Thursday, September 10
Shadow

Author: Jeetpur Khabar

ट्राफिक सप्ताहको दोस्रो दिन सिमरामा विद्यार्थी संयमसेवक सहित पर्चा पम्पप्लेट वितरण

ट्राफिक सप्ताहको दोस्रो दिन सिमरामा विद्यार्थी संयमसेवक सहित पर्चा पम्पप्लेट वितरण

banner-news-2
०७ असार ।बारा । ट्राफिक सप्ताहको क्रममा दोस्रोदिन बाराको सिमरामा विद्यार्थी संयमसेवकको टोली सहित पर्चा वितरण तथा सचेत कार्याक्रमरु गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराको कार्यक्रम अनुसार आज दोश्रो दिन सिमरामा विद्यार्थीहरुलाई संयमसेवको रुपमा खटाई पर्चा वितरण तथा सचेतनाको कार्यक्रमहरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका ईन्चार्ज रामकुमार महतोले बताउनुभयो । कार्यक्रममा अत्यादिक भिँडभाँड र असहज स्थानमा जेब्रा क्रसिङ बाट पैदल यात्रीहरु कसरी हिडने बारेमा जानकारी गराईएको थियो ।   बिहिवार बाट मधेश प्रदेश भरीनै ट्राफिक सप्ताह सुरु गरिएको छ । भोली तेस्रो दिन बजार एरिया तथा चौकहरुमा जिङ्गल बजाउने,ट्राफिक सचेतना सम्बन्धी स्टिकर टास्ने,ट्राफिक नियम उलंघन गर्ने चालक पैदल यात्रु बिशेष गरि मोटरसाईकलमा ३ जना सवार हेल्मेट प्रयोग नगर्ने चालकहरुलाई सम्झाई बुझाई गर्ने र पर्चा पैम...
पर्सा राष्ट्रिय निकुञ्जमा दोहोरो झडप,झडपमा परेर एक जना सिकारीको मृत्यु

पर्सा राष्ट्रिय निकुञ्जमा दोहोरो झडप,झडपमा परेर एक जना सिकारीको मृत्यु

banner-news-1
०७ असार । बारा । पर्सा राष्ट्रिय निकुञ्जको कोर क्षेत्रभित्र दोहोर झडप हुदाँ एक जना सिकारीको मृत्यु भएको छ । शुक्रबार बिहान वन्यजन्तु शिकारी र निकुञ्ज सुरक्षाकर्मीबिच भएको दोहोरो झडपमा परेर सिकारीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ । निकुञ्ज कर्मचारी, नेपाली सेना सहितको टोली गस्तीको क्रममा वन्यजन्तु शिकारीसँग जम्काभेट हुदाँ दोहोरो झडप भएको थियो ।   निकुञ्ज कर्मचारी, नेपाली सेना सहितको टोली संग भएको झडपमा परेर हेटौडा उपमहानगरपालिका वडा नं १४ का ५२ वर्षिय वन्यजन्तु शिकारी सुकबहादुर तिक्तुङ्गको मृत्यु भएको ईलाका प्रहरी कार्यलय सिमराले जनाएको छ । शिकारीहरु भाग्ने क्रममा उनिहरुको साथबाट २ थान भरुवा बन्दुक, त्यसमा प्रयोग हुने ५७ राउन्ड गोली,३ सय ग्राम बारुद, २ वटा मोबाईल,हसियाँ, खुकुरी, लाईटर लगायतका साम्रगी बरामत गरिएको छ ।दोहोरो झडपको क्रममा हतियार सहित ५ जनाको समुह...
बारामा ट्राफिक सप्ताह सुरु,सिडियोले गरे उद्घाटन

