Saturday, August 1
Shadow

मुख्य समाचार

मोटरसाइकल दुर्घटनामा ३ जनाको मृत्यु

मोटरसाइकल दुर्घटनामा ३ जनाको मृत्यु

banner-news-1, मुख्य समाचार
सच चक नेपाल डेस्क, झापा । झापाको दमक नगरपालिका–२ भाङबारीस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एकै साथ तीन जनाको मृत्यु भएको छ । प्र १–०२–०४३प ६९२६ नम्बरको तीन जना सवार मोटरसाइकल गए राति आफैँ अनियन्त्रित भएर सडकछेउको रुखमा ठोक्किँदा एकैसाथ तीन जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक खोटाङ चिसापानी–४ का २३ वर्षीय अनिल विक, चितवन राप्ती– ४ का १९ वर्षीय किसन सेन्चुरी र ताप्लेजुङ भुइखोला–३ का १९ वर्षीय अनिल लामगादे रहेका छन् । तीनै जनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक नवराज कार्कीले बताए । मृतक सबै दमकको एक सुन पसलमा काम गर्दै आएका थिए । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान सुरु गरेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए । रासस...
मुल्य निर्धारण बिना नै उखु बेच्दै किसान , भुक्तानीमा समस्या हुने अगुवाहरुको अनुमान

मुल्य निर्धारण बिना नै उखु बेच्दै किसान , भुक्तानीमा समस्या हुने अगुवाहरुको अनुमान

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
  पौष १४ , उखुको मुल्य निर्धारण नहुदै किसानहरु बेवश भइ उखु बेच्न कटाई सुरु गरेका छ्न । गत वर्ष चिनी उद्योगलाई किसानले बेचेको उखुको भुक्तानि माग गर्दै आन्दोलन गरिरहदा पनि यस क्रसिङ्ग सिजनमा मुल्य समेत निर्धारण नहुदा पनि उखु बेच्न बाध्य बनेको हो । वर्ष दिन मेहनत , परिश्रमी गरि आफ्न्नो खेतमा हुर्काको उखु चिनी उद्योगलाई दिन्न त कटाई सुरु गरे तर , उखुको मुल्य कति पाउने किसानलाई जानकारी नै छैन ।उखु हुर्कान बिउ, मल, मजदुर, सिचाइ नगदमै खर्च गर्ने किसान उखु काटेर उद्योग सम्म पु¥याउन मजदुरलाई नगद ज्याला दिनु पर्छ । तर, उखु उब्जाउने किसान चिनी उद्योगबाट कति रकम कहिले पाउने टुंगो पनि लागेको छैन । तृपक्षिय बर्तामा विभिन्न उखु किसान सङ्ग सम्बद संघ, संगठनहरुले उखुको न्युनतम मुल्य ६८० भन्दा बढी हुनु पर्ने माग गरे । तर, उध्योगले तत्काल मिल सन्चालन गरि पछि सरकारले निर्धारण गरेको मुल्यमा नै ...
सर्लाहीमा निषेधाज्ञा अझै जारी रहने

सर्लाहीमा निषेधाज्ञा अझै जारी रहने

banner-news-1, खबर बिषेश, मुख्य समाचार
सच तक नेपाल डेस्क , सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका क्षेत्रमा मंगलबारदेखि जारी निषेधाज्ञा आज पनि कायमै छ । गत आइतबार भएको सवारी दुर्घटनाको विषयलाई लिएर सार्वजनिक सम्पतिको तोडफोड, आगजनी भएपछि स्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय मंगलबार अपरान्ह ३ बजेदेखि जारी गरेको निषेधाज्ञा बुधबार साँझ ७ बजेसम्म कायम रहने छ । निषेधित क्षेत्रमा भेला हुन, बाहिर हिँडडुल गर्न तथा राजनीतिक सभा तथा गतिविधि गर्न नपाइने प्रशासनले चेतावनी दिएको छ । ‘स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (२) र (३) बमोजिम देहायको क्षेत्रहरुमा निषेधाज्ञा आदेश जारी गरिएको छ,’ प्रशासनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आदेश उल्लघन गर्नेलाई सुरक्षामा खटिएका सुरक्षाकर्मिले नियन्त्रणमा लिई कानुन बमोजिम कारबाही गरिने ब्यहोरा समेत सूचित गरिन्छ ।’ निषेधाज्ञा क्षेत्र ईलाका प्रहरी कार्यालय केशरगंज सर्लाहीबाट पुर्व ...
पानी परेपछी तराईमा चिसो झन् बढ्यो

पानी परेपछी तराईमा चिसो झन् बढ्यो

banner-news-1, मुख्य समाचार, सूचना / प्रविधि
  पौष १४ , तराईको बिभिन्न भागमा बिहानै देखि हल्का पानी परे संगै चिसो झन बढेको छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण भईरहेको बर्साका कारण तराईका विभिन्न जिल्लामा चिसो बढे संगै शीतलहर र हुस्सु कुहिरोको प्रभाव बढेको हो । मंगलबार रातिदेखि नै देशका तराई , पहाडी तथा उच्च हिमाली भेगमा अन्य दिनभन्दा बढी वर्षा र हिमपात भएको छ। यो वर्षा र हिमपात बुधबार रातिसम्म जारी रहने पुर्व मौसम अनुमान महाशाखाका मौसमविद् राजु प्रधानले जानकारी दिए।...
राैतहटमा जनमतकाे मशाल जुलुस प्रदर्शन

राैतहटमा जनमतकाे मशाल जुलुस प्रदर्शन

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सच तक नेपाल डेस्क, राैतहट । किसानहरूको समर्थनमा आज जनमत पार्टीले जिल्लाका विभिन्न स्थानमा मशाल जुलुस प्रदर्शन गरेका छन् । समयमा मलखाद्य र बिउ बिजन उपलब्ध गराउन जनमत पार्टीले आज प्रदर्शन गरेका हुन् । जनमत पार्टी राैतहटले मंगलवार एक विज्ञप्ति जारी गर्दै जिल्ला बन्दकाे समेत घाेषणा गरेका हुन् । दुई चरण गरि आन्दाेलन गर्ने घाेषणा गरिएकाे विज्ञप्तिमा उल्लेख छ । पहिलाे चरण अन्तर्गत आज (मंगलवार) जिल्लाकाे गाैर, गरुडा,बंकुल र चन्द्रपुरमा मशाल जुलुस गर्ने लेखिएकाे हाे । साेही अनुरुप मंगलवार जनमत पार्टीले जिल्लाकाे सदरमुकाम गाैर स्थित बिपि चाेकमा मशाल जुलुसकाे प्रदर्शन गरेका छन् । सरकारले दमन गरेको भन्दै बुधवार जनमत पार्टीले रौतहट जिल्ला बन्दको घोषणा गरेको छ । आज जनमत पार्टी जिल्ला समन्वय समिति रौतहटका अध्यक्ष रामेश्वर प्रसाद यादवले एक विज्ञप्ती जारी गर्दै जानकारी दिएका छन् । हा...
राैतहटमा स्कारपियो दुर्घटना : ६ काे मृत्यु, ३ उपचाररत

राैतहटमा स्कारपियो दुर्घटना : ६ काे मृत्यु, ३ उपचाररत

banner-news-1, मुख्य समाचार
सच तक नेपाल डेस्क , राैतहट । सवारी दुर्घटनामा परि ६ जनाकाे मृत्यु भएकाे छ भने ३ जनाकाे उपचार जारी छ । जिल्ला रौतहट गढीमाई नगरपालिका - ३ स्थित गम्हरीया टोल बस्ने शेख मन्जुर को १६ वर्षीय छाेरा शेख नैसाद उपचारको क्रम्मा मृत्यु भएको हाे । उनकाे शव गरेण्डी हस्पटिलमा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ । त्यस्तै मृत्यु हुनेहरु गम्हरीयाकै स्थानीय साबिदकाे २२वर्षीय छाेरा शेख सैनुल्लाह , ५५ वर्षीय डा. मेसाफिर अन्सारी, शेख जाफलको छोरा २५वर्षीय शेख छोटु , नाम थर वतन नखुलेको अन्दाजी ४०/४५ वर्षीय पुरुष रहेकाे प्रहरीले जनाएकाे छ । गम्हरीकै स्थानीयको १५ वर्षीय शेख अजिबुल्लाह गम्भीर घाइते भइ थप उपचारका लागि बिरगंज तर्फ लादै गरेको क्रम्मा अन्दाजी ६:१५ बजेको समयमा बाटोमा मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ । मंलवार अन्दाजी ५ बजेकाे समयमा रौतहटकाे गरुडा नगरपालिका - १ जयनगर स्थित गौर च-पुर ...
रौतहटमा ज्यन्ती बोकेको गाडी अनियन्त्रित भइ पल्टिँदा ४ को मृत्यु , ४ जना घाइते

रौतहटमा ज्यन्ती बोकेको गाडी अनियन्त्रित भइ पल्टिँदा ४ को मृत्यु , ४ जना घाइते

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
  पौष १३ ,रौतहटमा स्कर्पिओ गाडी अनियन्त्रित भइ खाइमा पल्टिँदा ४ जनको मृत्यु भएकोे छ भन्ने ४ जना घाइते भएका छ्न । रौतहटको परोहा नगरपालिकाबाट जयन्ती बोकेर गधिमाई नगरपालिकाको पर्सा गम्हरिया तर्फ फर्किदै गरेको बिआर ०५ पिए ६९५३ भारतिय नम्वर प्लेटको स्कारपिओ जिप गौर - चन्द्रपुर सडक खण्ड अन्तर्गत स्थित जय नगरमा अनियंत्रित भइ बिजुलिको खम्बामा टक्कर दिई खाईमा पल्टिँदा गाडीमा सवार ८ जना मध्ये ४ जनाको घटना स्थलमै मृत्यु भएको र ४ जना गम्भीर घाइते भएको ईलाका प्रहरी कार्यालय गरुँडाले जानकारी दिए। मृत्यु हुनेमा गम्हरियाको ५५ बर्षिय मारुफ मिया अंसारी, १६ बर्षिय शेख नौशाद, २२ बर्षिय शेख सैनुल्लाह र २४ बर्षिय शेख छोटु रहेका छन ।  ...
न्यानाे कपडा सहित ज्येष्ठ नागरिकलाई सम्मान

न्यानाे कपडा सहित ज्येष्ठ नागरिकलाई सम्मान

banner-news-1, मुख्य समाचार
सच तक नेपाल डेस्क , राैतहट । गौर नगरपालिकामा ज्येष्ठ नागरिकलाई न्यानाे कपडा सहित सम्मान गर्न क्रम जारी रहेकाे छ । साेही क्रममा गाैर नगरपालिका- ७ स्थित सिसवा टोलमा आज जेष्ठ नागरिकहरुलाई न्यानो कपडा बाट सम्मान गरिएको छ । गौर नगरपालिकाले संचालन गरेको जेष्ठ नागरिक सम्मान अभियान अन्तर्गत नगर प्रमुख अजय कुमार गुप्ताले १०५ जना जेष्ठ नागरिक महिला र पुरुषलाई सम्मान गरेका छन् । वडा अध्यक्ष शेख मजहर खाको अध्यक्षता मा भएको कार्यक्रममा कम्बल १ थान, दोसल्ला १ थान, टर्च १ थान, चवनप्रास १ थान सामाग्री प्रदान गरिएको हो । नगरपालिकाले संचालन गरेको अभियान सराहनीय रहेको सम्मानित हुने जेष्ठ नागरिकहरुले खुशी व्यक्त गरेका छन् । साेमबार गाैर नगरपालिका-८ पुरेनवामा आयाेजित कार्यक्रममा ९० जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएकाे थियाे । साेही कार्यक्रममा नगरप्रमुख गुप्ताले नगरपालिका भित्र रहेकाे सम्पुर...
हतियारसहित दुई जना पक्राउ

हतियारसहित दुई जना पक्राउ

banner-news-1, खबर बिषेश, मुख्य समाचार
सच तक नेपाल डेस्क । सुनसरीमा हतियारसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा भारतको अररिया पञ्चायत बासमटिया–६, बिहार बस्ने ३५ वर्षीय विधानन्द राम र पञ्चायत बासमटिया–२ बस्ने ३१ वर्षीय हासिम अंसारी रहेका छन् । कोशी गाउँपालिका–१, लौकहीस्थित बीएस होटेलमा बसेका उनीहरूको साथबाट दुईथान अटोमेटिक पेस्तोल, चारथान म्याग्जिन, तीन राउन्ड गोली, दुई हजार भारतीय रुपैयाँ, एकथान मोबाइल र बीआर ५० के ०१४९ नम्बरको मोटरसाइकल बरामद भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय लौकही र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले उक्त हातहतियार र उनीहरूले प्रयोग गरेको मोटरसाइकलसहित उनीहरूलाई पक्राउ गरेको जनाइएको छ ।...
स्मार्ट ड्राइभिङ लाइसेन्सको छपाइ सुरु

स्मार्ट ड्राइभिङ लाइसेन्सको छपाइ सुरु

मुख्य समाचार, सूचना / प्रविधि
सच तक नेपाल डेस्क । आजदेखि स्मार्ट ड्राइभिङ लाइसेन्सको छपाइ सुरु हुने भएको छ । सात महिनाअघि स्थगित भएको सवारी चालक अनुमतिपत्रको छपाइ आजदेखि सुरु हुन लागेको यातायात व्यवस्था विभागले जनाएको छ । आज विभागमा आयोजना हुने एक कार्यक्रमबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले छपाइको सुरुवात गर्ने विभागका निर्देशक लोकनाथ भुषालले जानकारी दिए । उनका अनुसार विभागले मगाएको कार्ड स्पेशिफिकेसन अनुसारको गुणस्तर परीक्षण सम्पन्न गरी छपाइको काम सुरु गर्न लागिएको हो । आजदेखि चारओटा मसिनबाट स्मार्ट लाइसेन्स छपाइको काम सुरु हुनेछ । सबै मसिनले राम्रोसँग काम गरेको खण्डमा प्रतिमिनेट चार ओटाका दरले तीन सिफ्टमा दैनिक १० हजार छपाइ हुनेछ । त्यो हिसाबले अबको तीन महिनाभित्र ट्रायल पास गरेका चालकले स्मार्ट लाइसेन्स प्राप्त गर्नेछन् । हाल स्मार्ट लाइसेन्स नहुँदा सात लाखभन्दा बढीले रसिदकै भरमा स...