Sunday, May 31
Shadow

गौरको ब्यारेक फिल्डमा समाजवादी युवा संघको कार्यक्रम शुरु

माघ ०५ , जितेश यादव । बलिदान दिवसको अवसरमा समाजवादी युवा संघ रौतहटद्वारा आयोजित जिल्ला स्तरिय भेला एवम् मधेश आन्दोलनमा सहिद र घाइते भएका परिवारलाई समान कार्यक्रम शुरु भएको छ ।

संघीय सरकारका भौतिक पुर्वाधार मन्त्री रेणु यादवको प्रमुख आतिथ्यमा गौर स्थित ब्यारेक मैदानमा मधेश आन्दोलनमा सहिद र घाइते भएका परिवारलाई समान कार्यक्रम शुरु भएको हो ।

कर्यक्रममा राज्री मन्त्री योगेन्द्र यादव , बिधायक किशोरी यादव , प्रदेश कार्य समिति सद्स्य श्याम बिहारी यादव, जसपाका रौतहट जिल्ला अध्यक्ष धर्मेन्द्र पटेल लगायतको उपस्थितिमा कार्यक्रम शुरु भएको छ ।                                                                                                          १२ बजेदेखी शुरु हुन भनिएको कार्यक्रम जनमत पार्टीको अवरुद्धका कारण ढिलो भएर शुरु भएको हो। किसानहरूको माग  सम्बोधन नभएसम्म जनमत पार्टीद्वारा पुर्व निर्धारित संघीय मन्त्रीहरुलाई मधेश प्रदेशमा कार्यक्रम बहिस्कार गर्ने कार्यक्रम अनुसार जनमत रौतहटले बिहानै देखि प्रदर्शन गरिरहेका थिए । प्रदर्शनका क्रममा प्रहरी र जनमतका कार्यकरता बिच झडप पनि भएको थियो ।  झडपकै क्रममा ५ जना कार्यकर्तालाई प्रहरिले पक्राउ पनि गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *