Monday, June 1
Shadow

ईद मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न 

०५ असार। बारा : मुस्लिमहरुको महान पर्व ईद धूमधामको साथ मनाईएको  छ।बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका-७ जीतपुरमा बुधवार ईद मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ।मुस्लिमहरुको महान पर्व ईदुल अज्हा (बकरिद)को अवसरमा ईस्लामिक लाईब्रेरी जीतपुरको आयोजनामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ।

 

ईस्लामिक लाईब्रेरी जीतपुरको आयोजनामा ईद मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको हो।ईद मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै अरमान हासमीले ईद शान्ति र भाइचाराको पर्व भएको जनाउँदै यसले सबैलाई एकताबद्ध बनाउन सहयोग गर्ने बताउनुभयो ।ईस्लामिक लाईब्रेरी जीतपुरका अध्यक्ष जाबेद अन्सारीले कार्यक्रममा सहभागीहरुलाई स्वागत गरेको थियो ।

तीन दिनसम्म विभिन्न कार्यक्रम गरेर मनाइने सो पर्वमा उक्त समुदायले सेवई, जर्दा, विरयानी, कबाब लगायतका परिकार पकाएर आफन्त तथा ईष्टमित्रहरुलाई खुवाउने परम्परा रहेको छ । उक्त अवसरमा अन्य धर्म सम्प्रदायका स्थानीय राजनीतिक दलका अगुवाहरू, प्रहरी प्रशासन ,समाजसेवी, व्यवसायी तथा उद्योगीले इस्लामीक लाईब्रेरी जीतपुरमा पुगेर शुभकामना आदान प्रदान गरेको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *