Monday, July 27
Shadow

युवाहरुले गरे बानेश्वर मंदिरकाे सर-सफाइ

राैतहट जिल्लाकाे सदरमुकाम गाैरमा अवस्थित बानेश्वर बाबा मंदिरलाई आज युवा र बालबालिका मिली सरसफाइ गरेका छन् । गौर नगरपालिका-२ महादेवपट्टीमा रहेको एतिहासिक धर्मिक स्थल बानेश्वर मंदिरलाई जनप्रतिनिधिले ध्यान नदिदाँ फाेहाेर भएकाे थियाे ।

मन्दिर भित्र र साेही मन्दिरकाे छेउमा रहेकाे पोखरीलाई समेत युवाहरुले सर सफाई गरेका छन्।

युवाहरुले प्रत्येक शनिवार नगरपालिकामा रहेकाे विभिन्न धार्मिक स्थललाई सर-सफाई गर्ने गरेकाे युवा अरुण पटेलले जानकारी दिएका छन् । ” हामी युवाहरु नगरलाई सफा राख्ने अभियानमा छाैं ,जस अन्तर्गत आज बानेश्वर बाबा मंदिरलाई सफा गरेका छाैं ” उनले बताए ।

यो अभियान गौर नगरपालिकामा जारी नै रहने र हरेक शनिवार नगरपलिकामा रहेको धार्मिक स्थल एवम सार्वजनिक ठाउँ मा रहेको फोहोर सफा गर्ने युवाहरुकाे प्रतिबद्धता रहेकाे युवा पटेलले बताए ।

विभिन्न प्रेरणा मुलक संदेशका साथ युवाहरु सर-सफाईमा जुटेका छन् । आउँदाे शनिवार गाैर स्थित शिवालय मंदिर सफा गर्ने याेजना रहेकाे युवाहरुले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *