Thursday, April 16
Shadow

बर्दिया निकुञ्जमा हतियार सहित चार जना पक्राउ

सुर्खेत । बर्दिया राष्ट्रिय निकुञ्जमा हतियारसहित चार शिकारी पक्राउ परेका छन् । बर्दिया राष्ट्रिय निकुञ्जमा सुरक्षार्थ तैनाथ नेपाली सेना र निकुञ्जका कर्मचारी सहितको संयुक्त पट्रोल टोलीले मंगलबार शिकार गर्न आएका चार जना शिकारीलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भेरीगंगा नगरपालिका ५, हात्तिखाल सुर्खेतका ३७ वर्षीय लक्ष्मण गिरी, ६२ वर्षीय भद्र बहादुर वली, ५६ वर्षीय ठग बहादुर थापा र २२ वर्षीय ललित घर्ती रहेका छन् ।

उनीहरुलाई निकुञ्जको हात्तिखालको बबई पाखाबाट भरुवा बन्दुक नाल तीन थान, बन्दुकको गोली ४१ थान, मसिनो छर्रा १०० ग्राम, बन्दुकको केपा १५ थान, बारुद तीनसय, रेती एक थान, हँसिया तीन थान, सलाई पाँच थान, साईकल छर्रा ३७ थानसहित पक्राउ गरेको नेपाली सेनाले जनाएको छ ।

पक्राउ परेका शिकारीहरुलाई बरामद हतियारसहित आवश्यक कारवाहीको लागि बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालय, बर्दियामा बुझाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *