिप, ग्लोब्स लगायतका करिब ५०,००० मुल्यको सामाग्री बितरण गरेको हो। केहि बर्ष देखि खस्किदै आएको यँहाको फुटबल खेल लाई पुनः उकास्ने लक्ष्य रहको वडा सदस्य नविन मैनाली ले बताए। यहाँकै स्थानिय सिनियर खेलाडि समर खडकाले वडाको तर्फबाट ४५ दिनको प्रशिक्षण समेत दिने भएका छन। फुटबल खेलमा पुरै मनले लाग्न र मेहनत गरि खेलेर आफ्नो र आफ्नो ठाउको गरिमा बडाउन हुन उहाँले शुभकामना दिनुभयो।आउने वर्ष यहाको खेल मैदान निर्माण सम्पन्न भएको खण्डमा फुटबल प्रतियोगिता आयोजना गरिने पनि जानकारी गराउनु भयो। फुटबल खेल अलावा यहा भलिबल, क्रिकेट, सितोरियो कराते लगायतका खेलहरुमा पनि वडाले निरन्तर लगानी/सहयोग गरिरह...