Thursday, September 17
Shadow

ताजा-अपडेट

प्रदेशकाे नाम मधेश अथवा राजधानी परिवर्तन : मन्त्री यादव

प्रदेशकाे नाम मधेश अथवा राजधानी परिवर्तन : मन्त्री यादव

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क । प्रदेशकाे २ काे नामाकरण अझै हुन सकेकाे छन् । प्रदेश २ काे नाम मधेश नभएकाे खण्डमा राजधानी जनकपुरधाम नहुने प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले बताएका छन् । शुक्रवार प्रदेशसभा बैठकमा मन्तव्य राख्दै मन्त्री यादवले प्रदेशकाे नाम मधेस नभए राजधानी पनि जनकपुरधाम नहुने बताएका छन् । प्रदेशको नाम र राजधानी राजनीतिक प्रश्न रहेको भन्दै राज्यमन्त्री यादवले भने, ‘राजनीतिक प्रश्नमा राजा जनक र माता जानकीसँग जोडेर बहस गरे कहिल्यै प्रदेशको नाम र स्थायी राजधानी दिन सक्दैनौँ। स्थायी राजधानी र नामको जब चर्चा हुन्छ, अनि जनकपुरधामलाई सहर्ष स्वीकार गर्ने, भोजपुरावासी, बज्जिकावासीको आत्मामा चोट नपुगोस्, यो मेरो मिथिलावासीसँग आग्रह हो।’ राज्यमन्त्री यादवले नाम र राजधानी मिथिलाकै पक्षमा नहुने बताउँदै भने, ‘यदी तपाई चाहनुहुन्छ कि चित पनि मेरो र पट्टपन...
गाँजा सहित ३ जना महिला प्रहरीकाे नियन्त्रण

गाँजा सहित ३ जना महिला प्रहरीकाे नियन्त्रण

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क । गरुडा प्रहरीले लागुऔषध गाँजा सहित तीन जना महिलालाई पक्राउ गरेकाे छ। रौतहटको गरुडा नगरपालिका वडा नं.४ मेथुरचोक स्थित सडक खण्डमा प्रहरीले आवत जावत गर्ने बिभिन्न सवारी साधनहरुलाई चेकजाँच गर्ने क्रममा उनीहरुबाट १० किलाे गाँजा बरामद गरेकाे हाे । चेकजाँच गर्ने क्रममा चन्द्रपुरबाट गौरतर्फ जादै गरेकाे ना.१ ह.५७५५ नम्बरको टेम्पुमा सवार तीन जना महिला सहित १० किलाे गाजाँ प्रहरीले नियन्त्रणमा लिएकाे छ । पक्राउ पर्नेमा चितवन कालिका नगरपालिका - ११ स्थित शक्तिखोर बस्ने ३० वर्षीय अस्मिता प्रर्जा ,सोही ठाउँ बस्ने २६ वर्षीय रेशमा प्रजा र ३४ वर्ष की मनमती चेपाङ रहेकाे इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायव उपरिक्षक श्रीराम भण्डारीले जानकारी दिएका छन् । नियन्त्रणमा लिइएकाे गाँजा सहित ऊनीहरुलाई पक्राउ गरी जिल्ला अदालत रौतहट बाट म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको ईलाका प...
लुधियानाको अदालतमा बिस्फोट हुदाँ २ को मृत्यु

लुधियानाको अदालतमा बिस्फोट हुदाँ २ को मृत्यु

banner-news-1, अन्तर्राष्ट्रिय, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क । भारतको पञ्जाब राज्यको लुधियानास्थित एक अदालतमा आज (बिहीबार) दिउँसो बिस्फोट भएको छ। लुधियाना अदालतको दोस्रो तलाको वासरूममा भएको बिस्फोटमा परी २ जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएको भारतीय संचार मन्ध्यमले जनाएको छ । घाइते चार जनाको अवस्था निकै गम्भीर रहेको जनाइएको छ। उक्त क्षेत्रमा प्रहरी र अग्नि नियन्त्रक अदालतमा पुगेका छन्। बिस्फोटको विषयमा थप अनुसन्धान भैरहेको छ।...
दुई महिनापछि शुटिङ्गमा फर्किए शाहरुख

दुई महिनापछि शुटिङ्गमा फर्किए शाहरुख

अन्तर्राष्ट्रिय, अन्य, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क । बलिउड अभिनेता शाहरुख खान दुई महिनापछि सुटिङ सेटमा फर्किएका छन् । छोरा आर्यन खान लागूऔषध मुद्दामा मुछिएपछि उनी सुटिङको क्यामराबाट टाढिएका थिए । उनले बुधबार मुम्बईमा फिल्म ‘पठान’को छायांकन सुरु गरेका छन् । सुटिङमा फर्किएको शाहरुखको तस्बिरमा उनले कालो रंगको टी-सर्ट र लामो कपालका साथ देख्न सकिन्छ । आर्यन लागूऔषध मुद्दापछि सुटिङ सेटमा सुरक्षालाई बढाइएको छ । उनी मुम्बईमा आगामी २० दिनसम्म सुटिङ गर्नेछन् । शाहरुखले निर्देशकलाई विदेशमा सुटिङ गर्नका लागि सर्त राखेका छन् । उनले सुटिङको हरेक साता मुम्बई फर्कन पाउने गरी समय तालिका मिलाउन निर्देशकलाई भनेका छन् । उनको बुझाईमा यो समयावधिमा अन्य कलाकारले आफ्नो काम गर्न पाउनेछन् । यो फिल्मको सुटिङ यसअघि स्पेनमा हुने तयारी थियो । तर अक्टोबरमा आर्यन लागूऔषध मामलामा मुछिएपछि फिल्मको सुटिङलाई सारिएको थियो । फिल्ममा शाहरुखसँगै दीपिका...
चाँदीका गहना सहित २ पक्राउ

चाँदीका गहना सहित २ पक्राउ

खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क । रुपन्देहीको कोटहीमाई गाउँपालिका-५ दुईमुहानबाट करिब ४ किलो ९ सय ग्राम चाँदीका विभिन्न गहनासहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सम्मरिमाइ गाउँपालिका-६ अशुरैना बस्ने ४० वर्षीय कुरेश सुनार र सोही ठाउँ बस्ने २४ वर्षीय अनिल बर्मा रहेका छन् । भारतबाट नेपालतर्फ आउँदै गरेको लु-१९ प ५१५९ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय मझगावाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई अवैध रुपमा ल्याएको उक्त परिमाणको चाँदीका गहना सहित फेला पारी पक्राउ गरेको हो । बरामद गहना सहित उनीहरुलाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय बेलहिया पठाइएको छ ।...
आगलगीबाट घाइते भएको बालकको मृत्यु

आगलगीबाट घाइते भएको बालकको मृत्यु

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क । आगलागीमा परेर गम्भीर घाइते भएका बालकको उपचारकै क्रममा आज बिहान मृत्यु भएको छ । मंगलवार करिब ३ बजे रौतहट जिल्लाको फतुवा विजयपुरमा आगलगी हुदाँ जलेर एक जना बालिकाको मृत्यु भएको थियो भने एक जना बालक गम्भीर घाइते भएका थिए । आगलागी जिल्लाको फतुवा विजयपुर नगरपालिका-१ स्थित वरगिनियामा भएको थियो । आगलागीबाट स्थानीय जोकु राय यादवको ३ वर्षीय छोरी आराध्या कुमारी यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएका थिए । त्यस्तै स्थानीय संजिव साहको अन्दाजी २ वर्षीय छोरा रोहित साह जलि गम्भीर घाइते भएका थिए । आगलागीमा परेर शरीरको अधिकांश भाग जलेर गम्भीर घाइते भएको रोहितलाई उपचारका लागि वीरगञ्ज ल्याएपनि उपचार सम्भव नभएका कारण उनलाई टिचिङ अस्पताल काठमाडौँ पठाइएको थियो । टिचिङ अस्पताल काठमाडौँमा ल्याएपनि उपचारकै क्रममा आज बिहान ती बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्...
करिब २६ शिक्षकको लागि जागिरको अवसर

