Sunday, May 31
Shadow

घर दैलाे कार्यक्रम गर्न गृह जिल्ला पुगे माधव नेपाल

सच तक नेपाल डेस्क,
१८ वैशाख, राैतहट । नेपाल कम्युनिष्ट पार्टी ( एकिकृत समाजवादी ) का केन्द्रिय अध्यक्ष माधव नेपाल आफ्नाे गृह जिल्ला राैतहट पुगेका छन् ।

वैशाख ३० गते हुने स्थानिय निर्वाचनकाे प्रचार प्रसार गर्न उनी राैतहट पुगेका हुन् । नेपाल आज बिहानै राैतहटकाे चन्द्रपुर पुगेका हुन् भने घर दैलाे कार्यक्रम गर्न उनी चन्द्रपुर नगरपालिका – ८ बसन्तपुर पुगेका थिए ।

स्थानिय निर्वाचनमा नेकपा (एस) बाट चन्द्रपुर नगरपालिकाकाे मेयर पदका लागि बाबुराम दहालले उम्मेदवारी दिएका हुन् । पार्टीकाे घर दैलाे कार्यक्रममा उम्मेदवारलाई समर्थन गर्न अध्यक्ष माधव नेपाल बसन्तपुर पुगेका हुन् ।

गुणस्तरीय शिक्षा, विकास ल्याउन सबैले यस पटक कलम चिन्हमा मत दिनु पर्ने पार्टीका अध्यक्ष माधव नेपालले बताउनु भयाे । “अहिले म देशव्यापी भ्रमणमा लागेकाे छ र सुरुवात मैले आफ्नै गृह जिल्ला राैतहटबाट गरेकाे छु ।”उनले बताउनु भयाे ।

नेपाल राैतहटकाे घरदैलाे कार्यक्रम अन्तर्गत बसन्तपुर बाट सुरुवात गरेका हुन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *