Thursday, September 10
Shadow

Author: Jeetpur Khabar

वडाध्यक्षको छोरा द्वारा पत्रकार यादव माथि हातपात,न्यायको मांग गर्दै प्रहरीमा उजुरी

वडाध्यक्षको छोरा द्वारा पत्रकार यादव माथि हातपात,न्यायको मांग गर्दै प्रहरीमा उजुरी

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
२९ असाढ बारा : संचार संकलन गरेर फर्किने क्रममा बारामा एक जना पत्रकार माथि हातपात भएको घटना बाहिरिएको छ ।जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका-११ अमाडारमा समाचार संकलन गरेर फर्किरहेको पत्रकार ओमप्रवेश यादव माथि हातपात भएको छ ।समाचार संकलन गरेर अमाडारमा साथि संग कुरा गरिरहेको बेला उनलाई जीतपुरसिमरा उपमहानगरपालिका-११ का वडाध्यक्ष बिन्दालाल साहका छोरा अजय साहले एकासी गालि गलौज गर्दै हातपात गरेर उनको मोबाईल समेत खोशेको पत्रकार यादवले बताएको छ ।   वडाध्यक्ष बिन्दालाल साहको छोरा अजय साहले आफुलाई एकासी गालि गर्न थाले पछि आफुले भिडियो लिइरहेको बेला वडाध्यक्षको छोराले आफु माथि हातपात गरेर मोबाईल समेत खोशेको पत्रकार यादवले बताएको छ ।केहि दिन पहिला अमाडारमा एक जनाको घर आगलागी बाट पूर्ण रुपमा जलेर नष्ट भएको समाचार संकलन गरेको निहुँमा नै वडाध्यक्षको निर्देशनमा उहाँको छोराले म माथि हातपात गरेको ...
शान्ति युवा विकास मञ्चको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न ,५ महिला सहित ७० जनाले गरे रक्तदान

शान्ति युवा विकास मञ्चको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न ,५ महिला सहित ७० जनाले गरे रक्तदान

banner-news-1
२९ असाढ । बारा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका-७ जीतपुरमा शनिवार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । शान्ति युवा विकास मञ्च जीतपुरको आयोजना तथा मानव अधिकार एलायन्स बाराको सहकार्यमा शनिवार शान्ति टोल खेल मैदानमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ‘रक्तदान नै जीवनदान’ भन्ने मूल नाराका साथ शान्ति युवा विकास मञ्च जीतपुरले प्रत्येक बर्ष रक्तदान कार्यक्रमको आयोजना गर्दै आईरहेको छ ।   शान्ति युवा विकास मञ्च जीतपुरले आयोजना गरेको रक्तदान कार्यक्रममा ५ महिला सहित ७० जनाले रक्तदान गरेको शान्ति युवा विकास मञ्च जीतपुरका अध्यक्ष बिबेक शाहले बताएको छ । रक्तदान नै जीवन दान भएकोले हामीले गरेको रक्तदान बाट कसैको ज्यान बच्ने भएकोले यस संस्थाले प्रत्येक बर्ष रक्तदान कार्यक्रमको आयोजना अगर्दै आईरहेको अध्यक्ष शाहले बताए ।फकिरा गिरी राजेश्वर गिरी मा. वि. का प्रधानाध्यापक राजु कुमार सिंहको प्रमुख आ...
रौतहटमा जन्ती बोकेको स्कारपियो दुर्घटना हुँदा दुई जनाको मृत्यु

रौतहटमा जन्ती बोकेको स्कारपियो दुर्घटना हुँदा दुई जनाको मृत्यु

banner-news-1
२८ असाढ, रौतहट - रौतहटमा जन्ती बोकेको स्कारपियो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। रौतहटको देवाही गोनाही नगरपालिकाको धरहरीबाट जन्ती बोकर सर्लाहीको चक्रघटा फर्किने क्रममा सो दुर्घटना भएको हो ।दुर्घटनामा परी दश जना घाइते भएका छन्। सर्लाहीको चक्रघटा गाउँपालिकाबाट रौतहटको गढिमाई नगरपालिका- ६ मा जन्ती लिएर आएको एच आर ७ डि ८३८२ नम्बरको स्कारपियो फर्किने क्रममा सोही स्थानमा नहरमा खसेको हो।जीपमा १२ जना सवार रहेका थिए ।   दुर्घटनामा परी जन्ती आएका काठमाडौं निवासी ५५ वर्षका कुलबहादुर श्रेष्ठ र चक्रघटा गाउँपालिका- ३ बस्ने रवीन्द्र पण्डितकी ७ वर्षीया छोरी स्वेता पण्डितको मृत्यु भएको रौतहटकी प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले जानकारी दिइन्।तीब्र गतिका कारण गाडी नहरमा खसेको तथा दुर्घटनामा परी दश जना घाइते भएको उनले बताइन्। उनका अनुसार घाइतेहरूको प्रादेशिक अस्पताल गौरमा उपचार भइरहेको छ। ...
जगदम्बा स्टील र हुलास स्टीलको लाईन काटियो

जगदम्बा स्टील र हुलास स्टीलको लाईन काटियो

banner-news-1
२८ असाढ, बारा : नेपाल विद्युत प्राधिकरणले बिहीबार जगदम्बा स्टीलको विद्युतको लाइन काटेको छ । डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता नतिरेको भन्दै प्राधिकरणले बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा रहेको जगदम्बा स्टील र हुलास स्टीलको लाइन काटिदिएको हो । नेपाल बिधुत प्राधिकरण वितरण केन्द्र सिमराले मन्त्री परिषदको निर्णय अनुसार बाराका २ वटा ठूला उधोगको लाइन काटेको बताएको छ ।असार १० गते १५ दिन भित्र जगदम्बा स्टील र हुलास स्टीललाई पत्र पठाएर बाकि रहेको बिधुत मासुल तिर्न भने पनि प्राधिकरणले दिएको समयमा बिधुत महसुल तिर्न नसके पछि जगदम्बा स्टील र हुलास स्टीलको लाइन काटिएको नेपाल बिधुत प्राधिकरण वितरण केन्द्र सिमराका प्रमुख रुमेश रुपाखेतीले बताए ।   जगदम्बा स्टीलले नेपाल बिधुत प्राधिकरणलाई १ अर्ब ६० करोड १८ लाख ४३व हजार १ सय २५ रुपैयाँ बिधुत महसुल तिर्न बाँकी रहेको छ ।त्यस्तै हुलास स्टीलले १...
बारा प्रहरीले फरार प्रतिवादीलाइ संरक्षण गर्दै, पत्रकारलाइ धम्की

बारा प्रहरीले फरार प्रतिवादीलाइ संरक्षण गर्दै, पत्रकारलाइ धम्की

banner-news-1
बारा, २७ असाढ । विभिन्न मुद्दामा फरार प्रतिवादीलाई बारा प्रहरीले संरक्षण गरिरहेको एक घटनाले पुष्टि गरेको छ । बैकिङ्ग कसुर मुद्दा लगायत पत्रकार धम्की कान्डमा फरार रहेको धर्मेन्द्र यादव बारा प्रहरी कै संरक्षण र ईशारामा धम्काउने गरेको रहस्य बाहिरिएको हो ।   बारा जिल्लाबाट प्रकाशित शुभ आरम्भ रास्ट्रिय दैनिकका प्रकाशक अनिल पाण्डेलाई बैन्किङ्ग कसुर मुद्दामा फरार भनिएका यादवले प्रहरी चौकी कचोर्वाको समाचार प्रती खेद ब्यक्त गर्दै अब उप्रान्त समाचार लेख्यो भने ठिक नहुने भन्दै धम्काएका छन । वर्दीको आडमा कमाइ खाने थल्लो बनाउन लागेका प्रहरी सहायक निरीक्षक कमलेश साहको बिषयमा समाचार सम्प्रेषण गर्दा धम्की आएको प्रकाशक अनिल पाण्डेको अडियो रेकर्डबाट प्रमाणित गरेको छ ।   सिम्रौनगढ नगरपालिका वडा नम्बर ९ निवासी कमल राय यादवको छोरा धर्मेन्द्र प्रसाद यादवले पत्रकार धम्काएको बारे जिल्ला प्रह...
बारामा यात्रुबाहक बस दुर्घटना हुँदा १४ जना घाईते,एक जनाको अवस्था गम्भीर 

बारामा यात्रुबाहक बस दुर्घटना हुँदा १४ जना घाईते,एक जनाको अवस्था गम्भीर 

banner-news-1
असाढ २७ गते । बारा बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ पसाह पुल नजिकै बस दुर्घटना हुँदा चौधजना घाइते भएका छन्। मलंगवाबाट पर्साको बिरगजतर्फ जाँदै गरेको ना ४ ख ७१९४ नम्बरको बस पुर्ब पश्चिम लोकमार्ग अन्तरगर्त बाराको पसाह खोला नजिकै पल्टिँदा चौधजना घाइते भएको ईलाका प्रहरी कार्यालय निजगढका प्रमुख प्रहरी निरीक्षक सुमित कुशवाहाले बताए।   भारी बर्षा भईरहेको समयमा पुर्ब पश्चिम लोकमागमा तिब्रगतिमा बसले ओभर टेक गर्ने क्रममा सडक भन्दा उतर तर्फ बस पल्टिन पुगेको प्रहरीले अनुमान गरेको छ । दुर्घटनामा घाईते भएका चौध मध्य रौतहटको बिन्दावन नगरपालिका १ बस्ने ४२ वर्षीय संझा देवीको अवस्था गम्भिर रहेको छ । उनको छातीमा चोट लागेको हुदाँ प्राथामिक उपचारपछि सिमरा सरकारी अस्पतालबाट उनको ब्योधा अस्पताल पर्सामा रिफर गरिएको छ ।     यस्तै दुर्घटनामा घाईते भएका चौध मध्य तिन जनाको अ...
ज्योति बिकाश बैंक  द्वारा जीतपुर बर्थिङ सेन्टरलाई बेबि वार्मर हस्तान्तरण 

ज्योति बिकाश बैंक  द्वारा जीतपुर बर्थिङ सेन्टरलाई बेबि वार्मर हस्तान्तरण 

banner-news-1
१७ असाढ। ज्योति विकास बैंकले सामाजिक उत्तरदायित्व सम्बन्धि ‘हाम्रो विकास प्रबर्द्वन कोष’ बाट बाराको जीतपुर स्वास्थ्य चौकी एवं बर्थिङ सेन्टरलाई  एक थान बेबी वार्मर प्रदान गरेको छ। जीतपुर स्वास्थ्य चौकिमा आयोजित कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्र र ज्योति विकास बैंकद्वारा संयुक्तरुपमा सो बेबी वार्मर प्रदान गरिएको हो। बेबी वार्मरले नवजात शिशुको शारीरिक तापक्रम उचित बनाई राख्न सहयोग गर्दछ।   जीतपुर स्वास्थ्य केन्द्रमा आयोजित एक कार्यक्रममा ज्योति विकास बैंकका मार्केटिङ ब्रान्डिङ एन्ड कर्पोरेटका हेड कुशल जङ् अधिकारी,ज्योति बिकाश बैंक सिमरा शाखा प्रमुख भरत आचार्य , ज्योति बिकाश बैंक सिमराका कर्जा शाखा प्रमुख निरजकान्त झा र  राष्ट्रिय आविष्कार केन्द्रका ईलेकट्रीक इन्जिनियर महिन केशीद्वारा संयुक्त रुपमा जीतपुर स्वास्थ्य चौकीका कार्यालय प्रमुख डा.सुजल अधिकारी र जीतपुर स्वास्थ्य चौकिका ...
पेट्रोलको मुल्य प्रतिलिटर २ रुपैयाँले बढयो

पेट्रोलको मुल्य प्रतिलिटर २ रुपैयाँले बढयो

banner-news-2
१६ असाढ । काठमाडौँ —नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । इन्डियन आयल कर्पोरेसनबाट आइतबार प्राप्त नयाँ खरिद मूल्यअनुसार नेपालमा पेट्रोल लिटरमा २ र डिजेल/मट्टितेल लिटरमा ५ रुपैयाँ बढाइएको हो । नयाँ मूल्य आइतबार मध्यरातदेखि लागू हुने छ । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ ।...
उपप्रमुख अधिकारी द्वारा  २४ घण्टे सुरक्षित प्रसुति सेवाको उद्घाटन 

उपप्रमुख अधिकारी द्वारा २४ घण्टे सुरक्षित प्रसुति सेवाको उद्घाटन 

banner-news-1
१६ असाढ।बारा : बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका-१५ डुमरवानामा रहेको सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा २४ घण्टे सुरक्षित प्रसुती सेवा सुरु भएको छ ।आईतबार एक कार्यक्रमको बीच जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोला प्रसाद अधिकारीले उद्घाटन गरे संगै २४ घण्टे सुरक्षित प्रसुती सेवा सुरु भएको छ । सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र डुमरवानामा २४ घण्टे सुरक्षित प्रसुती सेवाको उद्घाटन कार्यक्रममा बोल्दै उपप्रमुख अधिकारीले घरमा प्रसुति शुुन्य गराई गर्भवती आमा र शिशु मृत्युदर न्यून २४ घण्टे प्रसुति सेवा सञ्चालन गरिएको बताए।स्वास्थ्य सेवा लिन पाउनु सवै नगारिकको संविधान प्रदत्त अधिकार भएकाले स्वास्थ्य सेवा जनताको घरदैलोमा पुराउनका लागि उपमहानगरपालिकाले प्रयास गरीरहेको बताए । उनले सवै वडाहरुमा निशुल्क बर्थिङ सेन्टरको स्थापना गरिने समेत बताए ।   उद्घाटन कार्यक्रममै बोल्दै जीतपुरसिमरा उप...
टि-२० विश्वकप २०२४ को उपाधिका लागि भारत र दक्षिण अफ्रिका भिड्दै

टि-२० विश्वकप २०२४ को उपाधिका लागि भारत र दक्षिण अफ्रिका भिड्दै

खेलकुद
१५ असाढ, काठमाडौं – आईसीसी टि-२० विश्वकप २०२४ को उपाधिका लागि शनिबार भारत र दक्षिण अफ्रिकाको प्रतिस्पर्धा हुँदैछ। दक्षिण अफ्रिका अफगानिस्तानलाई ९ विकेटले पराजित गर्दैै फाइनल पुगेको हो। दोस्रो सेमिफाइनलमा इंग्ल्यान्डलाई हराउँदै भारतले फाइनलमा दक्षिण अफ्रिकासँगको भेट पक्का गरेको हो।भारतले १० वर्षपछि टी–२० विश्वकपको फाइनल खेल्दैछ। यसअघि सन् २०१४ को विश्वकपको फाइनलमा भारत श्रीलंकासँग ६ विकेटले पराजित भएको थियो। पहिलो सिजनमा उपाधि उचालेको भारत त्यसपछि उपाधिबिहीन छ। दक्षिण अफ्रिका भने विश्वकपको फाइनलमा पहिलो पटक पुगेको हो। यो विश्वकपको पहिलो सेमिफाइनलमा अफगानिस्तानलाई ९ विकेटले हराउँदै दक्षिण अफ्रिका फाइनलमा पुगेको थियो।   दक्षिण अफ्रिकाले अफगानिस्तानलाई सेमिफाइनलमा ५६ रनमा समेटेर विश्वकपमा इतिहाससमेत बनाएको छ। पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई ५६ रनमा प्याक गरेको हो। ...