बारामा ट्राफिक सप्ताह सुरु,सिडियोले गरे उद्घाटन

banner-news-1
०६ असार । बारा : बारामा ट्राफिक सप्ताह सुरु भएको छ । नेपालगञ्ज- नेपालगञ्जमा ट्राफिक सप्ताह सुरु भएको छ ।सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरण गर्न सुरु गरिएको ट्राफिक सप्ताहको बारा जिल्लाका प्रमुख जिल्ला अधिकारि शशिधर घिमिरेले उद्घाटन गरेका हुन् । प्रमुख जिल्ला अधिकारि घिमिरेले ट्राफिक नियमको जानकारी गराउन सप्ताह सुरु गरिएको र सवारी चालक तथा यात्रुले सडक अनुशासन कायम गर्दा दुर्घटना न्यूनीकरण हुने बताए । उनले सशस्त्र जनयुद्धमामा जत्ति नै मानिसको दुर्घटनामा मृत्यु भइरहेको स्मरण गर्दै ट्राफिक सप्ताहको अभियानलाई सफल बनाउन सबै लाग्नु पर्ने बताए ।सप्ताहको सुरुगर्नु अघि जीतपुरमा विभिन्न प्लेकार्डसहित र्‍याली निकालिएको थियो । जीतपुर टेढा सडक खण्ड बाट शुरु भएको ¥याली सम्राट पार्टी प्यालेशमा पुगेर उद्घाटन कार्यक्रममा परिणत भएको थियो ।   ट्राफिक सप्ताह उद्घाटन कार्यक्रममा बोल्दै बारा जि...
गणपुरक संख्या नपुगेपछि जीतपुरसिमरा उपमहानगरपालिकाको नगरसभा स्थगित

गणपुरक संख्या नपुगेपछि जीतपुरसिमरा उपमहानगरपालिकाको नगरसभा स्थगित

banner-news-1
०६ असार । बारा : आवश्यक गणपुरक संख्या नपुगेपछि बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको बिहिवारका लागि तय भएको नगरसभा स्थगित भएको छ। नगरसभामा नेकपा एमाले ,नेपालि कांग्रेस,नेकपा एस बाट निर्वाचित जनप्रतिनिधिहरु उपस्थित नभए पछि नगरसभा स्थगित गरिएको छ । बिहान ११ बजेका लागि जीतपुरसिमरा-७ स्थित प्राइम पार्टी प्यालेसमा आव्हान गरिएको १० औं नगरसभामा गणपुरक संख्या नपुगेपछि नगरसभा स्थगित गरिएको हो ।स्थगित भएको नगरसभा शनिवारका लागि बोलाइएको छ।जीतपुरसिमरा उपमहानगरपालिकाको १० औं नगरसभामा गणपुरक संख्या नपुगेपछि नगरप्रमुख राजन पौडेलले नगरसभा आजको लागि स्थगित भएको बारे जानकारी गराउनु भएको थियो ।अन्तरसरकारी वित्त हस्तान्तरण ऐन, २०७४ बमोजिम सबै स्थानीयतहहरुले असार १० गते भित्र बजेट ल्याई सक्नुपर्ने नियम छ ।त्यसअघि नीति तथा कार्यक्रम ल्याउनुपर्दछ । असार १० गते भित्रै आगामी वर्षका लागि आर्थिक ऐन सर्वसहमतिले पारित ह...
महागढीमाई नगरपालिकाको ८ औं नगरसभा सम्पन्न,कृषिलाई विशेष प्राथमिकता

महागढीमाई नगरपालिकाको ८ औं नगरसभा सम्पन्न,कृषिलाई विशेष प्राथमिकता

banner-news-1, मधेस प्रदेश
अखिलेश कुमार यादव। ०५ असार।बारा : बाराको महागढीमाई नगरपालिकाले एक कार्यक्रम आयोजना गरी आर्थिक वर्ष ०८१/८२ को बजेट प्रस्तुत गरेको छ ।नगरपालिकाको सभाहलमा आयोजित ८ औं नगरसभामा नगर प्रमुख उपेन्द्र प्रसाद यादवले महागढीमाई नगरपालिकाको आर्थिक वर्ष ०८१/८२ का लागि नीति,कार्यक्रम तथा बजेट प्रस्तुत  गरेको हो।   नगर प्रमुख यादवले संघीय सरकारबाट प्राप्त हुने अनुदान रु १४ करोड ६२ लाख  शसर्त अनुदान २७ करोड ८८ लाख ९९ हजार ५ सय शसर्त अनुदान पुजिगत तर्फ रु ११ करोड ५७ लाख २८ हजार विशेष अनुदान रु २ करोड सम्पुरक अनुदान तर्फ रु १ करोड ५० लाख राजेश्व बाडफाड तर्फ रु १२ करोड ३ लाख ७१ हजार प्रदेश शसर्त अनुदान रु ९५ लाख विशेष अनुदान ३० लाख सम्पुरक अनुदान २० लाख राजश्व बाडफाड बाट रु ४० लाख र नगरपालिकाको आन्तरिक श्रोतबाट रु ५ करोड गरि जम्मा ७७ करोड ५४ लाख ९८ हजार ५ सयको बजेट प्रस्तावित गरेका हुन्।   नीति...
ईद मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न 

ईद मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न 

banner-news-1
०५ असार। बारा : मुस्लिमहरुको महान पर्व ईद धूमधामको साथ मनाईएको  छ।बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका-७ जीतपुरमा बुधवार ईद मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ।मुस्लिमहरुको महान पर्व ईदुल अज्हा (बकरिद)को अवसरमा ईस्लामिक लाईब्रेरी जीतपुरको आयोजनामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ।   ईस्लामिक लाईब्रेरी जीतपुरको आयोजनामा ईद मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको हो।ईद मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै अरमान हासमीले ईद शान्ति र भाइचाराको पर्व भएको जनाउँदै यसले सबैलाई एकताबद्ध बनाउन सहयोग गर्ने बताउनुभयो ।ईस्लामिक लाईब्रेरी जीतपुरका अध्यक्ष जाबेद अन्सारीले कार्यक्रममा सहभागीहरुलाई स्वागत गरेको थियो । तीन दिनसम्म विभिन्न कार्यक्रम गरेर मनाइने सो पर्वमा उक्त समुदायले सेवई, जर्दा, विरयानी, कबाब लगायतका परिकार पकाएर आफन्त...
वडालाई धुलो मुक्त बनाउनको लागि विद्युतीय चुल्हो बितरण

वडालाई धुलो मुक्त बनाउनको लागि विद्युतीय चुल्हो बितरण

banner-news-1
०५ असार, बारा : बारा जिल्लाको कलैया उपमहानगरपालिकाको वडा न २६ सिसवा महेशपुरका १ सय घरधुरीलाई विद्युतीय चुल्हो तथा कराई बितरण गरिएको छ ।मंगलबार एक कार्यक्रमको बीच पूर्व सांसद रामबाबु यादव र कलैया उपमहानगरपालिकाको नगर प्रमुख बिनोद साहले १ सय घरधुरीलाई विद्युतीय चुल्हो तथा कराई बितरण गरेको छ ।   कलैया उपमहानगरपालिका  वडा न २६ को कार्यालयको वडास्तरीय बजेट बाट पहिलो चरणमा १ सय घरधुरीलाई   विद्युतीय चुल्हो वितरण गरेके हो ।विद्युतीय चुल्हो तथा कराई बितरण कार्यक्रममा बोल्दै प्रमुख अतिथी पूर्व सांसद रामबाबु यादवले ग्यासको आयतलाई प्रतिस्थापन गर्न र दैनिकि सहज बनाउन विद्युतीय चुल्होले निकै सहयोग पुग्ने बताए । विद्युतीय चुल्होको प्रयोगले वातावरण पनि स्वच्छ हुने भएकाले वितरणका लागि पहल गरिएको उनले बताए । कार्यक्रममा बोल्दै कलैया उपमहानगरपालिकाका नगर प्रमुख बिनोद साहले विद्युतीय चुल्होको प्रयो...
जीतपुरसिमरा उपमहानगरपालिका-८ मा एक दिने नि:शुल्क आँखा शिविर सम्पन्न 

जीतपुरसिमरा उपमहानगरपालिका-८ मा एक दिने नि:शुल्क आँखा शिविर सम्पन्न 

banner-news-1
०३ असार, बारा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका-८ मा  एक दिने निशुल्क आँखा शिविर सम्पन्न भएको छ । सोमबार गरिएको निःशुल्क आँखा शिविरमा १ सय ४५ जना भन्दा वढीले सेवा लिएका छन् । जीतपुरसिमरा उपमहानगरपालिका  वडा न–८ कार्यालय लोहसण्डाले गरेको आयोजना तथा नेपाल आँखा अस्पताल आँखा उपचार केन्द्र औराहा बाराको प्राबिधिक सहयोगमा नि:शुल्क शिविर सम्पन्न भएको हो । नि:शुल्क आँखा शिविरबाट १ सय ४५ जनाले आँखा सम्बन्धी स्वास्थ्य सेवा लिएका छन् ।     चेकजाँचका क्रममा २५ जनाको आँखामा समस्या देखिएकोले उनीहरुलाई आँखाको अप्रेसन जीतपुरसिमरा उपमहानगरपालिका स्वास्थ्य तथा प्रवर्द्धन शाखाको आर्थिक सहयोगमा आँखा अस्पताल तथा आँखा उपचार केन्द्र औराहामा नि:शुल्क अपरेसन गरिने छ।  एक दिने नि:शुल्क आँखा शिविरमा बोल्दै जीतपुरसिमरा उपमहानगरपालिका-८ का वडाध्यक्ष शिवशंकर महतो कोईरिले वडा कार्यालयले विगतमा दिनमा समेत...
भैसीलाई कुडो पकाउने क्रममा आगलागी हुँदा १५ लाख बराबरको क्षति

भैसीलाई कुडो पकाउने क्रममा आगलागी हुँदा १५ लाख बराबरको क्षति

banner-news-1
०३ असार। बाराको निजगढस्थित सिंगौलमा सोमवार दिउसो आगलागी हुदाँ १५ लाख बराबराको धनमाल जलेर नष्ट भएको छ । निजगगढ नगरपालिका वडा नम्बर २ सिंगौलमा सोमवार दिउसो भएको आगलागीबाट एउटा घर जलेर नष्ट भएको छ ।ईलाका प्रहरी कार्यालय निजगढका निरीक्षक सुमित कुशवाहाका अनुसार स्थानीय लिलाधर सापकोटाको घरमा दिउसो १ः३० मा आगालागी भएको हो ।     भैसीलाई कुडो पकाउने क्रममा अचानक आगो सल्किएर घरगोठमा राखिएको अन्नपात, लत्ताकपठा, भाडाबर्तन र काठपात जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीको खबर पाए लगत्तै अस्थायी प्रहरी पोष्ट सिंगौल र ईलाका प्रहरी कार्यालय निजगढबाट गएको प्रहरी टोलीसंगै सशस्त्र प्रहरीको विपद वेस क्याम्प निजगढको टोली, स्थानीय र निजगढ नगरपालिकाको दमकलको मद्दतमा दिउसो २ बजे आगो नियन्त्रणमा लिएको थियो ।आगलागीबाट मानवीय क्षति नभएको प्रहरी निरीक्षक कुशवाहाले जानकारी दिए ।...
६ किलो सुनसहित काठमाण्डौबाट एक जना चिनियाँ नागरिक पक्राउ

६ किलो सुनसहित काठमाण्डौबाट एक जना चिनियाँ नागरिक पक्राउ

banner-news-1
०३ असार, काठमाण्डाै – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ६ किलो सुनसहित काठमाण्डौबाट एक जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चिनियाँ मूलका ३७ वर्षीय सेनाम गुरुङ रहेका सीआईबीका प्रवक्ता एवम् प्रहरी उपरीक्षक (एसपी) होविन्द्र बोगटीले जानकारी दिनुभयो । पक्राउ परेका गुरुङको घरबाट ४८ लाख रुपैयाँ नगद पनि बरामद गरेको सीआईबीले जनाएको छ । प्रहरीले उनको कोठाबाट सोनाम गुरुङ नाममा रहेको नेपाली नागरिकतासमेत बरामद गरेको छ ।   पक्राउ परेका चिनियाँ नागरिक यसअघि पनि सुन तस्करीमा संलग्न रहेर प्रहरीको खोजी सूचीकै व्यक्ति रहेको सीआईबीले जनाको छ । तर कपनबाट अहिले बरामद भएको सुन यसअघिको ६० किलो प्रकरण र विद्युतीय चुरोट (भेप) मार्फत नभई स्थलमार्गबाट तस्करी भएर आएको हुनसक्ने सीआईबीले जनाएको छ । सीआईबीले अहिले भेपमार्फत तस्करी भएको नाै किलो सुन र राजस्व अनुसन्धान विभाग...