ससुराका सदस्यहरुले गर्भमै आमाछाेरी दुबैकाे हत्या गरेको आरोप
सचतक नेपाल डेस्क,२० श्रावन, राैतहट । गर्भवती भएको पाँच महिना समेत नबित्दाँ विभिन्न बहानामा कुटपिट गरी घरपरिवारले नै हत्या गरेको माइत पक्षले आरोप लगाएको छ ।रौतहटको मौलापुर नगरपालिका ७ संगैया टोलका सियाराम साहको छोरा रविन्द्र साहकी श्रीमती २१ वर्षीया पुनम साहको हत्या ससुराका सदस्यहरु मिलेर गरेकाे माइत पक्षले आरोप लगाएको हो । गत साउन १५ गते बिहान घरमा पासोमा झुण्डेको अवस्थामा पुनमको शव फेला परेको थियो ।बारा जिल्लाको पचरौता नगरपालिका वडा नं. ९ कुडवा टोलका हरेन्द्र प्रसाद साहकी २१ बर्षीय छोरी पुनमको ५ वर्ष अघि रविन्द्र साहसंग समाजिक परम्परा अनुसार विवाह भएको थियो । माइत पक्षले बिहीबार रिपोर्टर्स क्लब नेपाल रौतहट शाखामा पत्रकार सम्मेलन गरी मृतक पुनमकी दाई पन्नालाल साहले आफ्नो बहिनीको घरपरिवारका सदस्यहरुले मिलेर हत्या गरेको दावी गरेका हुन् ।ससुरा पक्क्षले गर्भमा पुनः पाँच महिनाको छोरी रहेको अनुभ...









