
सचतक नेपाल डेस्क,
१८ श्रावन, राैतहट । अपहरण तथा ज्यान मुद्दामा वारदात पश्चात फरार रहेका ३ जना प्रतिवादीहरुलाई राैतहट प्रहरीले पक्राऊ गरेकाे छ।
अनुपी देवीको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी जिल्ला रौतहट ईशनाथ नगरपालिका वडा नं.४ मठिया वस्ने ईन्दल महतो कोईरी समेत ७ जना प्रतिवादीहरु माथि मुद्दा दर्ता भएको थियाे। तर वारदात पछि ३ जना प्रतिवादीहरु फरार भएका थिए।
साे फरार प्रतिवादीहरुलाई प्रहरीले श्रावन १४ गते शनिबारका दिन पक्राउ गरेका हुन् । पक्राउ पर्नेमा वर्ष ४१ को ईन्दल महतो कोईरी, वर्ष ३८ को प्रमेश्वर महतो कोईरी र वर्ष २६ को संगिता देवी रहेकाे जिल्ला प्रहरी कार्यालय राैतहटका प्रहरी नायब उपरिक्षक ( डिएसपी) सुनिल मल्लले जानकारी दिए ।
पक्राउ परेका प्रतिवादीहरुलाई मंगलबार प्रहरीले सम्मानित रौतहट जिल्ला अदालत समक्ष पेश गरिएका थिए । जसपछि सम्मानित अदालतले निज प्रतिवादीहरुलाई पुर्पक्षको लागि रौतहट कारागार कार्यालय चलान गरेकाे प्रहरी नायब उपरीक्षक मल्लले बताए ।
सिमावर्ती जिल्ला भएकाे कारण राैतहटमा प्रायः अपराध बढी हुने गरेकाे छ । तर अपराध नियन्त्रण गर्न हामी हरेक प्रयास गरिरेहकाे प्रहरी नायब उपरीक्षक मल्लले भने ।
