Thursday, April 16
Shadow

किसानलाई ५० प्रतिशत अनुदानमा मोटर बितरण

 १३ असाढ। बाराको  जीतपुरसिमरा उपमहानगरपालिका वडा न १८ को  कार्यालयले ५० प्रतिशत अनुदानमा सिँचाई मोटर वितरण गरेको छ । वडा कार्यालयको १२ हजार ५ सय  किसानको १२ हजार ५ सय रुपैयाँ गरी २५ हजाको लगानीमा खरिद गरिएको सिँचाई मोटर एक कार्यक्रममको बीच वितरण गरिएको हो ।

 

स्थानीय किसानको आवश्यकता र माग अनुसार वडा कार्यालयद्वारा विनियोजित १० लाख रकम र वडावासी किसानद्वारा जम्मा गरिएको ५० प्रतिशत लगानीमा २  एचपीको दुई इन्च मोटर खरिद गरी  वितरण गरिएको वडा अध्यक्ष चतुरबाबु वाग्लेले जानकारी दिए ।

 

किसानको माग अनुसार नै चालु आर्थिक वर्ष २०८०/८१ मा किसानलाई सिँचाई मोटर खरिदको लागि १० लाख विनियोजन गरिएको वडाअध्यक्ष वाग्लेले जनाए । वडाको किसानलाई ५० प्रतिशत अनुदानमा सिँचाई मोटर दिने योजना अनुसारै मोटर खरिद गरि २ चरणमा वितरण गरिएको  हो ।यो नगरकै नमुना कार्य रहेको स्थानीय बुद्धिजीवि बताउँछन् ।वडाले सार्वजनिक सूचना प्रकाशन गरी किसानले दिएको निवेदनको आधारमा  ८० जनालाई मोटर वितरण गरिएको जनाएको छ ।

 

वडाले जारी गरेको सूचनाको आधारमा निवेदन दिन आएका एकसय २५ जना किसानमध्ये ८० जनालाई यो मोटर वितरण गरिस किएको जानकारी दिए ।किसानको हात हाम्रो साथ” भन्ने अवधारण अनुरुप  मोटर बितरण गरिएको वडा सचिव सिमा उप्रेतीले बताईन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *