Saturday, September 12
Shadow

banner-news-1

For top banner

धेरै दिन पछि ओली, प्रचण्ड र नेपाल एकै मञ्चमा

धेरै दिन पछि ओली, प्रचण्ड र नेपाल एकै मञ्चमा

banner-news-1, खबर बिषेश
छोटो खबर । हाल समाजिक सञ्जालमा एउटा तस्बिर देखिएको छ । तत्कालीन नेकपा भङ्ग भएपछि धेरै दिन पछि नेपाली काँग्रेसको १४ औँ महाअधिवेश उद्घाटन समारोहको मञ्चमा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल एकै साथ देखिएका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशन आजबाट सुरु भएको छ ।...
मेक्सिकोमा ट्रक दुघर्टना, ४९ जनाको मृत्यु

मेक्सिकोमा ट्रक दुघर्टना, ४९ जनाको मृत्यु

banner-news-1, अन्तर्राष्ट्रिय, ताजा-अपडेट
मेक्सिकोमा ट्रक दुर्घटना हुँदा ४९ जनाको मृत्यु भएको छ । त्यस्तै सो दुघर्टनामा परि ५८ जना गम्भीर घाइते भएका छन् । मेक्सिकोको दक्षिणी क्षेत्रमा पर्ने चियापास प्रान्तमा ट्रक पल्टिएको रोयटर्सलाई उदृत गर्दै बीबीसीले जनाएको छ । ज्यान गुमाउनेमा बालबालिका समेत रहेका छन् । गम्भीर घाइते भएकाहरुलाई नजिकैको अस्पतालमा उपचारका लागि लगिएको छ । यो ट्रकमा धेरैजसो होण्डुरसका आप्रवासी चढेका थिए । गरिबी तथा हिंसा लगायतका कारण धेरैजसो आप्रवासी जोखिम मोलेर मेक्सिकोको बाटो हुँदै अमेरिका प्रवेश गर्ने गरेका छन्।...
जपानमा भुकम्प

जपानमा भुकम्प

banner-news-1, अन्तर्राष्ट्रिय
जापानको कागोशिमा प्रान्तमा बिहीबार शक्तिशाली भूकम्प गएको छ । स्थानीय समयानुसार बिहीबार बिहान ११ः०५ बजे गएको भूकम्प ६.० म्याग्निच्युडको भएको जापानको मौसम विज्ञान एजेन्सीले जनाएको छ । यसको केन्द्रविन्दु २९.४ डिग्री उत्तर अक्षांश र २० किलोमिटर गहिराईमा १२९.४ डिग्री पूर्व देशान्तरमा रहेको थियो । यस शक्तिशाली भूकम्पपछि अहिलेसम्म सुनामीको चेतावनी भने जारी गरिएको छैन ।...