करिब २६ शिक्षकको लागि जागिरको अवसर

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
सच तक नेपाल डेस्क । शिक्षक सेवा आयोगले करिब २६ सय शिक्षक माग गरेको छ । आयोगले बुधबार एक सूचना जारी गर्दै आवेदन आह्वान गरेको छ । निमावि तृतीय श्रेणी शिक्षक पदका लागि आयोगले दुई हजार ५९८ जनाका लागि आवेदन माग गरेको छ । खुला र समावेशी दुवैतर्फ स्थायी पदपूर्तिका लागि आवेदन आह्वान गरिएको छ । एक महिनाभित्र आवेदन दिन सकिने छ । परीक्षा चैत १७ गते हुने सूचनामा उल्लेख छ । परीक्षा केन्द्र पनि तोकिएको छ । शिक्षक सेवा आयोगको सुचना हेर्न यहाँ क्लिक गर्नुहोस् ।...
नेपाली काँग्रेसको मतगणना आज सकिने

नेपाली काँग्रेसको मतगणना आज सकिने

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत जारी मतगणना आज सकिने भएको छ। मंसिर २४ गते उद्घाटन भएको महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको मतदानको गणना आज सकिन लागेको हो। पदाधिकारीको मतपरिणाम सार्वजनिक भएसँगै थालिएको केन्द्रीय सदस्य तर्फको सबैको मतगणना आज सकिने निर्वाचन समितिले जनाएको छ।...
श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क । संखुवासभाको पाँचखपन नगरपालिकामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ। श्रीमान्को कुटपिटबाट मंगलबार पाँचखपन नगरपालिका–३ की २९ वर्षीया विष्णुमाया राई (लिम्बू)को मृत्यु भएको हो। प्रहरी निरीक्षक शुभेष अधिकारीका अनुसार बिष्णुमायाको हत्यामा संलग्न भएको आरोपमा दिपन राईलाई पक्राउ गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको अधिकारीले बताए। यस्तै मंगलबार खाँदबारी नगरपालिका–११ मा जीवन दर्जीको कुटपिटबाट ३० वर्षीय चन्द्रबहादुर दर्जीको मृत्यु भएको छ। दुवै जनाबीच विवाद हुँदा कुटपिटबाट चन्द्रबहादुर गम्भीर घाइते भएका थिए। उनको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो। कुटपिटमा संलग्न भएको आरोपमा जीवनलाई प्रहरीले पक्राउ गरेको छ।...
एकै दिन २४ जना अभियुक्त फरार

एकै दिन २४ जना अभियुक्त फरार

खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले एकै दिनमा २४ जना फरार अभियुक्त पक्राउ गरेको छ । यति धेरै संख्यामा फरार अभियुक्त एकै दिन पक्राउ गरेको यो पहिलो पटक हो । पक्राउ परेकाहरुमा लागूऔषध मुद्दाका १ जना, सवारी ज्यान मुद्दाका २ जना, कुटपिट मुद्दाका १७ जना, चोरी मुद्दाका २ जना, जाल साझी मुद्दाका १ जना र १ जना सार्वजनिक अपराध मुद्दाका रहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डिएसपी प्रेमबहादुर शाहीले बताए । प्रहरीले फरार अभियुक्तको खोजी कार्यलाई मिसन नै बनाएर खोजी सुरु गरेको छ । पक्राउ पर्नेमा २१ वर्षदेखि फरार प्रतिवादी रहेका छन् । पक्राउ परेका सबैलाई जिल्ला अदालत पेश गरेर आवश्यक कारबाहीको लागि पेश गरिएको छ । सिमावर्ती नाकाको जिल्ला भएकाले अपराध गरेर भारततर्फ भाग्ने गर्दछन् । फरार प्रतिवादीको निगरानी बढाएर प्रहरीले पक्राउ गर्ने गरेको छ । साभार : ईकान्तिपुर...