दुर्गा भगवतीकाे बागमती नदीमा २ जना बालक डुबेकाे आशंका
सन्दिप मिश्रा ,३० असार, राैतहट । राैतहट दुर्गा भगवती गाउँपालिका स्थित बागमती नदीमा २ जना बालक डुबेकाे आशंका छ ।
आज बिहान पाैडी खेल्न गएका ६ जना मध्ये ४ जना नदीबाट बाहिर आइसकेका थिए। र आफुहरु मध्ये दुई जना बाहिर नआएपछि स्थानियलाई खबर गरेका थिए ।
खबर गर्नासाथ स्थानीय प्रहरी देखी सशस्त्र प्रहरी समेत खारेज तलाशमा जुटेकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले सचतक नेपाललाई जानकारी दिए ।
वर्ष १५ का हर्ष कुमार झा र वर्ष १३ का आदित्य दास नदीबाट बाहिर नआएकाे र प्रहरी हालसम्म खाेजी गरिरहेकाे उनले बताए ।
ती दुई बालककाे शरीर अझै फेला परेकाे छैन् । फेला नपरेकाे कारण बालक डुबेकाे नै हाे कि हाेइन भन्ने स्पष्ट हुन सकेकाे छैन ।
त्यहाँका स्थानीय लगायत प्रशासन समेत खाेज तलाशमा छन् । प्रहरी यस घटनाबारे अनुसन्धान गर्न समेत जुटेका छन् ।...









