Saturday, August 1
Shadow

मुख्य समाचार

माओवादीको स्थायी कमिटि बैठक सुरु

माओवादीको स्थायी कमिटि बैठक सुरु

खबर बिषेश, मुख्य समाचार, राजनीति
सच तक नेपाल डेस्क । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक सुरु भएको छ । आठौँ राष्ट्रिय महाधिवेशन जारी रहँदा महाधिवेशनस्थल कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमै बैठक बसेको हो । महाधिवेशनका विषयमा छलफल गर्नका लागि बैठक बसेको बताइएको छ । महाधिवेशनको बन्दसत्रमा सोमबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको राजनीतिक दस्तावेजमाथि आज समूहगत छलफल हुँदै छ । त्यसका लागि महाधिवेशन प्रतिनिधिहरूलाई २५ समूहमा बाँडिएको छ ।...
१५ दिन सम्म ५ लाख खोप दिने अभियान

१५ दिन सम्म ५ लाख खोप दिने अभियान

खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क । सरकारले कोरोनाविरुद्धको खोप अभियानलाई तीव्रता दिन १५ दिनसम्म दैनिक पाँच लाख खोप लगाउने लक्ष्य लिएको छ। पछिल्लो समय कोरोनाविरुद्धको खोप पर्याप्त मात्रामा हुँदा पनि खोप लगाउनेको संख्या नबढ्दा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिक पाँच लाखका दरले खोप लगाउने अभियान सुरु गरेको हो। मन्त्रालयका सचिव डा। रोशन पोखरेलले पुस १२ देखि अभियान सुरु भएको बताए। देशभर हाल १ करोड २० लाखभन्दा बढी कोरोनाविरुद्धको खोप मौज्दात रहेको छ। स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार दिनमा साढे दुई लाखभन्दा बढी खोप चल्न नसकेपछि अभियान सुरू गरिएको हो। तर‚ सोमबार ५ लाख ६८ हजार ३१९ जनाले खोप लगाएका छन्। यो हालसम्मकै दैनिक खोप लगाउनेको धेरै संख्या हो। उल्लेख्य मात्रामा खोप लगाएपछि स्वास्थ्य सचिव पोखरेलले देशभरका स्वास्थ्यकर्मी तथा सहयोगीहरुलाई धन्यवाद दिएका छन्। उनले खुलेर खोप अभियानमा सहभागी हुन ...
कराते प्रतियोगितामा नेपाललाई ८ स्वर्ण पदक

कराते प्रतियोगितामा नेपाललाई ८ स्वर्ण पदक

अन्तर्राष्ट्रिय, खेलकुद, मुख्य समाचार
सच तक नेपाल डेस्क । भारतको गजरातमा सम्पनन अन्तरष्ट्रिय कराते प्रतियोगितामा नेपालले ८ स्वर्ण पदक पाएका छन्। नेपालबाट प्रदेश २ प्रदेश १ र प्रदेश ३ का खेलाडीहरुले सहभागिता जनाएका थिए । दिर्ग बहादुर लामा , बब्लु राईन ,प्रीन्स साह , हासिम मन्सुरी ,अनिस मण्डल , निसान खाती ,भुबन कट्टेल , भोपाल लामिछानेले स्वर्ण पदक हात पारेका हुन । यस्तै बिकास साह ,शिभम शाक्य ,आकास मण्डल , सुमन राई ,महेश यादवले कास्य पदक हात पारेका हुन्। गुजरातको अहम्दावादमा भएको प्रतियोगितामा सुरेन्द्र श्रेष्ठको नेतृत्वमा नेपालि टोली गएका थिए।...
विनिता दोस्रोपटक आमा बन्दै

विनिता दोस्रोपटक आमा बन्दै

अन्य, मुख्य समाचार
सच तक नेपाल डेस्क । नेपाली फिल्म उद्योगकी एक समयकी चर्चित नायिका विनिता बराल दोस्रोपटक आमा बन्न लागेकी छिन् । २०७६ मा पहिलो सन्तानको रुपमा छोरीको जन्म दिएकी ‘चपली हाइट’ गर्ल बरालले आइतबार सामाजिक सञ्जालमा बेबी बम्प सहितको फोटो पोस्ट गर्दै दोस्रोपटक आमा बन्न लागेको जानकारी दिएकी हुन् । उनले आफ्नो गर्भमा ५ महिनाको बच्चा रहेको पनि बरालले उल्लेख गरेकी छिन् । चपली हाइटबाट एकाएक चर्चामा आएकी बरालले ३र४ वटा फिल्म असफल भएपछि अमेरिका लागेकी थिइन् । अमेरिकाको बसाइको क्रममा उनले २०७६ सालमा तिलक पौडेलसँग विवाह गरेकी थिइन् । उनी हाल गृहस्थी जीवन बिताइरहेकी छिन् ।...
काठमाडौँमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

काठमाडौँमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क । काठमाडौँको कागेश्वरी मनोहरामा भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ । कागेश्वर मनोहरा नगरपालिका–८ शिवचोकस्थित सडकमा बागमती प्रदेश ०२–०१७ प ९८२७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक सिन्धुपाल्चोक बाह्रबिसे घर भई काठमाडौं थली बस्ने २७ वर्षीय राजमान तामाङको आज बिहान मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका तामाङको नेपाल मेडिकल कलेज जोरपाटीमा उपचारको क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।...
क्रिसमसका मनाइदै फोटो सहित

क्रिसमसका मनाइदै फोटो सहित

banner-news-1, अन्तर्राष्ट्रिय, मुख्य समाचार
सच तक नेपाल डेस्क । डिसेम्बर २५ मा इसाई धर्मावलम्बीको पवित्र चाड क्रिसमस विश्वभरि मनाइँदैछ । तर कोरोनाभाइरसको महामारीका कारण लगातार दोस्रो वर्ष गिर्जाघर जाने मानिसको सङ्ख्या कम देखिएको छ । केन्याको नैरोबीस्थित गिर्जाघरमा प्रार्थना इसाई ननहरूले क्रिसमसको पूर्वसन्ध्यामा प्रार्थना गरेका छन् । ताइवानको ताइपेईमा पर्यटक र स्थानीय बासिन्दामाझ लोकप्रिय एउटा पुललाई क्रिसमसका लागि सजाइएको छ । पाकिस्तानको कराचीमा रहेको सेन्ट चर्चमा क्रिसमसको पूर्वसन्ध्यामा आयोजित प्रार्थनामा स्थानीय ईसाई परिवारका सदस्य सहभागी भए टर्कीको इस्तानबुलमा मैनबत्ती बालेर प्रार्थना गर्दै मानिसहरूले प्रार्थना गरेछन् । भ्याटिकनमा त्यस्तै सभाको अध्यक्षता गर्दै पोप फ्रान्सिस। कोभिडसम्बन्धी प्रतिबन्धका कारण उक्त प्रार्थनासभा निर्धारित समयभन्दा अगाडि नै गरिएको थियो । बाइबलमा जीजसको जन्मस्थान भनी ...
प्रदेशकाे नाम मधेश अथवा राजधानी परिवर्तन : मन्त्री यादव

प्रदेशकाे नाम मधेश अथवा राजधानी परिवर्तन : मन्त्री यादव

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क । प्रदेशकाे २ काे नामाकरण अझै हुन सकेकाे छन् । प्रदेश २ काे नाम मधेश नभएकाे खण्डमा राजधानी जनकपुरधाम नहुने प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले बताएका छन् । शुक्रवार प्रदेशसभा बैठकमा मन्तव्य राख्दै मन्त्री यादवले प्रदेशकाे नाम मधेस नभए राजधानी पनि जनकपुरधाम नहुने बताएका छन् । प्रदेशको नाम र राजधानी राजनीतिक प्रश्न रहेको भन्दै राज्यमन्त्री यादवले भने, ‘राजनीतिक प्रश्नमा राजा जनक र माता जानकीसँग जोडेर बहस गरे कहिल्यै प्रदेशको नाम र स्थायी राजधानी दिन सक्दैनौँ। स्थायी राजधानी र नामको जब चर्चा हुन्छ, अनि जनकपुरधामलाई सहर्ष स्वीकार गर्ने, भोजपुरावासी, बज्जिकावासीको आत्मामा चोट नपुगोस्, यो मेरो मिथिलावासीसँग आग्रह हो।’ राज्यमन्त्री यादवले नाम र राजधानी मिथिलाकै पक्षमा नहुने बताउँदै भने, ‘यदी तपाई चाहनुहुन्छ कि चित पनि मेरो र पट्टपन...
गाँजा सहित ३ जना महिला प्रहरीकाे नियन्त्रण

गाँजा सहित ३ जना महिला प्रहरीकाे नियन्त्रण

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क । गरुडा प्रहरीले लागुऔषध गाँजा सहित तीन जना महिलालाई पक्राउ गरेकाे छ। रौतहटको गरुडा नगरपालिका वडा नं.४ मेथुरचोक स्थित सडक खण्डमा प्रहरीले आवत जावत गर्ने बिभिन्न सवारी साधनहरुलाई चेकजाँच गर्ने क्रममा उनीहरुबाट १० किलाे गाँजा बरामद गरेकाे हाे । चेकजाँच गर्ने क्रममा चन्द्रपुरबाट गौरतर्फ जादै गरेकाे ना.१ ह.५७५५ नम्बरको टेम्पुमा सवार तीन जना महिला सहित १० किलाे गाजाँ प्रहरीले नियन्त्रणमा लिएकाे छ । पक्राउ पर्नेमा चितवन कालिका नगरपालिका - ११ स्थित शक्तिखोर बस्ने ३० वर्षीय अस्मिता प्रर्जा ,सोही ठाउँ बस्ने २६ वर्षीय रेशमा प्रजा र ३४ वर्ष की मनमती चेपाङ रहेकाे इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायव उपरिक्षक श्रीराम भण्डारीले जानकारी दिएका छन् । नियन्त्रणमा लिइएकाे गाँजा सहित ऊनीहरुलाई पक्राउ गरी जिल्ला अदालत रौतहट बाट म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको ईलाका प...
लुधियानाको अदालतमा बिस्फोट हुदाँ २ को मृत्यु

लुधियानाको अदालतमा बिस्फोट हुदाँ २ को मृत्यु

banner-news-1, अन्तर्राष्ट्रिय, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क । भारतको पञ्जाब राज्यको लुधियानास्थित एक अदालतमा आज (बिहीबार) दिउँसो बिस्फोट भएको छ। लुधियाना अदालतको दोस्रो तलाको वासरूममा भएको बिस्फोटमा परी २ जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएको भारतीय संचार मन्ध्यमले जनाएको छ । घाइते चार जनाको अवस्था निकै गम्भीर रहेको जनाइएको छ। उक्त क्षेत्रमा प्रहरी र अग्नि नियन्त्रक अदालतमा पुगेका छन्। बिस्फोटको विषयमा थप अनुसन्धान भैरहेको छ।...
पाकिस्तानमा दुर्घटना, तीनको मृत्यु एक घाइते

पाकिस्तानमा दुर्घटना, तीनको मृत्यु एक घाइते

banner-news-1, अन्तर्राष्ट्रिय, मुख्य समाचार
सच तक नेपाल डेस्क । पाकिस्तानको उत्तरपश्चिमी भागमा भएको सडक दुर्घटनामा कम्तीमा तीन जनाको मृत्यु हुनुका साथै एक जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले बिहीबार बिहान जानकारी दिएका छन् । कार र ट्रक एक आपसमा ठोक्किँदा कारमा सवार तीन जनाको मृत्यु भएको समाचारमा जनाइएको छ । उद्धारकर्मीहरूले घाइतेहरूलाई अस्पताल पुर्यााएका छन् र घाइतेहरूको अवस्था गम्भीर रहेको बताइएको छ। दुर्घटना इस्लामाबाद(पेशावर मोटरवेको उत्तरपश्चिमी अटक इन्टरचेन्ज नजिक भएको हो। हालै, पाकिस्तानको ठूलो भाग, विशेष गरी खुला क्षेत्रहरूमा बाक्लो कुहिरो लागेको छ जसले सडक दुर्घटनाहरू बढाएको छ। यसैबीच, कमजोर मर्मत गरिएको सवारी साधन, जीर्ण सडक र सडक सुरक्षा उपायहरूको लापरवाही पाकिस्तानमा सडक दुर्घटनाका अन्य प्रमुख कारणहरू हुन्।...