
सच तक नेपाल डेस्क । डिसेम्बर २५ मा इसाई धर्मावलम्बीको पवित्र चाड क्रिसमस विश्वभरि मनाइँदैछ । तर कोरोनाभाइरसको महामारीका कारण लगातार दोस्रो वर्ष गिर्जाघर जाने मानिसको सङ्ख्या कम देखिएको छ ।

केन्याको नैरोबीस्थित गिर्जाघरमा प्रार्थना इसाई ननहरूले क्रिसमसको पूर्वसन्ध्यामा प्रार्थना गरेका छन् ।

ताइवानको ताइपेईमा पर्यटक र स्थानीय बासिन्दामाझ लोकप्रिय एउटा पुललाई क्रिसमसका लागि सजाइएको छ ।

पाकिस्तानको कराचीमा रहेको सेन्ट चर्चमा क्रिसमसको पूर्वसन्ध्यामा आयोजित प्रार्थनामा स्थानीय ईसाई परिवारका सदस्य सहभागी भए
टर्कीको इस्तानबुलमा मैनबत्ती बालेर प्रार्थना गर्दै मानिसहरूले प्रार्थना गरेछन् ।

भ्याटिकनमा त्यस्तै सभाको अध्यक्षता गर्दै पोप फ्रान्सिस। कोभिडसम्बन्धी प्रतिबन्धका कारण उक्त प्रार्थनासभा निर्धारित समयभन्दा अगाडि नै गरिएको थियो ।

बाइबलमा जीजसको जन्मस्थान भनी चर्चा गरिएको प्यालस्टिनको बेथ्लेहम सहरमा अवस्थित एउटा गिर्जाघरमा मध्यरातमा आयोजित प्रार्थनासभा गरियो ।

उत्तरी इराकको स्वायत्त कुर्द क्षेत्रमा क्रिसमसको पूर्वसन्ध्यामा आयोजित एक कार्यक्रममा बालिबालिका पनि सहभागी भए ।

पूर्वी भारतस्थित उडिसा राज्यमा बङ्गालको खाडीमा बालुवाबाट एक कलाकारले सान्टा क्लजको भव्य आकृति बनाएका छन् ।

न्यूजील्यान्डको क्राइस्टचर्चभन्दा बाहिर पर्ने ओराना वन्यजन्तु उद्यानमा उपहारसँग रमाउँदै एउटा गैँडा ।

ब्रिटेनको लन्डनस्थित यो पब एउटा भव्य क्रिसमस खेलौना जस्तो देखिएको छ ।

ब्रजिलमा पानीको एउटा विशाल ट्याङ्कभित्र सान्टा क्लजको भेषधारण गरेका मानिसहरू सर्वसाधारणलाई अभिवादन गर्दै ।
सबै तस्बिर : रेउर्टस / साभार : बीबीसी
