Thursday, September 10
Shadow

Author: Jeetpur Khabar

एसईईमा अनुत्तीर्ण सबै विद्यार्थीले ग्रेडवृद्धि अर्थात् मौका परीक्षा दिन पाउने

एसईईमा अनुत्तीर्ण सबै विद्यार्थीले ग्रेडवृद्धि अर्थात् मौका परीक्षा दिन पाउने

ताजा-अपडेट
१५ असाढ, काठमाण्डौ – माध्यमिक शिक्षा परीक्षा एसईईमा अनुत्तीर्ण भएका अर्थात् ननग्रेडिङ (एनजी) ल्याएका सबै विद्यार्थीले मौका परीक्षा दिन पाउने भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एसईईमा 'एनजी' ल्याएका सबै दुई लाख ४२ हजार तीन सय १३ जना विद्यार्थीले ग्रेडवृद्धि अर्थात् मौका परीक्षामा सहभागी हुन पाउने निर्णय गरेको हो ।यसअघि दुई विषयसम्म ननग्रेडिङ भएका विद्यार्थीले मात्र ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउने भनिएको थियो । यसअनुसार एक लाख १५ हजार आठ सय ३४ जना मात्रै ग्रेडवृद्धि परीक्षाका लागि योग्य भएका थिए । तर शिक्षामन्त्री सुमना श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै सबै ननग्रेडिङ विद्यार्थीलाई ग्रेडवृद्धि परीक्षामा सहभागी गराउने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।   मन्त्रालयका अनुसार राष्ट्रिय परीक्षा बोर्ड र पाठ्यक्रम विकास केन्द्रलाई यसअनुसार व्यवस्था गर्न भनिएक...
कस्तो छ आजको मौसम पूर्वानुमान ?

कस्तो छ आजको मौसम पूर्वानुमान ?

banner-news-1
१५ असाढ, काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारण देखि पूर्णतया बदली रही बाँकी भू-भागमा आंशिक देखि साधारणतया बदली रहेको छ । कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।साथै मधेश प्रदेशका एक-दुई स्थानमा भारी वर्षा पनि भइरहेको छ।   आज दिउँसो देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूका साथै बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा बाँकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । गण्डकी प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको प...
१० औं नगरसभाको विभिन्न कागजात मागं ३ संसदीय दलका नेताले बुझाए कार्यालय प्रमुखलाई ज्ञापन पत्र

१० औं नगरसभाको विभिन्न कागजात मागं ३ संसदीय दलका नेताले बुझाए कार्यालय प्रमुखलाई ज्ञापन पत्र

banner-news-1
१४ असाढ। बारा : बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकाको १० औं नगरसभा कथित रुपमा सम्पन्न भएको भन्दै विभिन्न कागजातको मांग गर्दै उपमहानगरका प्रमुख प्रशासकिय अधिकृतलाई ज्ञापन पत्र बुझाईएको छ।१० औं नगरसभामा असन्तुष्ट रहेका ३ पार्टीका संसदीय  दलका नेताहरुले प्रमुख प्रशासकिय अधिकृत उर्मिला काफ्लेलाई शुक्रबार ज्ञापन पत्र बुझाउदै विभिन्न कागजातको मांग गरेको छ ।   जीतपुरसिमरा उपमहानगरपालिकाको १० औं नगरसभा अगावै बसेको भनिएको ३ वटा कार्यपालिका बैठकको प्रमाणित प्रतिलिपी ,दसौं नगरसभामा भनिएको सभाको उपस्थिति साथै सो २०८१ असाढ १० गते भन्दा अगाडि ६ गते र ८ गते गरिएको भनिएको नगरसभाहरुको प्रमाणित प्रतिलिपीहरु ३ दलका संसदीय दलका नेताहरुले ज्ञापन पत्र बुझाउदै कागजातहरु मांग गरेको छ ।नगरसभा अध्यक्षले बहूमत नगरसभा सदस्यहरुले स्वीकृत गरेको भनिएको निर्णयको प्रमाणितको प्रतिलिपीहरु मांग गरिएको ३ संसदीय दल...
किसानलाई ५० प्रतिशत अनुदानमा मोटर बितरण

किसानलाई ५० प्रतिशत अनुदानमा मोटर बितरण

banner-news-1
 १३ असाढ। बाराको  जीतपुरसिमरा उपमहानगरपालिका वडा न १८ को  कार्यालयले ५० प्रतिशत अनुदानमा सिँचाई मोटर वितरण गरेको छ । वडा कार्यालयको १२ हजार ५ सय  किसानको १२ हजार ५ सय रुपैयाँ गरी २५ हजाको लगानीमा खरिद गरिएको सिँचाई मोटर एक कार्यक्रममको बीच वितरण गरिएको हो ।   स्थानीय किसानको आवश्यकता र माग अनुसार वडा कार्यालयद्वारा विनियोजित १० लाख रकम र वडावासी किसानद्वारा जम्मा गरिएको ५० प्रतिशत लगानीमा २  एचपीको दुई इन्च मोटर खरिद गरी  वितरण गरिएको वडा अध्यक्ष चतुरबाबु वाग्लेले जानकारी दिए ।   किसानको माग अनुसार नै चालु आर्थिक वर्ष २०८०/८१ मा किसानलाई सिँचाई मोटर खरिदको लागि १० लाख विनियोजन गरिएको वडाअध्यक्ष वाग्लेले जनाए । वडाको किसानलाई ५० प्रतिशत अनुदानमा सिँचाई मोटर दिने योजना अनुसारै मोटर खरिद गरि २ चरणमा वितरण गरिएको  हो ।यो नगरकै नमुना कार्य रहेको स्थानीय बुद्धिजीवि बताउँछन् ।वडाल...
अमलेखगञ्जमा प्रजनन स्वास्थ्य रुग्णताको स्क्रिनिङ  शिविर सम्पन्न 

अमलेखगञ्जमा प्रजनन स्वास्थ्य रुग्णताको स्क्रिनिङ  शिविर सम्पन्न 

banner-news-1
१३ असाढ। बारा : जीतपुरसिमरा उपमहानगरपालिका-२१ अमलेखगञ्ज स्वास्थ्य केन्द्रमा आयोजना गरिएको प्रजनन स्वास्थ्य रुग्णताको स्क्रिनिङ तथा व्यवस्थापन सम्वन्धी शिविरमा १ सय ५६ जना महिलाले सेवा लिएका छन् ।स्तन तथा पाठेघरको मुखको क्यान्सरको समयमै पहिचानगरी उपचारमा सहजता ल्याउने उद्देश्यका जीतपुरसिमरा उपमहानगरपालिका जनस्वास्थ्य तथा प्रवर्द्धन शाखाले शिविर आयोजना गरेको हो ।   शिविरमा सेवा लिएकामध्ये १२ जना महिलामा पाठेघरको क्यान्सरको लक्षण देखा परेको हो ।लक्षण देखिएकाले औषधि दिएर पठाइएको स्वास्थ्य शाखाले बताएको छ । शिविरमा पाठेघरको मुखको क्यान्सरको चेकजाँच र उपचार, स्तन क्यान्सर, आङखस्ने समस्या, बाँझोपन र दिसापिसाब चुहिरहने रोगको चेकजाँच तथा उपचार सेवा प्रवाह गरिएको थियो । सम्भव हुने केशमा प्रारम्भिक उपचार शिविरमै गरिएको जीतपुरसिमरा जनस्वास्थ्य तथा प्रवर्द्धन शाखा प्रमुख रबि भाष्करले बताए । &nb...
नेपाल क्रीकेट टिमका सदस्य अनिल साहलाई कलैया उपमहानगरपालिकाको सम्मान 

नेपाल क्रीकेट टिमका सदस्य अनिल साहलाई कलैया उपमहानगरपालिकाको सम्मान 

banner-news-1
१३ असाढ : नेपाल राष्ट्रिय क्रीकेट टिमका सदस्य अनिल साहलाई कलैया उपमहानगरपालिकाले सम्मान गरेको छ ।बुधवार एक कार्यक्रमको बिच कलैया उपमहानगरपालिकामा क्रीकेट साहलाई नगद सहित सम्मान गरिएको छ ।कलैया उपमहानगरपालिका घर भएका अनिल शाहलाई उपमहानगरले एक लाख एक हजार रुपैयाँ प्रदान समेत गरेको छ । कलैया उपमहानगरपालिकाका मेयर बिनोद साहले पुर्व घोषणा अनुसार टी- २० विश्वकमपा नेपाली राष्ट्रीय टोलीमा सहभागि कलैयाका खेलाडी अनिल साहलाई १ लाख १ हजार रुपैयाँको चेक हसतान्तरण गरेका हुन् । कलैयामा जारी नगरसभामा खेलाडी साहलाई मेयर साह र नगर खेलकुद बिकाश समितीका संयोजक महमद समिउल्लाहले संयुक्त रुपमा खाँदा ओढाएर कदरपत्र बाट सम्मानित गरेका थिए ।...
अनियमितता ढाकछोप गर्न जीतपुरसिमराको नगर सभामा वितण्डा: वडाध्यक्ष खरेल

अनियमितता ढाकछोप गर्न जीतपुरसिमराको नगर सभामा वितण्डा: वडाध्यक्ष खरेल

banner-news-1
१३ असाढ । बारा । जीतपुरसिमरा वडा नम्बर १६ का वडा अध्यक्ष हरिदेब खरेलले मेयर राजन पौडेलको दुरासयका कारण सोमवारको नगर सभामा दुःखद घटना भएको आरोप लगाएका छन् ।  वडा अध्यक्ष खरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत नगरवासीहरुमा हार्दिक अपीलभन्दै लेख्नुभएको ‘स्टाटस’ मा यस्तो आरोप लगाएका हुन् ।     उनले जीतपुरसिमराको १०औं नगरसभामा भएको घटनामा मेयर पौडेल जिम्मेवार रहेको भन्दै ९ वटा आरोप लगाएका छन् । उनले मेयरले डिपीआरको नाममा ८२ लाख मिलेर हिनामिना गरेको र उपमहानगरपालिका वडा नम्बर ११ मा अबैध माटो चोरी काण्डमा करोडौं रकम  गुपचुप पार्न खोजेको, नगरभित्र शिक्षा क्षेत्र सुधार्ने नाममा चोर बाटोबाट दिइएको लाखौं पेस्की र काठमाडौको झा नेतृत्वको टोलीसंग भएको अबैध साँठगाँठ सार्वजनिक नहोस् भन्ने उद्देश्यले नगरसभामा भाँडभैलो गरेको आरोप लगाएका हुन् ।     त्यसैगरी गढीमाई नगरपालिका ...
जीतपुरसिमरा उपमहानगरपालिकाको १० औं नगरसभा अन्यौलमा

जीतपुरसिमरा उपमहानगरपालिकाको १० औं नगरसभा अन्यौलमा

banner-news-1
१० असाढ। बारा: बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको १० औं नगरसभा अन्यौलमा रहेको छ ।उपमहानगर प्रमुख राजन पौडेलले १० औं नगरसभा बहूमतले पारित भएको घोषणा समेत गरेको छ ।१० औं नगरसभामा ३१ जना गणपुरक नगरसभा सदस्यहरुको आवश्यकता रहेकोमा जम्मा २७ जनाके हस्ताक्षर गरेकोले जीतपुरसिमराको नगरसभा सम्पन्न नभएको बिपक्षी दलहरुले बताएको छ।   जीतपुरसिमरा उपमहानगरपालिकाको १० औं नगरसभामा असन्तुष्ट वडाध्यक्ष,वडा सदस्य र कार्यपालिका सदस्यहरुले नगरसभाको बहिष्कार गर्दै तोडफोड समेत गरेको छ।नगरप्रमुख राजन पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेको बेला असन्तुष्ट पक्षहरुले तोडफोड गरेर नगरसभाम बहूमत नपुगेको भन्दै मेयरको बिरोधमा चर्को नाराबाजी समेत गरेको थियो ।जीतपुरसिमरा उपमहानगरपालिकाको नगर उपप्रमुख भोला प्रसाद अधिकारीले नगरप्रमुखले चोर बाटो बाट नगरसभा गरिरहेकोले हामिले बिरोध गर्दै नगरसभा बहिष्कार गरेको बताए।का...
पर्साबाट हात्तीको दुई वटा दारासहित तीनजना पक्राउ

पर्साबाट हात्तीको दुई वटा दारासहित तीनजना पक्राउ

banner-news-1
०७ असाढ ,पर्सा – पर्साबाट हात्तीको दुई वटा दारासहित तीनजना पक्राउ परेका छन्। विगत केही महिना अगाडी देखि ठोरी गाउँपालिका–४ गोरखपुर टोलमा अपरिचित व्यक्तिहरूले हातीको दारा विक्री गर्नको लागि ग्राहक खोजी रहेको सूचनाको आधारमा खटिएको प्रहरी टोलिले सोही स्थानका चन्द्र परियारको खेतमा खाल्डो खनी २१/२१ केजी तौल भएको दुई वटा हात्तीको दारा फेला पारेको प्रहरीले जनाएको छ।   पक्राउ पर्नेमा पर्सा ठोरी गाउँपालिका –४ विजयबस्ती गुम्बालाइन बस्ने कुइसंग लामा , वीरगञ्ज महानगरपालिका९१४ पिप्रा बस्ने प्रेम शर्मा र वीरगञ्ज महानगरपालिका–३१ बस्ने अमिरीलाल महतो छन्।पक्राउ परेका तीनै जनालाई डिभिजन वन कार्यालयसंग समन्वय गरी थप अनुसन्धान भइरहेको पर्साका प्रहरी प्रबक्ता डिएसपी दीपक भारतीले जानकारी दिए।...
भारत र अमेरिकासहित ८ देशका लागि राजदूत सिफारिस

भारत र अमेरिकासहित ८ देशका लागि राजदूत सिफारिस

banner-news-2
०७ असाढ ,काठमाडौँ – सरकारले आठ देशमा राजदूत सिफारिस गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले आठ देशका लागि राजदूत सिफारिस गरेको हो।सरकारका पूर्वमुख्य सचिव लोकदर्शन रेग्मी भारतका लागि राजदूतमा सिफारिस भएका छन्। यस्तै, अमेरिकाका लागि चन्द्रकुमार घिमिरे राजदूतमा सिफारिस भएका छन्।   यस्तै, दक्षिण कोरियाका लागि सुशील प्याकुरेल, डेनमार्कको लागि सुम्निमा तुलाधर, मलेसियाको लागि नेत्रप्रसाद तिमल्सिना, बेलायतका लागि डा. विजन पन्त, स्पेनका लागि डा. पुष्पराज राजकर्णिकार र साउदी अरबका लागि अबुसुफ्यान खान मुसलमानलाई राजदूतमा सिफारिस गर्ने निर्णय भएको कानुनमन्त्री पदम गिरीले जानकारी दिए। यसैगरी सरकारले अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्य कार्यक्षेत्र रहने गरी सञ्जीवकुमार शर्मा र भिक्टोरिया राज्य कार्यक्षेत्र रहने गरी निराजन गौडेललाई अवैतानिक राजदूतमा नियुक्त गर्ने निर्णय गरेको छ।...