Thursday, September 17
Shadow

ताजा-अपडेट

यी हुन् नेकपा एमालेकाे कमिटी बैठकका निर्णय

यी हुन् नेकपा एमालेकाे कमिटी बैठकका निर्णय

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
गरुडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) रौतहट जिल्ला कमिटीका अध्यक्ष तुलसी राज गिरीको अध्यक्षतामा बसेकाे बैठक सम्पन्न भएकाे छ । राैतहटकाे मध्य बजार भनिने गरुडा स्थित तुलसीलाल स्मृति सभा भवनमा नेपका एमालेकाे बैठक बसेकाे थियाे । बैठकमा विभिन्न महत्वपूर्ण निर्णयहरू गरी सम्पन्न भएको हाे । जिल्ला कमिटीले निकालेकाे प्रेस वक्तव्यकाे पहिलाे बुँदामा " पार्टीका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा यहि मिति २०७८/०९/०८ गते विरगंजमा हुने आमसभामा रौतहट जिल्लाबाट ८ हजार जनसहभागीता गराउन नगर र वडा कमिटीका यही पौष ६ भित्र आयोजना गरि तयारी गर्ने " लेखिएकाे छ । त्यस्तै दाेश्राे बुँदामा " नेपाल कम्युनिसट पार्टी (एमाले) रौतहटको नवौं जिल्ला अधिवेशन यहि मिति २०७८/९/२३ गते तुलसीलाल स्मृति सभा भवन गरुडामा आयोजना गर्ने " प्रष्ट पारिएकाे छ । अन्तिममा " पार्टी जिल्ला अधिवेशनको अन्य तरिकाका लागि यहि मि...
गाैरमा विश्व आप्रवासन दिवस मनाइयाे

गाैरमा विश्व आप्रवासन दिवस मनाइयाे

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
गाैर । राैतहटकाे सदरमुकाम गाैर स्थित बिपि चाेकमा विश्व आप्रवासन दिवस दिप प्रज्वलन गरी मनाइएकाे छ । नेपाल सरकार र स्विस सरकार बिचको सम्झौता अनुसार रौतहटको स्थानीय निकायहरु गौर ,चन्द्रपुर नगरपालिका र दुर्गाभगवती गाउँपालिकाको नेतृत्वमा माण्डवीले साे परियाेजना सञ्चालन गर्दै आएकाे छ । "सुरक्षित आप्रवासन ( सामी ) परियाेजना अन्तर्गत सचेत,सिपमुफक र सुरक्षित राेजगार,मर्यादित श्रम आप्रवासनकाे मुल अधार" भन्ने मुल नाराका साथ आजकाे दिवस गाैर स्थित बिपि चाेकमा मनाइएकाे हाे । वैदेशिक राेजगारकाे लाेभ दिएर विदेशमा बिचलित परेका नेपालीहरुलाई माण्डवीले सञ्चालन गर्दै आएकाे सामी परियाेजना निकै प्रभावकारी रहेकाे केही सफल ग्राहीहरुले बताउछन् । माण्डवीले सञ्चालन गर्दै आएकाे सामी परियाेजना परिवार र केही स्थानीयले बिपि चाेकमा मेमबत्ती बाली याे दिवसलाई मनाएका छन् । शनिवार सदरमुकाममा मनाइएकाे दि...
श्राेत नखुलेकाे रकमसहित गाैरमा एक जना पक्राउ

श्राेत नखुलेकाे रकमसहित गाैरमा एक जना पक्राउ

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
गाैर । भारत-नेपाल जाेड्ने गाैर भन्सारमा खटिएका प्रहरी चेकिङ टोलीले श्राेत नखुलेकाे रकमसहित एक जनालाई पक्राउ गरेकाे छ । राैतहटकाे गाैर नगरपालिका-१ स्थित भन्सारमा प्रहरीले चेक जाचँ गर्ने क्रममा भारतको बैरगनियाबाट गौर तर्फ आउदै गरेको बिआर.३० एबी - २६५७ नम्बरको मोटरसाईकल भित्र लुकाई राखेको अवस्थामा श्रोत नखुलेको नेपाली नगद फेला पारेकाे छ । प्रहरीले माेटरसाइकलकाे एयर भिल्टर भित्र श्राेत नखुलेकाे ४ लाख ५० हजार रुपैँया फेला परेको हाे । पक्राउ पर्नेमा भारत बिहार राज्य जिल्ला सितामढी बैरगिनिया बस्ने सिकिन्दर पासवानको छोरा अन्दाजी १९ बर्षीय बिकाश कुमार पासवान रहेकाे जिल्ला प्रशासन कार्यालय राैतहटले जानकारी दिएका छन् । पक्राउ परेका पासवानलाई सो रकम सहित नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी आज गौर भन्सार कार्यालयमा बुझाईएको प्रहरीले जनाएकाे छ ।...
नेपाल पुगे जोनसन एण्ड जोनसनका खोप

नेपाल पुगे जोनसन एण्ड जोनसनका खोप

खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क । जोनसन एन्ड जोनसन खोपको थप २१ लाख ७६ हजार ६५० डोज नेपाल आइपुगेको छ। कोभ्याक्स सुविधाअन्तर्गत जर्मनीले उपलब्ध गराएको जोनसनको २१ लाख ७६ हजार ६५० डोज खोप आज बिहान नेपाल आइपुगेको हो । एकचोटि मात्र लगाए पुग्ने जोनसन खोप कसलाई लगाउने भन्नेबारेमा भने अझै स्पष्ट हुन सकेको छैन ।
विद्यालय सुधार संर्घष समितिले बुझाए ज्ञापन पत्र

विद्यालय सुधार संर्घष समितिले बुझाए ज्ञापन पत्र

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
२९ मंसिर, रौतहट । जनता माध्यमिक विद्यालय सुधार संर्घष समितिले राजदेवी नगरपालिकाका प्रशासकिय अधिकृत सुबोध साहलाई ज्ञापन–पत्र बुझाएका छन् । रौतहटको राजदेवी नगरपालिका–४ मा अवस्थित जनता उच्च माध्यमिकका विद्यार्थीहरुले आइतवारदेखिनै विद्यालयलाई तालाबन्दी, प्रदर्शन लगायतका कार्यहरु गरिरहेका छन् । विद्यालयले गैर ढगंले पैसा उठाएको भन्दै विद्यार्थीहरुले वार्ड कार्यालय र विद्यालयमा नारावाजी समेत गरेका थिए । अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी नियमावली २०७७ मा समेत सार्वजनिक विद्यालयले माध्यमिक तहसम्मको शिक्षामा कुनै पनि बहनामा शुल्क लिन मनाही गरेको छ । तर रौतहटको राजदेवीमा रहेको जनता उच्च माध्यमीक विद्यालयले विद्यार्थीहरुबाट गैरकानूनी तरिकाले शुल्क उठाउने गर्दछ । विद्यार्थीहरुले ११ बुंदे माग पुरा गर्न सोमबार  विरोध प्रदर्शन गरेका थिए । विद्यालयले विद्यार्थीहरुबाट विभिन्न बहानामा शुल्क उठाउन...
माघ १ देखि भन्सार कार्यालयमा अनलाइन सेवा सुरु हुने

माघ १ देखि भन्सार कार्यालयमा अनलाइन सेवा सुरु हुने

ताजा-अपडेट, मुख्य समाचार, सूचना / प्रविधि
वीरगञ्ज । माघ १ गते देखि बिरगंज नाकाको दुई वटा भन्सार कार्यालयमा अनलाइन प्रणाली सेवा शुरू हुने भएको छ । भन्सार कार्यालयको पुरानो भन्सार र एकिकृत सुरक्षा जाँच चौकी (आइसिपी) मा पुस १ गते देखि यो सेवा शुरू गर्ने वीरगंज भन्सारको तयारी छ । त्यस पछि माघ १ गते सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालयमा यो सेवा शुरू हुने भएको हो । वीरगंज भन्सार र सुख्खा बन्दरगाह भन्सारको सम्पूर्ण काम नगद तथा चेक रहित बनाउन यस्तो प्रविधि लागू हुन गइरहेको वीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले बताए । भन्सार विभागको योजना अनुसार बिरगंज भन्सार र बन्दरगाह भन्सारमा अनलाईन सेवाको लागि सबै पूर्वाधार तथा तयारी पूरा गरिएको प्रमुख भन्सार अधिकृत पौडेलले बताए । नेपाल विश्वमा नैं सबै भन्दा बढी कागजको प्रयोग गर्ने मुलुकमा पर्ने गरेको उनले स्पष्ट पारे । ब हरेक क्षेत्रमा कागजको प्रयोग कम गर्ने र नयाँ ...
जनकपुरमा बसको ठक्करले एक जनाको मृत्यु

जनकपुरमा बसको ठक्करले एक जनाको मृत्यु

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
जनकपुरधामस्थित नयाँ बसपार्कमा बुधबार बिहान बसले ठक्कर दिँदा एक वृद्धाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका अनुसार महोत्तरीको जलेश्वरबाट जनकपुरधाम आइरहेको ना ३ ख २६१० नम्बरको बसले ठक्कर दिँदा ६० वर्षीया वृद्धाको मृत्यु भएको हो । जलेश्वरबाट आएको सो बस जनकपुरधामस्थित बसपार्कमा छिर्न लागेका बेला सोही बसबाट ओर्लिएकी वृद्धा अचानक बसको अगाडिमा आएकोले चालकले नियन्त्रणमा राख्न नसक्दा दुर्घटना भएको ट्राफिक प्रहरी प्रमुख नवराज न्यौपानेले जानकारी दिए । मृतक वृद्धाको नाम र ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ । बस चालक जनकपुरधाम उपमहानगरपालिका–२३ बिन्धी बस्ने ३३ वर्षीय मो। फिरोज नदाफलाई नियन्त्रणमा लिइएको छ ।...
प्रदेश २ को प्रदेश सभा बैठक बस्दै

प्रदेश २ को प्रदेश सभा बैठक बस्दै

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
प्रदेश २ को प्रदेश सभा बैठक आज बस्दै छ । प्रदेशसभाको आठौं अधिवेशनको पहिलो बैठक आज बिहान ११ बजे बस्न लागेको हो । बैठकमा प्रदेशको नामकरण र राजधानीको प्रस्ताव टेबल हुने सम्भावित कार्यसूची छ । प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवका अनुसार बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्र पढेर सुनाइने, प्रदेशको नामकरण र राजधानीसम्बन्धी प्रस्ताव पेस हुने र केही अध्यादेशमाथि पनि छलफल हुने सम्भावित कार्यसूची रहेको जानकारी दिएका हुन् । नेपाली कांग्रेसको १४औं महाधिवेशन लम्बिएका कारण कांग्रेसका प्रदेशसभा सदस्य महाधिवेशनका क्रममा काठमाडौंमै रहेकाले बैठक औपचारिकतामा मात्र सीमित हुने सम्भावना पनि छ ।...
देउवालाई माधवकुमार नेपालको बधाई

देउवालाई माधवकुमार नेपालको बधाई

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवालाई नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बधाई दिनुभएको छ । प्रधानमन्त्रीसमेत रहेका देउवा कांग्रेसको १४‍‍औँ महाधिवेशनबाट दोस्रो पटक सभापतिमा निर्वाचित हुनुभएको हो । नेपालले फेसबुक मार्फत दोस्रो कार्यकालका लागि नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएकोमा प्रधानमन्त्री देउवालाई बधाई तथा शुभकामना दिनुभएको हो ।...
शुल्क उठाएको फिर्ता गर्न विद्यार्थीहरुको प्रदर्शन

शुल्क उठाएको फिर्ता गर्न विद्यार्थीहरुको प्रदर्शन

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
रौतहट । शुल्क उठाएको फिर्ता गर्न विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।  विद्यार्थीहरुले ११ बुंदे माग पुरा गर्न आज विरोध प्रदर्शन गरेका छन् । रौतहटको राजदेबी नगरपालिका–४ मा अवस्थित जनता उच्च माध्यमिकका विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् । विद्यालयले गैर ढगंले पैसा उठाएको भन्दै विद्यार्थीहरु नारावाजी गरेका छन् । विद्यालयले विद्यार्थीहरुबाट विभिन्न बहानामा शुल्क उठाउने गरेको अभिवावकहरुको गुनासो छ । अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी नियमावली २०७७ मा समेत सार्वजनिक विद्यालयले माध्यमिक तहसम्मको शिक्षामा कुनै पनि बहनामा शुल्क लिन मनाही गरेको छ । तर रौतहटको राजदेवीमा रहेको जनता उच्च माध्यमीक विद्यालयले विद्यार्थीहरुबाट गैरकानूनी तरिकाले शुल्क उठाउने गर्दछ । जनता उच्च माध्यमिक विद्यायलका प्रधानध्यापक प्रभाष ठाकुर रहेका छन् । शिक्षा नामावलीको घोर उल्लंघन गर्ने प्रधानध्यापक ठाकुरमाथि ...