Tuesday, July 28
Shadow

प्रहरी कै मिलोमतोमा पेट्रोलिम पदार्थ तस्करी

श्रीकान्त यादव।पेट्रोल पम्प र प्रहरीकै मिलेमतोमा पर्साको ग्रामीण क्षेत्रबाट भारततर्फ पेट्रोलियम पदार्थको तस्करी बढेको छ ।

पर्साको झौवा, इटियाही, अमरपट्टि, धोरे, पकहा, खेस्राहा, सबैठ्वा, भिस्वा, बुढ्गाई, टिहुकी, चरगांहा, भेडिअर्वा, आस्वारी जानकिटोला, दसौता, पाँडेपुर,  महादेवपट्टी, सुवर्णपुर, विजयबस्तीलगायतका स्थानबाट पेट्रोलियम पदार्थको तस्करी भइरहेको स्थानीयले बताएका छन् ।

यी ठाउँबाट भारतीय बजार भेलाही, सिकटा, पुर्सीतमपुर, मैनाटार, इनर्वा, घुमाटार, भङ्गाहा,  पेट्रोल र डिजेल तस्करी हुने गरेको स्थानीयवासीको भनाइ छ ।  धोबिनी गाउँपालिका–५ लंगडीस्थित समानी आयल स्टोर, धोबिनी गाउँपालिका ४ धोबीनीस्थित इस्लाम आयल स्टोर, सरस्वती आयल पकहा, जगरनाथपुर गाउँपालिका–२ स्थित बिसमिल्लाह आयल स्टोर, बीरगंज महानगर–१९ बर्वास्थित तिवारी आयल स्टोरको मिलोमतोमा तस्करीमा भइरहेको छ। नेपालमा भन्दा भारतमा डिजल र पेट्रोल महँगो छ । मूल्य फरक भएकै कारण नेपालबाट भारततर्फ पेट्रोलियम पदार्थको तस्करी बढेको हो ।

ठूलो मूल्य अन्तरकै कारण सीमावर्ती क्षेत्रका पेट्रोल पम्पले स्थानीय उपभोक्तालाई डिजल र पेट्रोल नदिएर तस्करलाई प्रतिलिटर १ रुपैयाँ ५० पैसा बढी मूल्य थप गरी कालोबजारीमा मागेजति उपलब्ध गराउने गरेको स्थानीयको गुनासो छ ।

नेपालबाट पेट्रोलियम पदार्थ भारततर्फ तस्करी हुन थालेपछि नेपालतर्फका सेवाग्राही मर्कामा परेका छन् । दिउँसो पम्प बन्द गरी रातिको समयमा भारतीय गाडीमार्फत् डिजेल र पेट्रोलको चोरी तस्करी हुने गरेको पर्साका सुबास महतोले बताए । तस्करहरुले पेट्रोल डिजेल ग्यालिनमा भरेर साइकल, मोटरसाइकलबाट भारततर्फ तस्करी गरिरहेका छन् ।

प्रत्यक्षदर्शीका अनुसार साइकल र मोटरसाइकलबाट इन्धन तस्करी गर्नेहरुले स्थानीय नेपाल प्रहरी र सशस्त्र प्रहरी दुबै प्रहरीलाई समेत मिलाउने गरेका छन् । दिनहुँजसो तस्करहरुले साइकल र मोटरसाइकलमा १ सय लिटरदेखि १ सय ५० लिटरसम्म पेट्रोल र डिजल नेपालबाट भारततर्फ लगिरहेका छन् । सीमा क्षेत्रमा रहेका पेट्रोल पम्पहरुबाट तस्करहरुले पेट्रोल र डिजल खरिद गरी भारततर्फ तस्करी गरिरहेका हुन् । पेट्रोलियम पदार्थ नेपालबाट भारत तस्करीमा सीमा क्षेत्रमा रहेका पेट्रोल पम्प सञ्चालकहरुले  धेरै नाफा कमाउने दाउमा तस्करसँग साँठगाँठ गरी तेल भारततर्फ पठाउने गरेको समेत स्रोतले जनाएको छ । सिमा रहेका सशस्त्र प्रहरी तथा नेपाल प्रहरीले तस्करहरुलाई छुट दिएपछि सिमाक्षेत्र अहिले व्यापक तस्करी बढेको हो ।

स्थानीयका अनुसार पर्सामा नयाँ प्रहरी प्रमुखमा रमेशकुमार बस्नेत आए पनि तस्करीको समान रोक्नुको साटो झन तस्करी फस्टाएको देखिन्छ । दुबै प्रहरीकै मिलेमतोमा पेट्रौलियम पदार्थको तस्करी भइरहेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । पेट्रोलियम पदार्थको तस्करी बढे पनि तस्करी नियन्त्रणको मुख्य जिम्मेवारी रहेका सशस्त्र प्रहरीका प्रमुख एसपी राजेन्द्र खड्का पनि मौन देखिएका छन् ।

पेट्रोलियम पदार्थ नेपालमा भन्दा भारतमा महंगो छ । भारतबाट आयात गरिएको पेट्रोल नेपाल आयल निगमले घाटामा बिक्री गर्दैआएको छ । मूल्य समायोजन गर्दा विद्यार्थीहरुले सस्तो लोकप्रियताका लागि आन्दोलन गर्ने गरेका छन् । सरकारले अत्यावश्यक भन्दै मूल्य समायोजन गर्न रोक्ने गरेको छ । जसका कारण निगम अरबौं घाटामा गएको छ ।

भन्सार, प्रहरी र सशस्त्रकै मिलेमतो

भन्सार प्रशासन, प्रहरी र सीमा सुरक्षामा बसेको सशस्त्र प्रहरीले घरायसी प्रयोजनका लागि ल्याएको २÷४ किलो चिनी, नून बरामद गर्छ, कृषिका लागि ल्याएको मल नियन्त्रणमा लिन्छ । तर नेपालको पेट्रोलियम पदार्थ ड्रमका ड्रम भारततर्फ लैजाँदा आँखा चिम्लने गरेको छ । आर्थिक प्रलोभनमा परी भन्सार, प्रहरी र सशस्त्रले नेपालले महंगोमा किनेको पेट्रोल भारततर्फ तस्करीका लागि छुट दिइरहेका छन् ।

महंगोमा किनेको पेट्रोल सस्तोमा बिक्री, भारतमै तस्करी

नेपालमा बजारमा प्रतिलिटर १३५.५० रुपैयाँमा पाइने पेट्रोल भारतीय सहरहरूमा १०८ रुपैयाँ भारु अर्थात् नेपाली १ सय ७३ रुपैयाँमा बिक्री भइरहेको छ ।

नेपालको बजारमा प्रतिलिटर ११८.५० रुपैयाँमा पाइने डिजेल भारतीय सहरहरूमा ९३.१० रुपैयाँ भारु अर्थात् नेपाली १ सय ५९ रुपैयाँमा बिक्री भइरहेको छ । प्रतिलिटर पेट्रोलमा ३८ र डिजेलमा ४१ रुपैयाँ मुनाफा हुने भएका कारण तस्करहरूले साइकल र मोटरसाइकलमा दुई–तीनवटा ग्यालिनमा भरेर नेपालबाट भारततर्फ

Leave a Reply

Your email address will not be published. Required fields are marked *