Tuesday, July 28
Shadow

banner-news-1

For top banner

अनियमितता ढाकछोप गर्न जीतपुरसिमराको नगर सभामा वितण्डा: वडाध्यक्ष खरेल

अनियमितता ढाकछोप गर्न जीतपुरसिमराको नगर सभामा वितण्डा: वडाध्यक्ष खरेल

banner-news-1
१३ असाढ । बारा । जीतपुरसिमरा वडा नम्बर १६ का वडा अध्यक्ष हरिदेब खरेलले मेयर राजन पौडेलको दुरासयका कारण सोमवारको नगर सभामा दुःखद घटना भएको आरोप लगाएका छन् ।  वडा अध्यक्ष खरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत नगरवासीहरुमा हार्दिक अपीलभन्दै लेख्नुभएको ‘स्टाटस’ मा यस्तो आरोप लगाएका हुन् ।     उनले जीतपुरसिमराको १०औं नगरसभामा भएको घटनामा मेयर पौडेल जिम्मेवार रहेको भन्दै ९ वटा आरोप लगाएका छन् । उनले मेयरले डिपीआरको नाममा ८२ लाख मिलेर हिनामिना गरेको र उपमहानगरपालिका वडा नम्बर ११ मा अबैध माटो चोरी काण्डमा करोडौं रकम  गुपचुप पार्न खोजेको, नगरभित्र शिक्षा क्षेत्र सुधार्ने नाममा चोर बाटोबाट दिइएको लाखौं पेस्की र काठमाडौको झा नेतृत्वको टोलीसंग भएको अबैध साँठगाँठ सार्वजनिक नहोस् भन्ने उद्देश्यले नगरसभामा भाँडभैलो गरेको आरोप लगाएका हुन् ।     त्यसैगरी गढीमाई नगरपालिका ...
जीतपुरसिमरा उपमहानगरपालिकाको १० औं नगरसभा अन्यौलमा

जीतपुरसिमरा उपमहानगरपालिकाको १० औं नगरसभा अन्यौलमा

banner-news-1
१० असाढ। बारा: बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको १० औं नगरसभा अन्यौलमा रहेको छ ।उपमहानगर प्रमुख राजन पौडेलले १० औं नगरसभा बहूमतले पारित भएको घोषणा समेत गरेको छ ।१० औं नगरसभामा ३१ जना गणपुरक नगरसभा सदस्यहरुको आवश्यकता रहेकोमा जम्मा २७ जनाके हस्ताक्षर गरेकोले जीतपुरसिमराको नगरसभा सम्पन्न नभएको बिपक्षी दलहरुले बताएको छ।   जीतपुरसिमरा उपमहानगरपालिकाको १० औं नगरसभामा असन्तुष्ट वडाध्यक्ष,वडा सदस्य र कार्यपालिका सदस्यहरुले नगरसभाको बहिष्कार गर्दै तोडफोड समेत गरेको छ।नगरप्रमुख राजन पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेको बेला असन्तुष्ट पक्षहरुले तोडफोड गरेर नगरसभाम बहूमत नपुगेको भन्दै मेयरको बिरोधमा चर्को नाराबाजी समेत गरेको थियो ।जीतपुरसिमरा उपमहानगरपालिकाको नगर उपप्रमुख भोला प्रसाद अधिकारीले नगरप्रमुखले चोर बाटो बाट नगरसभा गरिरहेकोले हामिले बिरोध गर्दै नगरसभा बहिष्कार गरेको बताए।का...
पर्साबाट हात्तीको दुई वटा दारासहित तीनजना पक्राउ

पर्साबाट हात्तीको दुई वटा दारासहित तीनजना पक्राउ

banner-news-1
०७ असाढ ,पर्सा – पर्साबाट हात्तीको दुई वटा दारासहित तीनजना पक्राउ परेका छन्। विगत केही महिना अगाडी देखि ठोरी गाउँपालिका–४ गोरखपुर टोलमा अपरिचित व्यक्तिहरूले हातीको दारा विक्री गर्नको लागि ग्राहक खोजी रहेको सूचनाको आधारमा खटिएको प्रहरी टोलिले सोही स्थानका चन्द्र परियारको खेतमा खाल्डो खनी २१/२१ केजी तौल भएको दुई वटा हात्तीको दारा फेला पारेको प्रहरीले जनाएको छ।   पक्राउ पर्नेमा पर्सा ठोरी गाउँपालिका –४ विजयबस्ती गुम्बालाइन बस्ने कुइसंग लामा , वीरगञ्ज महानगरपालिका९१४ पिप्रा बस्ने प्रेम शर्मा र वीरगञ्ज महानगरपालिका–३१ बस्ने अमिरीलाल महतो छन्।पक्राउ परेका तीनै जनालाई डिभिजन वन कार्यालयसंग समन्वय गरी थप अनुसन्धान भइरहेको पर्साका प्रहरी प्रबक्ता डिएसपी दीपक भारतीले जानकारी दिए।...
पर्सा राष्ट्रिय निकुञ्जमा दोहोरो झडप,झडपमा परेर एक जना सिकारीको मृत्यु

पर्सा राष्ट्रिय निकुञ्जमा दोहोरो झडप,झडपमा परेर एक जना सिकारीको मृत्यु

banner-news-1
०७ असार । बारा । पर्सा राष्ट्रिय निकुञ्जको कोर क्षेत्रभित्र दोहोर झडप हुदाँ एक जना सिकारीको मृत्यु भएको छ । शुक्रबार बिहान वन्यजन्तु शिकारी र निकुञ्ज सुरक्षाकर्मीबिच भएको दोहोरो झडपमा परेर सिकारीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ । निकुञ्ज कर्मचारी, नेपाली सेना सहितको टोली गस्तीको क्रममा वन्यजन्तु शिकारीसँग जम्काभेट हुदाँ दोहोरो झडप भएको थियो ।   निकुञ्ज कर्मचारी, नेपाली सेना सहितको टोली संग भएको झडपमा परेर हेटौडा उपमहानगरपालिका वडा नं १४ का ५२ वर्षिय वन्यजन्तु शिकारी सुकबहादुर तिक्तुङ्गको मृत्यु भएको ईलाका प्रहरी कार्यलय सिमराले जनाएको छ । शिकारीहरु भाग्ने क्रममा उनिहरुको साथबाट २ थान भरुवा बन्दुक, त्यसमा प्रयोग हुने ५७ राउन्ड गोली,३ सय ग्राम बारुद, २ वटा मोबाईल,हसियाँ, खुकुरी, लाईटर लगायतका साम्रगी बरामत गरिएको छ ।दोहोरो झडपको क्रममा हतियार सहित ५ जनाको समुह...
बारामा ट्राफिक सप्ताह सुरु,सिडियोले गरे उद्घाटन

बारामा ट्राफिक सप्ताह सुरु,सिडियोले गरे उद्घाटन

banner-news-1
०६ असार । बारा : बारामा ट्राफिक सप्ताह सुरु भएको छ । नेपालगञ्ज- नेपालगञ्जमा ट्राफिक सप्ताह सुरु भएको छ ।सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरण गर्न सुरु गरिएको ट्राफिक सप्ताहको बारा जिल्लाका प्रमुख जिल्ला अधिकारि शशिधर घिमिरेले उद्घाटन गरेका हुन् । प्रमुख जिल्ला अधिकारि घिमिरेले ट्राफिक नियमको जानकारी गराउन सप्ताह सुरु गरिएको र सवारी चालक तथा यात्रुले सडक अनुशासन कायम गर्दा दुर्घटना न्यूनीकरण हुने बताए । उनले सशस्त्र जनयुद्धमामा जत्ति नै मानिसको दुर्घटनामा मृत्यु भइरहेको स्मरण गर्दै ट्राफिक सप्ताहको अभियानलाई सफल बनाउन सबै लाग्नु पर्ने बताए ।सप्ताहको सुरुगर्नु अघि जीतपुरमा विभिन्न प्लेकार्डसहित र्‍याली निकालिएको थियो । जीतपुर टेढा सडक खण्ड बाट शुरु भएको ¥याली सम्राट पार्टी प्यालेशमा पुगेर उद्घाटन कार्यक्रममा परिणत भएको थियो ।   ट्राफिक सप्ताह उद्घाटन कार्यक्रममा बोल्दै बारा जि...
गणपुरक संख्या नपुगेपछि जीतपुरसिमरा उपमहानगरपालिकाको नगरसभा स्थगित

गणपुरक संख्या नपुगेपछि जीतपुरसिमरा उपमहानगरपालिकाको नगरसभा स्थगित

banner-news-1
०६ असार । बारा : आवश्यक गणपुरक संख्या नपुगेपछि बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको बिहिवारका लागि तय भएको नगरसभा स्थगित भएको छ। नगरसभामा नेकपा एमाले ,नेपालि कांग्रेस,नेकपा एस बाट निर्वाचित जनप्रतिनिधिहरु उपस्थित नभए पछि नगरसभा स्थगित गरिएको छ । बिहान ११ बजेका लागि जीतपुरसिमरा-७ स्थित प्राइम पार्टी प्यालेसमा आव्हान गरिएको १० औं नगरसभामा गणपुरक संख्या नपुगेपछि नगरसभा स्थगित गरिएको हो ।स्थगित भएको नगरसभा शनिवारका लागि बोलाइएको छ।जीतपुरसिमरा उपमहानगरपालिकाको १० औं नगरसभामा गणपुरक संख्या नपुगेपछि नगरप्रमुख राजन पौडेलले नगरसभा आजको लागि स्थगित भएको बारे जानकारी गराउनु भएको थियो ।अन्तरसरकारी वित्त हस्तान्तरण ऐन, २०७४ बमोजिम सबै स्थानीयतहहरुले असार १० गते भित्र बजेट ल्याई सक्नुपर्ने नियम छ ।त्यसअघि नीति तथा कार्यक्रम ल्याउनुपर्दछ । असार १० गते भित्रै आगामी वर्षका लागि आर्थिक ऐन सर्वसहमतिले पारित ह...
महागढीमाई नगरपालिकाको ८ औं नगरसभा सम्पन्न,कृषिलाई विशेष प्राथमिकता

महागढीमाई नगरपालिकाको ८ औं नगरसभा सम्पन्न,कृषिलाई विशेष प्राथमिकता

banner-news-1, मधेस प्रदेश
अखिलेश कुमार यादव। ०५ असार।बारा : बाराको महागढीमाई नगरपालिकाले एक कार्यक्रम आयोजना गरी आर्थिक वर्ष ०८१/८२ को बजेट प्रस्तुत गरेको छ ।नगरपालिकाको सभाहलमा आयोजित ८ औं नगरसभामा नगर प्रमुख उपेन्द्र प्रसाद यादवले महागढीमाई नगरपालिकाको आर्थिक वर्ष ०८१/८२ का लागि नीति,कार्यक्रम तथा बजेट प्रस्तुत  गरेको हो।   नगर प्रमुख यादवले संघीय सरकारबाट प्राप्त हुने अनुदान रु १४ करोड ६२ लाख  शसर्त अनुदान २७ करोड ८८ लाख ९९ हजार ५ सय शसर्त अनुदान पुजिगत तर्फ रु ११ करोड ५७ लाख २८ हजार विशेष अनुदान रु २ करोड सम्पुरक अनुदान तर्फ रु १ करोड ५० लाख राजेश्व बाडफाड तर्फ रु १२ करोड ३ लाख ७१ हजार प्रदेश शसर्त अनुदान रु ९५ लाख विशेष अनुदान ३० लाख सम्पुरक अनुदान २० लाख राजश्व बाडफाड बाट रु ४० लाख र नगरपालिकाको आन्तरिक श्रोतबाट रु ५ करोड गरि जम्मा ७७ करोड ५४ लाख ९८ हजार ५ सयको बजेट प्रस्तावित गरेका हुन्।   नीति...
ईद मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न 

ईद मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न 

banner-news-1
०५ असार। बारा : मुस्लिमहरुको महान पर्व ईद धूमधामको साथ मनाईएको  छ।बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका-७ जीतपुरमा बुधवार ईद मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ।मुस्लिमहरुको महान पर्व ईदुल अज्हा (बकरिद)को अवसरमा ईस्लामिक लाईब्रेरी जीतपुरको आयोजनामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ।   ईस्लामिक लाईब्रेरी जीतपुरको आयोजनामा ईद मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको हो।ईद मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै अरमान हासमीले ईद शान्ति र भाइचाराको पर्व भएको जनाउँदै यसले सबैलाई एकताबद्ध बनाउन सहयोग गर्ने बताउनुभयो ।ईस्लामिक लाईब्रेरी जीतपुरका अध्यक्ष जाबेद अन्सारीले कार्यक्रममा सहभागीहरुलाई स्वागत गरेको थियो । तीन दिनसम्म विभिन्न कार्यक्रम गरेर मनाइने सो पर्वमा उक्त समुदायले सेवई, जर्दा, विरयानी, कबाब लगायतका परिकार पकाएर आफन्त...
वडालाई धुलो मुक्त बनाउनको लागि विद्युतीय चुल्हो बितरण

वडालाई धुलो मुक्त बनाउनको लागि विद्युतीय चुल्हो बितरण

banner-news-1
०५ असार, बारा : बारा जिल्लाको कलैया उपमहानगरपालिकाको वडा न २६ सिसवा महेशपुरका १ सय घरधुरीलाई विद्युतीय चुल्हो तथा कराई बितरण गरिएको छ ।मंगलबार एक कार्यक्रमको बीच पूर्व सांसद रामबाबु यादव र कलैया उपमहानगरपालिकाको नगर प्रमुख बिनोद साहले १ सय घरधुरीलाई विद्युतीय चुल्हो तथा कराई बितरण गरेको छ ।   कलैया उपमहानगरपालिका  वडा न २६ को कार्यालयको वडास्तरीय बजेट बाट पहिलो चरणमा १ सय घरधुरीलाई   विद्युतीय चुल्हो वितरण गरेके हो ।विद्युतीय चुल्हो तथा कराई बितरण कार्यक्रममा बोल्दै प्रमुख अतिथी पूर्व सांसद रामबाबु यादवले ग्यासको आयतलाई प्रतिस्थापन गर्न र दैनिकि सहज बनाउन विद्युतीय चुल्होले निकै सहयोग पुग्ने बताए । विद्युतीय चुल्होको प्रयोगले वातावरण पनि स्वच्छ हुने भएकाले वितरणका लागि पहल गरिएको उनले बताए । कार्यक्रममा बोल्दै कलैया उपमहानगरपालिकाका नगर प्रमुख बिनोद साहले विद्युतीय चुल्होको प्रयो...
जीतपुरसिमरा उपमहानगरपालिका-८ मा एक दिने नि:शुल्क आँखा शिविर सम्पन्न 

जीतपुरसिमरा उपमहानगरपालिका-८ मा एक दिने नि:शुल्क आँखा शिविर सम्पन्न 

banner-news-1
०३ असार, बारा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका-८ मा  एक दिने निशुल्क आँखा शिविर सम्पन्न भएको छ । सोमबार गरिएको निःशुल्क आँखा शिविरमा १ सय ४५ जना भन्दा वढीले सेवा लिएका छन् । जीतपुरसिमरा उपमहानगरपालिका  वडा न–८ कार्यालय लोहसण्डाले गरेको आयोजना तथा नेपाल आँखा अस्पताल आँखा उपचार केन्द्र औराहा बाराको प्राबिधिक सहयोगमा नि:शुल्क शिविर सम्पन्न भएको हो । नि:शुल्क आँखा शिविरबाट १ सय ४५ जनाले आँखा सम्बन्धी स्वास्थ्य सेवा लिएका छन् ।     चेकजाँचका क्रममा २५ जनाको आँखामा समस्या देखिएकोले उनीहरुलाई आँखाको अप्रेसन जीतपुरसिमरा उपमहानगरपालिका स्वास्थ्य तथा प्रवर्द्धन शाखाको आर्थिक सहयोगमा आँखा अस्पताल तथा आँखा उपचार केन्द्र औराहामा नि:शुल्क अपरेसन गरिने छ।  एक दिने नि:शुल्क आँखा शिविरमा बोल्दै जीतपुरसिमरा उपमहानगरपालिका-८ का वडाध्यक्ष शिवशंकर महतो कोईरिले वडा कार्यालयले विगतमा दिनमा समेत...