Thursday, April 16
Shadow

नेपाल क्रीकेट टिमका सदस्य अनिल साहलाई कलैया उपमहानगरपालिकाको सम्मान 

१३ असाढ : नेपाल राष्ट्रिय क्रीकेट टिमका सदस्य अनिल साहलाई कलैया उपमहानगरपालिकाले सम्मान गरेको छ ।बुधवार एक कार्यक्रमको बिच कलैया उपमहानगरपालिकामा क्रीकेट साहलाई नगद सहित सम्मान गरिएको छ ।कलैया उपमहानगरपालिका घर भएका अनिल शाहलाई उपमहानगरले एक लाख एक हजार रुपैयाँ प्रदान समेत गरेको छ ।

कलैया उपमहानगरपालिकाका मेयर बिनोद साहले पुर्व घोषणा अनुसार टी- २० विश्वकमपा नेपाली राष्ट्रीय टोलीमा सहभागि कलैयाका खेलाडी अनिल साहलाई १ लाख १ हजार रुपैयाँको चेक हसतान्तरण गरेका हुन् । कलैयामा जारी नगरसभामा खेलाडी साहलाई मेयर साह र नगर खेलकुद बिकाश समितीका संयोजक महमद समिउल्लाहले संयुक्त रुपमा खाँदा ओढाएर कदरपत्र बाट सम्मानित गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *