
०६ असार । बारा : आवश्यक गणपुरक संख्या नपुगेपछि बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको बिहिवारका लागि तय भएको नगरसभा स्थगित भएको छ। नगरसभामा नेकपा एमाले ,नेपालि कांग्रेस,नेकपा एस बाट निर्वाचित जनप्रतिनिधिहरु उपस्थित नभए पछि नगरसभा स्थगित गरिएको छ । बिहान ११ बजेका लागि जीतपुरसिमरा-७ स्थित प्राइम पार्टी प्यालेसमा आव्हान गरिएको १० औं नगरसभामा गणपुरक संख्या नपुगेपछि नगरसभा स्थगित गरिएको हो ।स्थगित भएको नगरसभा शनिवारका लागि बोलाइएको छ।जीतपुरसिमरा उपमहानगरपालिकाको १० औं नगरसभामा गणपुरक संख्या नपुगेपछि नगरप्रमुख राजन पौडेलले नगरसभा आजको लागि स्थगित भएको बारे जानकारी गराउनु भएको थियो ।अन्तरसरकारी वित्त हस्तान्तरण ऐन, २०७४ बमोजिम सबै स्थानीयतहहरुले असार १० गते भित्र बजेट ल्याई सक्नुपर्ने नियम छ ।त्यसअघि नीति तथा कार्यक्रम ल्याउनुपर्दछ । असार १० गते भित्रै आगामी वर्षका लागि आर्थिक ऐन सर्वसहमतिले पारित हुनु पर्दछ तर जीतपुरसिमरा उपमहानगरपालिकाले १० गते बजेट ल्याउने हो भन्नेमा स्थानीयहरुले शंका गर्न थालेको छ ।
जीतपुरसिमरा उपमहानगरपालिकाको २० जना वडा अध्यक्ष र कार्यपालिका सदस्यहरु नगरसभा बहिष्कार गरेको छ ।जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेलले १० औं नगरसभामा वडाको सिलिङ्गमा कटौती गरे पछि वडाध्यक्ष र कार्यपालिका सदस्य र नगरसभा सदस्यहरुले नगरसभा बहिष्कार गरेको छ ।१० औं नगरसभामा उपमहानगरले ल्याउन लागेको बजेटमा वडाको ५० प्रतिशत सेलिङ्ग कटौती गर्न भने पछि वडाध्याक्ष्हरुले असन्तुष्टि जनाउदै नगरसभाको बिरोध गरेको छ ।नगरप्रमुख राजन पौडेलले वडाको सिलिङ्ग कटौती गरेर एक्लै ५० प्रतिशत बजेट आफैले चलाउन लागेकोले हामीले नगरसभाको बिरोध गरेको जीतपुरसिमरा उपमहानगरपालिका-१६ का वडाध्यक्ष हरिदेव खरेलले बताउनु भयो ।अघिल्लो बर्ष ३२ करोड रुपैयाँको वडा स्तरीय बजेट बनाएको उपमहानगरपालिकाले यसबर्ष १२ करोड रुपैयाँ मात्रै वडा स्तरीय सिलिङ बनाउने तयारी गरेपछि वडा अध्यक्षहरुको असन्तुष्टि बढेको हो ।
