Thursday, April 16
Shadow

२० दिनसम्म बलात्कृत भइन १८ वर्षीय एक किशाेरी

विरगञ्ज । प्रदेश २ का १८ वर्षीया एक किशोरीलाई दुई जना युवकले २० दिनसम्म बन्धक बनाएर बलात्कार गरेको आरोप पीडित किशोरी र उनका अभिभावकले लगाएका छन्।

किशोरीलाई गाउँकै २३ वर्षीय रामधेनी यादव र १९ वर्षीय अवध बिहारी यादवले २० दिनसम्म बन्धक बनाएर बला त्कार गरेको आरोप पीडित किशोरीका अभिभावकले लगाएका हुन्।

पीडित किशोरीका बुबाका अनुसार कात्तिक २३ गते बिहान ६ बजे ट्युसन पढ्न जाने क्रममा किशारीलाई बाटोबाटै रामधेनी र अवध बिहारीले अपहरण शैलीमा नियन्त्रणमा लिई मोटरसाइकलमा राखेर वीरगन्जको घडिअर्वामा रहेको रामधेनीको डेरामा ल्याएर राखेका थिए।

सुरुमा डेरामा तीन दिन राखेको र त्यसपछि दुवै युवकले १७ दिनसम्म रातिको समयमा डेराबाट बाहिर विभिन्न स्थानमा लगेर पटक-पटक बला त्कार गरेको पीडित किशोरीले बताएकी छन्।

उनले भनिन्, ‘सुरुको ३ दिन डेरामै राखेर मसँग कुर्कम गरे। त्यसपछि १७ दिनसम्म राति डेराबाट निकालेर बाहिर लैजान्थे। कहाँ लैजान्थे त्यो मलाई थाहा हुन्थेन। बाहिर लगेको बेलामा पनि दुबैले मसँग जबर जस्ती क रणी गर्थे।’

मंसिर १३ गते भने ती किशोरी वीरगन्जबाट भागेर गाँउको घरमा पुगेको उनका अभिभावकले बताएका छन्। पीडित किशोरी भागेर घरमा आएकै दिन इलाका प्रहरी कार्यालय पोखरीयामा पीडकहरुविरुद्ध जाहेरी दिंदा प्रहरीले जाहेरी दर्ता नगरेको पीडित किशोरीका बुबाले बताए। आफूहरुले दवाव दिएपछि भने मङ्गलबार मात्र प्रहरीले जाहेरी दर्ता गरेको उनले बताए।

यसबीचमा पीडकका आफन्तले घटना मिलापत्र गर्न पटक-पटक आर्थिक प्रलोभन दिंदा नमानेपछि धम्की पनि दिएको पीडित किशोरीका बुबाले बताए।

यस्तै प्रहरीलाई घटना बारे जानकारी गराएको एक हप्तापछि मात्र आरोपित दुवै युवकलाई प्रहरीले प क्राउ गरिएको छ। दुबै युवकलाई प्रहरीले मङ्गलबार प क्राउ गरेको हो। उनीहरुलाई इलाका प्रहरी कार्यालयको हिरासतमा राखिएको छ।

इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरीक्षक दिपक थापाका अनुसार मंसिर १३ गते किशोरी सहितका अभिभावक अपहरणको मात्रै उजुरी लिएर आएकाले त्यस बेला अपहरण सम्बन्धी अनुसन्धान गर्नु पर्ने भएकाले दुबै युवकलाई तारिखमा राखेर घर पठाइएको हो। मङ्गलबार भने बला त्कार नै भएको भनेर जाहेरी लिएर आएकाले जाहेरी दर्ता गरेर थप अनुसन्धान भइरहेको थापाले बताए।

उनले जाहेरी दर्ता गरेर दुबै आरोपितलाई प्रहरी हिरासतमा राखिएको र किशोरीलाई स्वास्थ्य परीक्षणका लागि वीरगन्ज स्थित नारायणी अस्पतालमा पठाइएको जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *