Thursday, April 16
Shadow

कुर्मी सशक्तिकरण मंचको साधारण सभा सम्पन, थप केन्द्रीय कमिटी चयन

सचतक नेपाल,
१५ श्रावण, काठमाडौं । श्री कुर्मी सशक्तिकरण मंच केन्द्रिय कमिटिको काठमाडौंमा साधारणसभा कार्यक्रम सम्पन गरेको छ।

तमू बौद्ध सेवा समिति नेपाल अनामनगरको सभाहलमा सम्मेलनबाट सर्वसम्मतिले १७ सदस्यीय केन्द्रिय कमिटी चयन गरेको छ।


२०७० सालमा यस संस्थाको अधिवेशन भएको थियो त्यो पश्चात् हालसम्म हुन नसकेकोले देशमा बढ्दो राजनीतिक क्रियाकलापलाई मध्ये नजर गर्दै कुर्मी समाज धेरै पछाडि परेको हुनाले हिजो ११ बर्षपछि देशको विभिन्न स्थानबाट समुदायका व्यक्तिहरूलाई निम्त्याएर खुल्ला रूपमा संस्थाप्रति लगनशील र इच्छुक व्यक्तिलाई सर्वसहमतिबाट चयन गरिएको छ ।

नवनिर्वाचित पदाधिकारीहरूमा श्री कुर्मी सशक्तिकरण मंचको केन्द्रिय अध्यक्ष अधिवक्ता अजय पटेल, वरिष्ठ उपाध्यक्ष पत्रकार बिजय वर्मा पटेल, उपाध्यक्षहरु नरेश पटेल, अरबिन्द चौधरी पटेल, श्यामसुंदर पटेल, बिजय चौधरी पटेल, रमिता कुमारी पटेल, महासचिव राजन पटेल, सचिव रामस्वार्थ पटेल, कोषाध्यक्ष प्रकाश राउत कुर्मी, सह-कोषाध्यक्ष संगीता कुमारी पटेल, केन्द्रीय सदस्यमा युवा पत्रकार अभिमनु कुमार पटेल, कबीरराज पटेल, बाँकेबिहारी पटेल, लवकुश चौधरी पटेल, सतेन्द्र राउत पटेल, ई.रवि पटेल सहित १७ सदस्यीय नयाँ कमिटीको चुनिएका छन।

कार्यक्रमको उदघाटन समारोह मंचका संस्थापक केन्द्रिय अध्यक्ष पूर्व एसएसपी सदानन्द प्रसाद कुर्मीको सभापतित्वमा सम्पन भएको थियो । कार्यक्रममा पूर्वमंत्री दानबहादुर चौधरी पटेल , हिन्दू परिषद नेपालका केन्द्रिय अध्यक्ष संतोषानंद जी महाराज, पूर्वसंसाद बादसाह कुर्मी, कुर्मी सेवा सदन बीरगंजका अध्यक्ष अधिवक्ता सुरेन्द्र कुर्मी, महिला आयोगका पूर्व सदस्य धनेश्वरी चौधरी, वरिष्ठ समाजसेवी उपेन्द्र सिंह, अधिवक्ता बिनोद कुर्मी समाजसेवी मनोज प्रसाद राउत कुर्मी, बृन्दावन नपाका २ का वडाअध्यक्ष सिकेन्द्र प्रसाद पटेल, रासनारायण प्रसाद पटेल सहित देश भरिका कुर्मी समाजका अगुवाहरुको उपस्थितिमा सभ्य र भब्य कार्यक्रम भएको थियो।

संस्थाको विधान बमोजिम कार्य समितिको अवधी ३ वर्ष रहने उल्लेखित छ ।

बंद सत्रले सर्वसहमतिबाट १७ सदस्यीय नयाँ कार्य समिति गठन गरेको थियो सो नवगठित केन्द्रीय समितिलाई संस्थापक केन्द्रीय उपाध्यक्ष पूर्व मंत्री दानबहादुर चौधरीले एक कार्यक्रम बिच विधानको अधिनमा रही काम कर्तव्य गर्ने प्रचलित समाजको कानुनलाई अहम मान्यता दिई अगाडि बढ्न सपत ग्रहन गराएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *