Thursday, April 16
Shadow

राैतहट प्रहरीद्वारा २ जना बालबालिका उद्दार

सच‌तक‌ नेपाल डेस्क,
१० श्रावन, राैतहट । आज राैतहट प्रहरीले अत्याधिक जोखिममा रहेकी २ जना वालवालिका उद्दार गरी जिम्मा लगाएका छन् ।

जिल्ला रौतहट गौर नगरपालिका वडा नं.५ स्थित नेपाल भारत मैत्री अनाथ आश्रमबाट अत्याधिक जोखिममा रहेकी वालवालिकाहरुलाई बिभिन्न निकाएकाे सहयाेगमा उद्दार गरिएकाे जिल्ला प्रहरी‌ कार्यालय राैतहटका प्रहरी‌ नायव उपरिक्षक सुनिल मल्लले जानकारी दिएका छन्।

जिल्ला प्रशासन कार्यालय, गौर नगरपालिका कार्यालय, राष्ट्रिय वालअधिकार परिषद, वालवालिका खोजतलास प्रदेश समन्वय केन्द्र, सि.जप., वाल हेल्प लाईन १०९८ कलैया बारा, सम्बन्धित वडा अध्यक्ष र यस जिल्ला प्रहरी कार्यालय, रौतहट, गौर लगायत अन्य जनप्रतिनिधिहरुकाे सहयाेगमा उक्त बालबालिका उद्दार गरिएको उनले बताए ।

अन्दाजी वर्ष १३ की मनिषा कुमारी र अन्दाजी ७ वर्षकी खुसी कुमारीलाई उद्दार गरी अस्थायी संरक्षण केन्द्रमा सुरक्षित साथ राख्नको लागि निज वालविकाहरुलाई उक्त संस्थाको कार्यक्रम संयोजक मुकेश कुशवहालाई जिम्मा लगाई पठाईएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *