Thursday, April 16
Shadow

पर्साबाट हात्तीको दुई वटा दारासहित तीनजना पक्राउ

०७ असाढ ,पर्सा – पर्साबाट हात्तीको दुई वटा दारासहित तीनजना पक्राउ परेका छन्। विगत केही महिना अगाडी देखि ठोरी गाउँपालिका–४ गोरखपुर टोलमा अपरिचित व्यक्तिहरूले हातीको दारा विक्री गर्नको लागि ग्राहक खोजी रहेको सूचनाको आधारमा खटिएको प्रहरी टोलिले सोही स्थानका चन्द्र परियारको खेतमा खाल्डो खनी २१/२१ केजी तौल भएको दुई वटा हात्तीको दारा फेला पारेको प्रहरीले जनाएको छ।

 

पक्राउ पर्नेमा पर्सा ठोरी गाउँपालिका –४ विजयबस्ती गुम्बालाइन बस्ने कुइसंग लामा , वीरगञ्ज महानगरपालिका९१४ पिप्रा बस्ने प्रेम शर्मा र वीरगञ्ज महानगरपालिका–३१ बस्ने अमिरीलाल महतो छन्।पक्राउ परेका तीनै जनालाई डिभिजन वन कार्यालयसंग समन्वय गरी थप अनुसन्धान भइरहेको पर्साका प्रहरी प्रबक्ता डिएसपी दीपक भारतीले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *