जीतपुरसिमरा उपमहानगरपालिका-८ मा एक दिने नि:शुल्क आँखा शिविर सम्पन्न
०३ असार, बारा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका-८ मा एक दिने निशुल्क आँखा शिविर सम्पन्न भएको छ । सोमबार गरिएको निःशुल्क आँखा शिविरमा १ सय ४५ जना भन्दा वढीले सेवा लिएका छन् । जीतपुरसिमरा उपमहानगरपालिका वडा न–८ कार्यालय लोहसण्डाले गरेको आयोजना तथा नेपाल आँखा अस्पताल आँखा उपचार केन्द्र औराहा बाराको प्राबिधिक सहयोगमा नि:शुल्क शिविर सम्पन्न भएको हो । नि:शुल्क आँखा शिविरबाट १ सय ४५ जनाले आँखा सम्बन्धी स्वास्थ्य सेवा लिएका छन् ।
चेकजाँचका क्रममा २५ जनाको आँखामा समस्या देखिएकोले उनीहरुलाई आँखाको अप्रेसन जीतपुरसिमरा उपमहानगरपालिका स्वास्थ्य तथा प्रवर्द्धन शाखाको आर्थिक सहयोगमा आँखा अस्पताल तथा आँखा उपचार केन्द्र औराहामा नि:शुल्क अपरेसन गरिने छ। एक दिने नि:शुल्क आँखा शिविरमा बोल्दै जीतपुरसिमरा उपमहानगरपालिका-८ का वडाध्यक्ष शिवशंकर महतो कोईरिले वडा कार्यालयले विगतमा दिनमा समेत...









