जगदम्बा स्टील र हुलास स्टीलको लाईन काटियो
२८ असाढ, बारा : नेपाल विद्युत प्राधिकरणले बिहीबार जगदम्बा स्टीलको विद्युतको लाइन काटेको छ । डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता नतिरेको भन्दै प्राधिकरणले बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा रहेको जगदम्बा स्टील र हुलास स्टीलको लाइन काटिदिएको हो । नेपाल बिधुत प्राधिकरण वितरण केन्द्र सिमराले मन्त्री परिषदको निर्णय अनुसार बाराका २ वटा ठूला उधोगको लाइन काटेको बताएको छ ।असार १० गते १५ दिन भित्र जगदम्बा स्टील र हुलास स्टीललाई पत्र पठाएर बाकि रहेको बिधुत मासुल तिर्न भने पनि प्राधिकरणले दिएको समयमा बिधुत महसुल तिर्न नसके पछि जगदम्बा स्टील र हुलास स्टीलको लाइन काटिएको नेपाल बिधुत प्राधिकरण वितरण केन्द्र सिमराका प्रमुख रुमेश रुपाखेतीले बताए ।
जगदम्बा स्टीलले नेपाल बिधुत प्राधिकरणलाई १ अर्ब ६० करोड १८ लाख ४३व हजार १ सय २५ रुपैयाँ बिधुत महसुल तिर्न बाँकी रहेको छ ।त्यस्तै हुलास स्टीलले १...









