Monday, July 27
Shadow

मेयर गुप्ताले भव्यका साथ मनाए वैवाहिक उत्सव

गाैर । राैतहटकाे सदरमुकाम गाैर नगरपालिकाका नगर-प्रमुख अजय कुमार गुप्ताले आफ्नाे वैवाहिक उत्सव भव्यताका साथ मनाएका छन् । गए राति नगरप्रमुख गुप्ताले विवाह गरेकाे २५ वर्ष पुरा भयाे ।

२५ वर्ष पुरा भएकाे खुशी उनले सबैसँग बाटेका छन् । उनले गाैर ५ मा अवस्थित सिया प्यालेसमा वैवाहिक उत्सव मनाएका थिए । बधाई दिनेहरुकाे घुइँचाे लाग्याे । आफ्नाे खुशीकाे दिनलाई सबै सँग बाट्न पाउँदा र बधाई दिनेहरु भिड देखेर विवाहकै अनुभुति भएकाे नगरप्रमुख अजय कुमार गुप्ताले बताए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक बिनाेद घिमिरे, सशस्त्र प्रहरी बलका प्रहरी उपरिक्षक सुर्य सेन ओली, प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर साही, जिल्ला निर्वाचन कार्यालयका अधिकृत छाेटेलाल दास, पुर्व मन्त्री अनिल झा लगायत अन्य जनप्रतिनिधिहरुकाे सहभागिता रहेकाे थियाे ।

विवाह पञ्चमीमा राम सिता झै नगरप्रमुख र उनकी पत्नीकाे जाेडी श्रृगांरिएका थिए । गाैर नगरपालिका-५ मा रहेकाे सिया प्यालेसलाई समेत दुलहिन झै सजाईएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *