Sunday, July 26
Shadow

विनिता दोस्रोपटक आमा बन्दै

सच तक नेपाल डेस्क । नेपाली फिल्म उद्योगकी एक समयकी चर्चित नायिका विनिता बराल दोस्रोपटक आमा बन्न लागेकी छिन् ।

२०७६ मा पहिलो सन्तानको रुपमा छोरीको जन्म दिएकी ‘चपली हाइट’ गर्ल बरालले आइतबार सामाजिक सञ्जालमा बेबी बम्प सहितको फोटो पोस्ट गर्दै दोस्रोपटक आमा बन्न लागेको जानकारी दिएकी हुन् ।

उनले आफ्नो गर्भमा ५ महिनाको बच्चा रहेको पनि बरालले उल्लेख गरेकी छिन् । चपली हाइटबाट एकाएक चर्चामा आएकी बरालले ३र४ वटा फिल्म असफल भएपछि अमेरिका लागेकी थिइन् ।

अमेरिकाको बसाइको क्रममा उनले २०७६ सालमा तिलक पौडेलसँग विवाह गरेकी थिइन् । उनी हाल गृहस्थी जीवन बिताइरहेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *